भुलेर पनि गर्न नहुने दश कुरा, जसले युवती भड्किन्छन् !

कुविक एनपी न्युज

यदी कुनै युवतीलाई आफ्नो वशमा पर्ने सुरमा हुनुहुन्छ भने केहि कुरामा ध्यान दिनुपर्ने हुन्छ। यसका लागि तपाईंले आफ्नो केहि आदत छोड्न सक्नुपर्छ, जुन युवतीलाई मन नपर्ने हुनसक्छ। त्यसैले यी दश कुरा कहिल्यै नगर्नुस्, युवतीका अगाडि।

 १.घुरेर नहेर्नुहो: युवतीहरुलाई घुरेर हेर्ने बानी छ भने अहिल्यै छोडिदिनुस्। युवतीलाई त्यसरी हेर्ने बानी सारै नराम्रो हो। युवतीलाई मायाले हेर्नुभयो भने मात्र तपाईंलाई उसले पनि माया गर्छिन्। 

 २. कन्याउने काम नगर्नुहोस्: युवतीका अघि उभिदा आनन्दसँग बस्ने गर्नुहोस्। तपाईंले थाहा पाई नपाई जहाँ पायो त्यहि कन्याउने नगर्नुहोस्। यदि धेरै नै चिलायो भने बाथरुम गएर कन्याएर आउनुहोस्। यदि युवतीका अगाडि यस्तो गरियो भने उनी तपाईंलाई छाडेर हिड्नेछिन्। 

 ३. बोल्ड हुनु नराम्रो होइन: बोल्ड तरिकाबाट आउने र आधुनिक कपडा लगाउने युवतीको बारेमा गलत धारण नवनाउनुहोस्। त्यो युवतीको एक योग्यता हो।

 ४. ब्रेकअप पछिको सम्भावना: तपाईंको वरपरका कुनै युवतीको ब्रेकअप भएको थाहा पाएर उनलाई फसाउने तरिका अवलम्बन गर्नुभयो भने सबैभन्दा झुर तपाईं हुनुहुन्छ। ती युवतीलाई तिम्रो ब्वाइफ्रेन्डले तलाई माया गर्दैनथ्यो, त्यो भन्दा असल मान्छे पाइन्छ भन्ने जस्ता कुरा गर्नुभयो भने तपाईंलाई उनले तुच्छ सम्झनेछिन्।  

५.परफ्युममा ध्यान दिनुहोस्: यदी तपाईं घरबाट बाहिर जादै हुनुहुन्छ भने परफ्युमका बारेमा पनि ध्यान दिनुहोस्। यसिना प्राकृतिक हो। तर, यसबाट आउने गन्धलाई हटाउने प्रयास गर्नुपर्छ।

६. हेर्ने तरिकामा सुधार: तपाईं युवतीका अघि उभिएर उनको आइब्रो, लिप्स, ब्रा जस्ता चिजमा आँखा पुर्‍याइरहनु हुन्छ भने युवतीले ब्याक लिस्टमा राख्ने पक्का छ।

 ७.दिसा पिसापमा ध्यान दिनुहोस्: तपाईं युवतीलाई भेट्न जाँदै हुनुहुन्छ भने दिसा पिसाव विसर्जन गरेर जानुहोस्। त्यहि पुगेर आयो भने पनि उचित स्थानमा जानुहोस्। युवतीको अगाडी नै सडकमा जहाँपायो त्यहिँ यस्तो हर्कत गर्नुभयो भने युवतीले लात मार्ने पक्का छ। 

 ८. खुलमखुल्ला अश्लील हर्कत रोक्नुस्: सार्वजनिक स्थान तथा कलेजहरुमा खुलेआम अश्लील तस्वीर तथा साइटहरु हेर्ने र देखाउने सोच्नुभएको छ भने त्यो गलत। त्यस्तो हर्कत गर्नुभयो भने युवतीले पनि आउट गर्ने छिन्।

 ९. कहिल्यै पनि डकार नगर्नु: मानौ तपाईंले निकै स्वादिष्ठ भोजन गर्नुभएको छ। डकारले पाचन प्रक्रियालाई पनि सहयोग गर्ला। तर, युवतीका अघि उभिएर घरी घरी डकार गर्ने गर्नुभयो भने उनले तपाईंलाई हकार्ने पक्का छ। 

 १०.शरीर देखाएर स्मार्ट बन्न नखोजौं: आफ्नो शरीर देखाएर प्रभावमा पार्छु भन्ने सोच्नुभएको छ भने गलत। सर्टको टाँक खोल्ने र युवतीलाई आफ्नो शरीर देखाउने काम गर्नुभयो भने त्यसको कुनै अर्थ रहदैन। तपाईंले आफ्नो शरीरको फुर्ती लगाएर युवतीका अघि कसैसँग पनि झगडा नगर्नुस्। झगडा त फिल्ममा मात्र हुन्छ। यती दश नराम्रा बानी छाड्नुस, युवतीले तपाईंलाई पक्कै पनि साथ दिनेछिन्।

0 comments

Write Down Your Responses