बच्चा जन्माएपछि यसरी सुखमय बनाउन सकिन्छ यौन जीवन

सन्तानलाई जन्म दिएपछि यौन जीवनको उत्साहप्रद चरण सकियो भन्ने ठान्नु हुँदैन । बरु, यसलाई अझ उत्साहमय बनाउने प्रयत्न गर्नुपर्छ । यसका लागि केही उपायः मासिक चक्रलाई पर्खिनुस् बच्चालाई जन्म दिएको केही महिनापछि महिनावारी पुनः सुचारु हुन थाल्छ । सँगसँगै सेक्समा सरिक हुने महिलाको चाहना पनि बढ्दै जान थाल्छ ।

 महिलामा आएको यस्तो परिवर्तनलाई राम्रोसँग बुझ्नुस् र यौन जीवनलाई पूर्ववत अवस्थामा ल्याउन पहल गर्नुस् । सेक्सको महत्व बुझ्नुस् श्रीमान् र श्रीमतीमध्ये कसैले पनि सेक्सलाई विशुद्ध सन्तानोत्पादनका लागि आवश्यक क्रिया ठान्ने गल्ती गर्नु हुँदैन । दाम्पत्य जीवनलाई सुखमय, रंगिन र उत्साहप्रद बनाइराख्न तथा श्रीमान्–श्रीमतीबीचको आत्मीयतालाई टिकाइराख्न सेक्स आवश्यक छ भन्ने कुरालाई स्वीकार गर्नुस् ।

 आत्मीयता अझ बढ्यो भन्ने बुझ्नुस् बच्चा जन्माउने बेलामा महिलाले श्रीमान्को महŒव अझ गहिरोसँग बुझ्छन् भने श्रीमान्ले दाम्पत्य जीवनमा श्रीमतीको त्याग, बलिदान आदिलाई नजिकबाट महसुस गर्छन् । यसले दुईबीचको प्रेमलाई अझ सघन बनाउँछ । एकअर्काप्रतिको भावलाई व्यक्त गर्ने गर्नुस् । यसले सेक्स लाइफलाई अझ सन्तोषप्रद र सुखद बनाउँछ ।

 ‘फोरप्ले’मा सरिक हुनुस्

 सुत्केरी हुने सँघारमा अथवा सुत्केरी भइसकेको केही सातापछि श्रीमतीको चाहना बुझेर फोरप्लेमा सरिक हुन सकिन्छ । सुत्केरी भएको केही महिनापछि मात्रै यौनसम्र्पक राख्नुपर्ने सल्लाह डाक्टरहरूले दिने गर्छन् । तर, यसबीचमा आपसी समझदारीमा फोलप्लेमार्फत एकअर्कासँग शारीरिक निकटतालाई कायम राख्न सकिन्छ । 

कोठालाई रोमान्टिक बनाउनुस्

 सुत्केरी श्रीमतीको कोठामा केही सातापछि मधुर रोमान्टिक गीतको मन्द धुन लगाउने, फूल राख्नेलगायत रोमान्टिक वातावरण निर्माण गर्ने प्रयास गर्नुस् । यसले महिलाको शरीरमा सेक्स हार्मोनको उत्सर्जनलाई तीव्र बनाउँछ र तपाईंको रोमान्टिक दिनचर्या चाँडो नजिकिन्छ । सचेत रहनुस् बच्चा जन्माउँदा कतिपय महिलालाई एप्सिटमी नामक छोटो सर्जरी गरिएको हुन्छ । बच्चा जन्माएपछि सेक्समा सरिक हुँदा टाँका लगाएको ठाउँमा दुख्न सक्छ ।

 सर्जरी गरेको छदेखि आठ हप्ताभित्रमा सर्जरीको असर प्रायः हटेर जान्छ र यौनांग पूर्ववत अवस्थामा आउने क्रम तीव्र बन्छ । सर्जरी गरेको ठाउँमा सेक्स गर्दा दख्खल त पुग्दैन भन्नेमा सचेत रहनुपर्छ । यदि दख्खल पुग्ने सम्भावना छ भने फोरप्ले आदिबाट चित्त बुझाउनुपर्छ । मन प्रसन्न हुने काम गर्नुस् मन प्रसन्न हुने काम गर्दा शरीरमा एड्रनेलिन नामक रसायन उत्सर्जन हुन्छ, जसले दम्पतीलाई सेक्सको मुडमा पु¥याउँछ ।

 यसका लागि दुवैजनालाई मन पर्ने फिल्म हेर्ने, गीत सुन्ने आदि गर्नुपर्छ । तनाव भएको छ भने रुचिको काम गरेर चित्तलाई प्रसन्न राख्नुपर्छ । संवाद गर्नुस् सन्तानोत्पत्तिपछि श्रीमान्–श्रीमतीबीच संवाद बढ्नुपर्छ । यौनसम्बन्धी विषयमा यस्तो संवाद झन् बढाउनुपर्छ । आमा बनेपछि सेक्ससम्बन्धी रुचिमा आएको परिवर्तन, सजिलो अथवा अप्ठेरो आसन आदिबारे खुलस्त संवाद भयो भने एकअर्काको रुचि बुझेर सेक्स लाइफलाई उत्साहमय बनाउन सकिन्छ ।

 रुचि देखाउनुस् सन्तान प्राप्तिपछि श्रीमतीलाई आफू कम आकर्षक भएको चिन्ता हुन सक्छ । श्रीमतीलाई यस्तो महसुस गर्न नदिन आफू उनीप्रति अझै आकर्षित भएको र सेक्स गर्ने दिनलाई व्यग्रतापूर्वक पर्खिरहेको संकेत दिनुस् । यसले उनलाई राहत र मानसिक शान्ति दिन्छ ।

 -स्वास्थ्य खबरपत्रिकाबाट

,

0 comments

Write Down Your Responses