संसद बैठकका केही दृश्यः को रड्किए ? को भडि्कए ?

प्रचण्ड भावुक, नेम्वाङ आक्रामक

७ साउन, काठमाडौं - एघार दिनको गतिरोधपछि शुक्रबार बसेको संसद बैठक धेरै अर्थमा रोचक रहृयो । बजेट आश्रति विधेयक पहिले कि अविश्वास प्रस्ताव पहिले भन्ने विवादका कारण मूठभेडसम्मको परिस्थिति टर्नु आफैंमा महत्वपूर्ण विकासक्रम थियो ।

 राजनीतिमा सबै जायज रामचन्द्र पौडेलको चारबुँदे सहमति उनकै पार्टीबाट अस्वीकृत भएपछि संसद अवरोधको आशंका भइरहेका बेला सभामुख ओनसरी घर्तीको पहल र विपक्षी गठबन्धन एक कदमपछि हटेका कारण सहज ढंगले संसदको कारवाही अघि बढ्यो । 

 माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भनेझैं उनी र उनको पार्टी नैतिक संकटमा थियो । आफूले पारित गरेको बजेटको आश्रति विधेयक फेल गराउनु नैतिक रुपमा नमिले पनि राजनीतिमा सबै कुरा जायज हुन्छ भन्ने कुरा माओवादी केन्द्रले पुष्टि गरिदियो । जुन विधेयक माओवादी केन्द्रसहित विपक्षी गठबन्धनले असफल बनाएका छन्, भोलि उनीहरुले तीनै विधेयक पारित गराउनैपर्नेछ । तर, राजनीतिमा नैतिकता भन्ने चीज पनि बेला-बेला निष्त्रिmय हुन पुग्छ भन्ने यो प्रकरणले पुष्टि गरेको छ । 

 प्रचण्ड सम्हालिन सकेनन्संसद बैठकमा अविश्वास प्रस्ताव प्रस्तुतगर्ने क्रममा माओवादी अध्यक्ष प्रचण्ड सम्हालिन खोज्दा खोज्दै पनि भावुक र उत्तेजित भइहाले । उनले एमाले र विशेष गरी प्रधानमन्त्री केपी ओलीमाथि प्रहार नगर्ने संकेत शुरुमै दिएका थिए । तर, बोल्दाबोल्दै प्रचण्डले ओलीलाई गणतन्त्र र संघीयताको विरोधी भन्न भ्याइहाले । 

सायद उनले पछि त्यसो नभन्नुपर्ने थियो भन्ने महशुस गरे होलान् । किनकि एमाले संसदीय दलका नेता सुवास नेम्वाङले प्रचण्डको आरोपको नरम शैलीमा कडा जवाफ दिँदा उनी स्वीकारोक्तिको शैलीमा मुस्काइरहेका थिए । ठीक एकघण्टा लामो भाषणका क्रममा प्रचण्डले धेरै प्रसंग ल्याए पनि विगतको जस्तो दमदार भाषण बन्न नसकेको टिप्पणी उनकै सांसदहरुले पनि गरे । 

एमालेप्रति धेरै आक्रामक बन्न नमिल्ने बाध्यता र ओलीलाई छाड्नुपर्ने औचित्य पुष्टि गर्नुपर्ने परिस्थितिका बीचमा उनको भाषण बेला बेलामा लिकभन्दा बाहिर जान खोजेको थियो । 

 नेम्वाङ बने ‘हिरो’ 

 शुक्रवारको संसद बैठकको करीव चार घण्टाको कारवाहीमा अन्तिम वक्ता बनेका पूर्वसभामुख सुवास नेम्वाङ लगभग ‘म्यान अफ दि हाउस’नै बन्न सफल भए । उनको शालीन र कुटनीतिक कटाक्षको सिंगो संसद र लाइभ हेरिरहेका आम मान्छे फ्यान बने । सुवास नेम्वाङ बोलिरहँदा सामाजिक सञ्जाल उनको बोल्ने कलाको प्रशंसा गर्नेहरुबाट भरिइसकेको थियो । 

०६३ साल जेठमा सभामुख भएदेखि नेम्वाङ सम्भवतः रोष्टममा उभिएर बोलेका थिएनन् ।दोस्रो जनआन्दोलनपछि हुर्किएको पुस्ताका नजरमा सुवास नेम्वाङको तस्वीर सभामुखको निष्पक्ष भूमिकामा मात्र थियो । उनले १० वर्षपछि पहिलोपटक सांसदको हैसियतमा बोल्दा साँच्चिकै परिपक्व नेता र शालीन वक्ताको पहिचान स्थापित गरिदिए । 

 अरुलाई गाली नै गर्नु छ भने पनि सुवास नेम्वाङबाट सिकोस् भन्नेहरु धेरै निस्किए । संसदीय दलको उपनेताको भूमिकामा रहेर उनले आफ्ना नेता केपी ओलीको जुन शैलीमा बचाउ गरे, त्यसबाट प्रधानमन्त्री ओली पनि दंग देखिन्थे । संविधान स्वीकार्दै मधेसी मोर्चा शुक्रबारको संसद बैठकमा चर्चाको केन्द्र भने मधेसी मोर्चा नै बन्यो । 

संविधानसभाले जारी गरेको संविधान अस्वीकार गर्दै संसद बैठक बहिस्कार गरिरहेको मोर्चाका सबै सांसद शुरुदेखि अन्तिमसम्म बसेर सदनको कारवाहीमा भाग लिए । उनीहरुको उपस्थितिलाई शुरुमै अर्थमन्त्री बिष्णु पौडेलले व्यंग्यात्मक शैलीमा स्वागत गर्दै अब संविधानमा कोही अशन्तुष्ट नरहेको र संविधान कार्यान्वयन भएको धारणा व्यक्त गरे ।

 उनले आफ्नो जवाफको अन्तमा पनि मधेसी मोर्चाको उपस्थितिलाई नै संविधान कार्यान्वयनमा सबैको सहभागिता अर्थ्याए । प्रचण्डले बिष्णु पौडेलको भनाइलाई स्वागत नै गरे । तर, प्रधानमन्त्री ओलीमाथि प्रहार गर्ने क्रममा उनकै कारण मधेसी मोर्चा संविधान कार्यान्वयनमा पूर्णरुपमा सहभागी हुन नसकेको जवाफ दिए । 

यी सबै सवाल जवाफमा मोर्चाको तर्फबाट कसैले कुनै प्रतिक्रिया जनाएनन् बरु उनीहरुसँगै संविधान अस्वीकार गरेका थरुहट पार्टीका गोपाल दहितले छलफलमा सहभागिता जनाए ।अब संविधानका विरोधी कोही भएनन् मधेसी मोर्चाले संविधान कार्यान्वयनमा सहभागिता जनाएको विषयलाई विघटित संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले कानुनी भाषामै मिलाएर पुष्टि गरे । 

संविधानको धारा किटेरै ल्याइएको अविश्वास प्रस्तावमा उपेन्द्र यादव, अशोक राई लगायतले हस्ताक्षर गरेको प्रसंग झिक्दै नेम्वाङले भने-यो खुसीको कुरा हो,अब संविधान अस्वीकार गर्ने सांसद यहाँ कोही हुनुहुन्न । ओलीको आश्चर्यभाव ! दिउँसो सहमति प्रयास गर्ने शीर्ष बैठकमा सुवास नेम्वाङ र भीम रावललाई पठाएर बालुवाटारमा बसेका प्रधानमन्त्री ओली संसद चल्ने भएपछि संसद भवन पुगेका थिए ।

 उनी संसदको कारवाहीको लगभग सबै समयमा धैर्यतापूर्वक सुनेर बसे । प्रचण्डले अविश्वास प्रस्ताव पेश गर्ने क्रममा आफूमाथि आक्षेप लगाइरहँदा उनी कहिले हाँस्ने र कहिले आश्चर्यको भाव दर्शाउने गर्दै थिए । प्रचण्डले तीन नेताबीचको गोप्य बैठकका कुरा समेत चुहाउन थालेपछि शेरबहादुर देउवा भने अप्ठेरो मान्दै थिए । विष्णु पौडेलको एमाले छाड्ने कुरा ! 

 अर्थमन्त्री विष्णु पौडेलले आर्थिक विधेयक र ऋण तथा जमानत विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा कांग्रेस र माओवादीलाई प्रहार गर्न छाडेनन् । उनले ऋण नलिई देश सञ्चालन गर्न कांग्रेसका मिनेन्द्र रिजाललाई चुनौति दिदै,यदि त्यसो गरेमा एमाले छाडेर उनकै पार्टीमा लाग्ने जवाफ समेत दिए । ओलीमाथि आशंकाव्यवस्थापिका संसदमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले धारावाहिकरुपमा एक घण्टासम्म बोले । 

उनले प्रधानमन्त्री केपी ओलीले संघीयता नरुचाएको र गणतन्त्रविरोधीहरुसँग प्रेम गरेको आरोप लगाए । आफूले गठबन्धन तोड्नज नचाहे पनि ओलीले धकेलेर यो अवस्थामा पुर्‍याएको प्रचण्डको गुनासो थियो । राष्ट्रिय एकता र आन्तरिक राष्ट्रियता सुदृढ गर्नुपर्ने भन्दै प्रचण्डले निकै भावुक एवं सारगर्भित भाषण गरे । प्रचण्डले अर्थमन्त्र विष्णु पौडेललाई पनि जवाफ दिन भ्याए ।

 केपी ओलीसँग आफ्नो व्यक्तिगत सम्बन्ध नराम्रो नरहेको भन्दै दृष्टिकोणमा भिन्नता देखा परेको उनले बताए । प्रचण्डले आत्मकेन्दि्रत एवं संघीयताविरोधी भएको आरोप लगाइरहँदा प्रधानमन्त्रीले ध्यानपूर्वक सबै आरोपहरु सुनेका थिए । 

प्रचण्डले ओलीमाथि प्रहार गरिरहँदा शेरबहादुर देउवाचाँहि घरिघरि ओलीतिर फर्केर हेर्थे । सभामुखको अलमल विधेयक पारित गर्ने र दफावार छलफलका लागि निर्णयार्थ प्रस्तुत गर्ने क्रममा सभामुख ओनसरी घर्ती पटक पटक अलमलमा परेको प्रष्टै देखिन्थ्यो । उनले एकपटक झुक्किएर हुन्छ र हुन्न भन्ने परिणाम समेत उल्टो भन्ने अवस्था आएको थियो ।

 सभामुखले पटक पटक गल्ति बोल्दा माओवादी अध्यक्ष प्रचण्ड तनाबग्रस्त मुद्रामा देखिएका थिए भने पूर्व सभामुख सुवास नेम्वाङ अप्ठेरो मान्दै हाँसिरहेका थिए । संयोग कस्तो छ भने सभामुखको अगाडि पूर्व सभामुख नेम्वाङ साम्नेकै लहरको पहिलो रो मा बस्छन् ।गच्दार गायब शुक्रबारको संसद बैठकमा प्रधानमन्त्री पछिको बरियताका उपप्रधानमन्त्री बिजय गच्छदार देखिएनन् ।

 तर, उनको पार्टी फोरम लोकतान्त्रिक तर्फका स्वास्थ्य मन्त्री रामजनम चौधरी भने सहभागि थिए । गच्छदारले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हल्ला चले पनि औपचारिक निर्णय आएको छैन ।

0 comments

Write Down Your Responses