वीरगन्जमा प्रहरीको गोली लागि एकको मृत्यु, दर्जनौ घाइते

वीरगञ्जमा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ। नेपाल भारत गेट (शंकराचार्य गेट) नजिक प्रहरीले चलाएको गोलीबाट अन्दाजी २० वर्षीय युवकको मृत्यु भएको हो।


 प्रहरीले चलाएको गोली उनको टाउकोमा लागेको थियो। उनको नारायणी उप क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो। आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा परी ८ सुरक्षाकर्मीसहित दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन्।

0 comments

Write Down Your Responses