पाँच वर्षपछि परिवारसँग यसरी मस्ती गरिरहेछन् सञ्जय दत्त (फोटोफिचर) -

२३ असार | एजेन्सी

संजय दत्तको जिन्दगी विवादै विवादले भरिएको छ, कहिले आफ्नो विवाहको विषयमा त कहिले अफेयर र जेल चलान । यस्तै उतार चढावले भरिएको छ उनको जीवन । उनको जीवनमा सबैभन्दा विशेष उनकी श्रीमती मान्यता हुन् जसले उनलाई जीवनको जस्तोसुकै मोडमा पनि साथ दिइन् ।

 जेलबाट छुटेपछि सञ्जय दत्त आफ्नो परिवारसँग निकै खुसीका पल बिताइरहेका छन् । उनले यी तस्बिरहरु इन्स्टाग्राममा सेयर गरेका थिए ।सञ्यत दम्पत्तीको एक रोमान्टिक भिडियो पनि सार्वजनिक भएको थियो । मान्यताले पनि केही तस्बिर शेयर गरेकी छिन् जसमा उनीहरु बच्चाको साथमा बिदा मनाइरहेका देखिन्छन् ।

 दत्त परिवार पोल्याण्ड र स्पेनको अलग–अलग शहरमा घुमिरहेका छन् । उनीहरुका यी फोटोहरु सञ्जय र मान्यताले इन्स्टाग्राममा शेयर गरेका छन् । सञ्जयलाई मान्ने हो भने उनीहरु पूरा ५ वर्षपछि पारिवारिक छुट्टीमा गएका हुन् । मान्यतासँग सञ्जय दत्तको तेस्रो विवाह हो । योभन्दा पहिले उनले ऋचा शर्मा र रिया पिल्लाईसँग विवाह गरेका थिए ।\\

 ऋचाको मृत्यु भएको थियो भने रियासँग उनको सम्बन्धविच्छेद भइसकेको छ । मान्यताको वास्तविक नाम दिलनवाज शेख हो । उनको जन्म सन् १९७९ को २२ जुलाईमा भएको थियो । उनको बाल्यकाल दुबईमा बितेको थियो तर एक्टिङले उनलाई मुम्बईसम्म ल्याइपुर्यायो । फिल्मी क्षेत्रमा उनी सारा खानको नामले चिनिन्थिन् । 

सन् २००३ मा प्रकाश झाको फिल्म ‘गंगाजल’ मा उनले एक
आइटम नम्बर गर्ने मौका पाएकी थिइन् । त्यसपछि नै उनले आफ्नो अर्को नाम पाइन् मान्यता । सञ्जय दत्त र मान्यताको भेट सन् २००६ तिर भएको थियो । सन् २००२ मा दोस्रो श्रीमती रिया पिल्लेसँग सम्बन्धविच्छेद भएपछि उनको नाम पाकिस्तानी मोडल नाडियासँग जोडिन थालेको थियो ।

 सन् २००७ मा एक अंग्रेजी पत्रिकामा सञ्जय र मान्यताके विवाह भएको खबर सार्वजनिक भयो । उनीहरुले सन् २००६ को नोभेम्बर १९ तारिखका दिन विवाह गरेको बताइको छ ।

,

0 comments

Write Down Your Responses