कति खान्छन् मानिसले जीवनभरमा ? (मानिसको शरीरसम्बन्धी २० अनौंठा तथ्य)

१. बालबालिकाहरुले दैनिक ९० वटा रौं गुमाउँछन्, वयस्क हुँदासम्म कपाल झर्ने यो दर १२० सम्म पुग्छ ।

 २. गर्भ रहेको पहिलो ६ सातासम्म महिला र पुरुष भ्रुण उस्तै हुन्छन् ।

 ३. मानिसले जीवनभरमा दुइवटा स्वीमिङ पुल भरिने र्याल सिर्जना गर्छ ।

 ४. जीवनभरमा मानिसले ६० हजार पाउन्ड (१ पाउन्डबराबर ०.४ किलोग्राम) खाना खान्छ, जुन ६ वटा हात्तीबराबरको हुन्छ ।

 ५. मानिसका हरेक फोक्सोमा ३० करोडदेखि ३५ करोडसम्म श्वासप्रश्वास युनिट हुन्छन्, जसलाई अल्भेओली भनिन्छ ।

 ६.मानिसले जीवनभरमा २२ किलोग्राम जति छाला फ्याँक्छ । 

 ७. कानको स्वास्थ्यका लागि कानेगुजी उत्पादन अत्यन्त जरुरी हो । 

 ८. इबोला भाइरस लागेकामध्ये ८० प्रतिशत मानिसको मृत्यु हुन्छ ।

९. दाँतको इनामेल मानव शरीरकै सबैभन्दा कडा चिज हो । 

 १०. राता रक्तकोषहरु पूरै शरीरमा फैलन ६० सेकेन्ड लाग्छ ।

 ११. हरेक दिन ४४० ग्यालेन (१ ग्यालेन बराबर ३.७ लिटर) रगत मिर्गौला भएर बहन्छ । ११. हरेक दिन एकजना वयस्क मानिसको शरीरले ३०० खर्ब नयाँ कोष निर्माण गर्छ ।

 १२. एउटा ट्रक २० माइल गुड्नेजति शक्ति हरेक दिन एउटा मुटुबाट निस्कन्छ ।

 १३. हरेक मिनेट ३० हजार देखि ४० हजारजति मृत छालाका कोष निष्कासन हुन्छ । 

 १४. मानिसको छालाको हरेक इन्चमा ३ करोड २० लाख ब्याक्टेरिया हुन्छन् । तर अधिकांश हानीरहित हुन्छन् ।

 १५. जुम्ल्याहाबाहेक हरेक मानिसको अलग–अलग सुँघ्ने क्षमता हुन्छ ।

 १६. मानिसको खुट्टामा ५ लाख पसिनाका ग्रन्थी हुन्छन् ।

 १७. शरीरको सबैभन्दा चाँडो बढ्ने रौं अनुहारको हो ।

 १८. खुट्टाको भन्दा हातको नङ ४ गुणा छिटो बढ्छ ।

१९. बारम्बार नुहाउनु र कपाल झर्नुबीच कुनै सम्बन्ध हुँदैंन । 

 २०. शरीरको सबैभन्दा चाँडो बढ्ने तन्तु कपाल हो । स्वास्थ्य खबरबाट

,

0 comments

Write Down Your Responses