साढे १८ हजार हजुरआमाले नाचेरै राखे विश्वरेकर्ड (भिडियो सहित) -

२०७२ मंसिर २ गते

 कीर्तिमानी काम गर्नका लागि उमेरले छेक्दैन, हिम्मत भए पुग्छ । चीनमा यस्तै हिम्मती हजुरआमाहरुले गज्जबको विश्वरेकर्ड कायम गरेका छन् । १८ हजार ४ सय ७२ जना सेवानिवृत्त प्रौढ तथा वृद्धाहरु एकसाथ नाचेर विश्व कीर्तिमान कायम गरेका हुन् ।

 गत शनिवार चीनको हेबेइ प्रान्तस्थित जियांघेमा यस्तो किर्तिमान नाच सम्पन्न भएको हो । दी रेड डान्स एलाएन्सको नामबाट भएको उक्त सामुहिक नाच विश्वमा अहिलेसम्मकै ठूलो यस्तो प्रकारको सामुहिक नाच रहेको पिपुल्स चाइना डेलीले जनाएको छ ।


 झण्डै एक एक सय जनाको लाइनमा उभिएका नर्तकहरुले लामबद्ध भएर चर्चित चिनिया गित लिटिल एप्पलमा नाचेका थिए । नाचमा भाग लिएका १८ हजार ४ सय ७२ मध्ये ४१ जना अयोग्य घोषित भए र केवल १८ हजार ४३१ जनाको नाचले मान्यता पायो । स्मरण रहोस् यस्तो सामुहिक किर्तिमानी नाच यसअघि अमेरिकाको एटलान्टामा सन् २००७ मा भएको थियो । जहाँ १७ हजार जना मानिस एकसाथ नाचेका थिए ।

0 comments

Write Down Your Responses