३ चैत, काठमाडौं - म्यानपावर व्यवसायीलाई अपहरण गरेको आरोपमा नेपाल प्रहरीका दुई जना सई पक्राउ परेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले व्यक्ति अपहरण गरेको आरोपमा अपराध महाशाखाकै सई सम्वद तामाङ र हेटौंडाको रातमाटे पोष्टमा कार्यरत सूर्य थापालाई पक्राउ गरेको हो । सईद्वयले म्यानपावर व्यवसायी बद्री राईलाई गत माघ १ गते अपहरण गरेर फिरौती असुल गरेको खुलेको महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले बताए ।
‘दुई महिना अघिको घटनाको अनुसन्धान गर्दा हाम्रै प्रहरी पनि संलग्न रहेको खुलेपछि दुवैलाई पक्राउ गरिएको हो । थप अनुसन्धान भइरहेको छ,’ एसएसपी अमात्यले भने ।
दुवै जना सईले काभ्रेका अर्जुनकुमार लामा र नवलपरासीका राजकुमार गुरुङसँग मिलेर अपहरण गरेको खुलेको छ ।
चार जनाको समूहले म्यानपावर व्यवसायी राईलाई माघ १ गते कोटेश्वरबाट अपहरण गरेर एयरपोर्टस्थित बाजेको सेकुवामा लगेर ६ घण्टा बन्धक बनाएर फिरौती मागेको भेटिएको छ ।
उनीहरुले राईसँग २५-२५ लाख दरका चारवटा चेक लिएर हिँडेका थिए ।
फिरौती बुझाएपछि राईले अपराध महाशाखामा उजुरी गरेका थिए । अनुसन्धानका क्रममा अपहरण र फिरौती असुली दुवैमा घटनामा सईद्वय थापा र तामाङको संलग्नता देखिएको प्रहरीले दिएको छ ।
घटना हुँदा सई सूर्य थापा बानेश्वर वृत्तमा कार्यरत थिए । ‘अपहरणकारीसँग मिल्ने प्रहरीले अपराधबाट उन्मुक्ति पाउँदैन । त्यसैले हाम्रै प्रहरीलाई पनि पक्राउ गरेर थुनामा राखेका छौं,’ एसएसपी अमात्यले भने ।
३ चैत, काठमाडौं - प्रहरीले २० लाख स्रोत नखुलेको अबैध भारतीय रुपैयाँ र ७ लाख नेपाली रुपैयाँसहित चार जनालाई नेपालगञ्जबाट पक्राउ गरेको छ ।
भेरी अञ्चल कार्यालयबाट खटिएको बिशेष टोलीले गोप्य सूचनाको आधारमा नेपालगञ्जको धम्बोजी र घरबारी टोलबाट अवैध भारुसहित चार जनालाई नियन्त्रणमा लिएको हो ।
रकम रखरिद गर्ने दुई र बिक्री गर्ने दुईजनालाई बिशेष टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको भेरी अञ्चल प्रहरीका एसएसपी महेश बिक्रम शाहले जानकारी दिए ।
प्रहरीले १३ लाख बढी भारुसहित सन्तोष राय र ६ लाख बढीभारुसहित राजेश कुम्हार लाई छुट्टाछुट्टै स्थानबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका अन्य दुईको पहिचान सार्वजनिक भएको छैन ।
काठमाडौं - राप्रपा नेपालमा प्रवेश गरेको एक महिना नपुग्दै कोमल वलिले रेडियो नेपालबाट राजिनामा दिएकी छन् ।
रेडियो नेपालमा समाचारवाचनबाट चर्चित भएकी सञ्चारकर्मी तथा गायिका वलीले ‘फुल टाइम’ राजनीति गर्ने सोच लिएर बीस वर्षे जागिर छोडेको बताएकी छिन् ।
पछिल्लो समय कलाकारहरु राजनीतिक पार्टीमा प्रवेश गर्नेहरुको लहर चलिरहँदा उनी पनि राप्रपाका कार्यक्रममा बढी देखिन्थिन् ।
सरकारी कर्मचारी राजनीतिक पार्टीमा सक्रिय रहेको भन्दै उनको आलोचना समेत भएको थियो । उनीविरुद्ध हेल्लो सरकारमा गुनासो परेपछि सुचना तथा सञ्चार मन्त्रालयले उनीसँग स्पष्टिकरण समेत सोधेको थियो ।
उनी भन्छिन्, ‘जागिर छोडेपछि मात्र सक्रिय राजनीतिमा लाग्ने पहिलेदेखिकै सोच भएकाले अब बल्ल सदस्य बन्दैछु । आउँदो महाधिवेशनमा केन्द्रिय सदस्यमा उठ्ने निर्णय गरेको छु ।’
कपिलवस्तु - सामूहिक बलात्कारको भिडियो रेकर्ड र छ वर्षीया बालिकाको बलात्कारपछि हत्याको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले पत्रकार सम्मेलन गरी आज सार्वजनिक गरेको छ ।
जबर्जस्ती करणीको आरोपमा पकडी गाविस–४ पिचुर्खीका २० वर्षिय ‘बब्लु’ भन्ने अब्दुल रसिद मुसलमान र सोही ठाउँ निवासी २० वर्षीय राहत हुसेन मुसलमानलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको प्रहरी उपरीक्षक भोजजङ्ग शाहले बताउनुभयो ।
उनीहरूमाथि गत माघ २६ गते बिहान १० बजे बाँसखोर गाविसस्थित मर्थी खोला नजिकै एक युवतीलाई बलात्कार गरेर भिडियो रेकर्ड गरेको आरोप छ ।
सो घटनामा छ जना संलग्न भएको भनिए पनि प्रहरीले दुई जनालाई मात्रै पक्राउ गरेको छ । सामूहिक बलात्कारमा संलग्न अन्य फरार भएकाको विशेष प्रहरी टोली गठन गरी खोजतलास गर्न प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो ।
यसैगरी शिवराज नगरपालिकाकी छ वर्षीय बालिकाको बलात्कारपछि हत्याकोे अभियोग लागेका शिवराज नगरपालिका–१० प्रगतिटोल बस्ने १८ वर्षीय भीमबहादुर कुँवरलाई पनि पक्राउ गरिएको छ । शोभाखर अधिकारीको छोरी छ वर्षीया सीतालाई बलात्कार गरी जुवइखोलामा फालेको आरोपमा पक्राउ परेका कुँवरलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
११ भदौ, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय बढेको सवारी दुर्घटनाप्रति चिन्ता व्यक्त गरेका छन् ।
रौतहटका सभासद् प्रभु साहसहितको टोलीसँग आज विहान भएको भेटमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय बढेको दुर्घटनाले आफूलाई चिन्तित बनाएको बताए ।
उनले दुर्घटना न्यूनिकरणको सन्दर्भमा कसरी अगाडि बढ्न सकिन्छ भने छलफल गरिरहेको बताए ।
भेटमा आफूहरुले भने घाइतेको उपचार र मृतक परिवजारलाई राहतको लागि आग्रह गरेको सांसद साहले बताए ।
रोतहटबाट पोखरा जाँदै गरेको यात्रुवस शुत्रबार बिहान त्रिशुली नदीमा खस्दा २२ जनाको मृत्यु भएको थियो ।
२०७३ भदौ ११ गते १०:१३ मा प्रकाशित
भारतको बिहार राज्यस्थित समस्तीपुर इलाकामा एउटा सिन्धियाघाट नामक गाउँछ रहेको छ । उक्त गाउँका मानिसहरु यतिधेरै बलवान छन् की उनीहरुलाई जस्तोसुकै विषालुु सर्पले डसेपनि फरक पर्दैन ।
सर्पले डसेर सर्पको विष शरीरमा फैलिएपनि यो गाउँमा मानिसहरु मर्दैनन् अर्थात् यो गाउँका मानिसहरुले सर्पको विष पचाइदिन्छन् ।
नागपञ्चमीको अवसरमा त्यहाँ सर्पको मेला नै लाग्दछ र उक्त मेलामा मानिसहरु सर्पसँग खेल्दछन् । यसरी खेल्दा धेरै जनालाई सर्पले डस्दछ पनि । तर उनीहरुलाई केही हुँदैन । देवी भगवतीको आशिर्वादले गाउँका मानिसहरुमा सर्पले डस्दा कुनै असर नपर्ने विश्वास गाउँलेहरुको छ ।
यो गाउँका मासिनहरु गोमन लगायतका खतरनाक सर्पहरुलाई समेत पक्रेर घरमा राख्दछन् । दुनियाकै विषालु सर्पमा पर्ने गोम साँपलाई घरमा राखेर उहीँसँग खेल्दछन् र जिस्काउँछन् । बच्चाबच्चीहरुले त साना तिना सर्प शिवजीले झैँ गलामै लगाउँछन् ।
नागपञ्चमीको दिन हजारौँ श्रद्धालुहरुले नागदेवको पुजा अर्चना गर्छन् गाउँमा । पुजाआजापछि मानिसहरु गाउँ नजिकैको नदीमा गएर सर्प समात्दछन् ।
गाउँका सबै मानिसहरु सर्प समाउनमा माहिर छन् । यसरी समातेका र घरमा पालेका सर्पहरुको मेला नै लगाइन्छ । यस्तो मेला ३ सय वर्षदेखि चलिरहेको छ ।
सर्पको पुजा गर्दा र सर्पलाई दूध र धाका लावा चढाउनाले मनोकांक्षा पूरा हुने विश्वास गाउँलेहरुमा रहेको छ ।
एजेन्सीको सहयोगमा
२०७३ साउन
छिन्चु जाजरकोट सडक खण्डअन्तर्गत सुर्खेतको खोजी खोलामा पानीको वहाव वढेपनि जोखिम मोलेर खोला तर्दै यात्रुबाहक बस ।
तस्बिर/ हेमन्त केसी, जाजरकोट, रासस
जमिनमुनि गाडेको ८ दिनपछि कुनैपनि ज्यूँदै बाहिर निस्किन सक्छ भन्ने कुरा पत्यार लाग्न मुस्किलै पर्छ । तर चीनमा यस्तो चमत्कार भएको छ ।घरपरिवारे ज्यूँदै गाडेको एक नवजात शिशुलाई ८ दिनपछि जिवितै उद्धार गरी बाहिर निकालिएको छ ।
समाचार अनुसार लु फेंगलियान नामकी महिलाले जंगलमा जडीबुटी खोजिरहेकी थिइन् । त्यहीँ बेला उनले बच्चा रोएको आवाज सुनिन् । त्यो आवाज जमिन मुनिबाट आइरहेको थियो ।
उनी डराइन् र नजिकै रहेका एक बौद्ध भिक्षुलाई बोलाएर सो कुराको जानकारी दिइन् । दुबैले बच्चाको रुवाइ सुनेपछि एकिन भयो की कसैले बच्चालाई जमिनमुनि गाडेको छ ।
तत्कालै उनीहरुले पुलिसलाई खबर गरे । पुलिसलेे बच्चा रोइरहेको ठाउँमा खोसि्रएर हेरे । दुइ फुटमुनि खोसि्रएपछि एउटा कागजको टोकरी फेला पर्यो । उक्त टोकरी खोलेर हेर्दा त त्यसभित्र एउटा ज्यूँदो बच्चा भेटियो ।
समाचार अनुसार उक्त बच्चाको ओँठ काटिएको हुनाले बच्चाकी हजुरआमाको त्यसलाई लिएर ज्यूँदै गाडेकी रहेछिन् ।
बच्चालाई ८ दिन पहिले नै जमिनमुनि गाडिएको बच्चाका आमाबुवाले बतएका छन् ।जमिनमुनि भएपनि खुकुलो माटो तथा टोकरी भित्र भएको कारण हावा छिरेको र स्वास फेर्न पाएका कारण बच्चा बाँचेको हुनसक्ने डाक्टरहरुले बताएका छन् ।
वर्षाको पानी समेत परेकाले बच्चाले पानीको थोपा खान पाएर उसको प्राण त्यतिका दिनसम्म धानिएको बताइएको छ । तर जे भएपनि माटोमुनि एक नवजात शिशु यतिधेरै दिनसम्म बाँच्न सक्नु ठूलै चामत्कारिक घटना भएकोमा सबै एकमत छन् ।
२०७३ साउन १२ गते १०:४३ मा प्रकाशित
काठमाडौं– केहि दिनयता परेको अविरल बर्षाका कारण तराईका अधिकांश जिल्ला डुबानमा परेका छन् । डुबानमा परेकाहरुलाई उद्दार गरेर सामुदायीक भवन, स्कुल तथा उच्च क्षेत्रमा राखिएको गृह मन्त्रालयले जनाएको छ ।
-सोमबार र मंलगबारको बाढी र पहिरोका कारण २८ जनाको मृत्यु, २४ जना बेपत्ता र १० जना घाइते भएका छन् । त्यस्तै गत वैशाखयता ७७ जनाको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले जानकारी दिए । उनले भने, ‘वैशाखयता ७७ जनाको मृत्यु भएको छ, हिजो र आज मात्रै २८ जनाले ज्यान गुमाए, २४ जना हराइरहेका छन् ।
’
त्यस्तै पहाडी क्षेत्रमा रहेका असुरक्षित वस्तीका बासिन्दाहरुलाई सुरक्षित स्थानमा ठाउँसारी गर्नका लागि सबै सम्बन्धित जिल्लाका सिडीओहरुलाई निर्देशन दिइएको कोइरालाले जानकारी दिए । उनका अनुसार भूकम्प प्रभावित १४ जिल्लाका बाढी र पहिरोको जोखिममुक्त बस्तीका स्थानीयहरुलाई सुरक्षित ठाउँमा सारिएको छ ।
चार ठाउँमा गोदामघर, ५४ ठाउँमा डिडिआरी केन्द्र
लगातार बर्षाका कारण आएको बाढी र पहिरोका कारण विपद्मा परेका सर्वसाधारणको उद्दार तथा राहतका लागि सरकारले मुलुकका चार स्थानमा आवश्यक बन्दोबस्तीका सामान राखेको छ ।
गृह मन्त्रालयका अनुसार कैलाली, नेपालगञ्ज, पोखरा र सुनसरीमा गोदामघर निर्माण गरिएको छ ।
त्यस्तै देशका ५४ स्थानमा जिल्ला आपतकालिन कार्य संचालन केन्द्र स्थापना गरिएको गृह प्रवक्ता कोईरालाले बताए । उनले भने, ‘हामीले तिनैवटा सुरक्षा निकायलाई सतर्क अवस्थामा राखेका छौं ।’गृह मन्त्रालयले स्थापना गरेको ५४ वटा जिल्ला आपतकालिन कार्य संचालन केन्द्र २४ सै घण्टा खुल्ला रहनेछ, जहाँबाट स्थानीयहरुले बाढी र पहिरोको पूर्व–सुचना प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै उद्दारका लागि विराटनगर, काठमाडौं र नेपालगञ्जमा ३ वटा नेपाली सेनाका हेलिकप्टर तयारी अवस्थामा राखिएको गृह मन्त्रालयले जनाएको छ ।
तल्लो तटिय क्षेत्रका सर्वसाधारणलाई सुचना दिनका लागि गृहमन्त्रालयले एसएमएस सिस्टम समेत शुरु गरेको बताईएको छ । जोखिमयुक्त बस्तीका स्थानीय अगुवाहरुलाई एसएमएसमार्फत सुचना दिएर सम्भावित दुर्घटनाबाट बच्नका लागि सचेत गर्न त्यस्तो सिस्टम शुरु गरिएको हो ।
‘माथिल्लो भागमा बाढी आएमा तल्लो तटीय क्षेत्रका जनतालाई सुरक्षित ठाउँमा राख्नका लागि सामूहिक आवासको निर्माण गरेका छौं’ गृह प्रवक्ता कोइरालाले भने, ‘जोखिमयुक्त बस्तीका स्थानीयलाई खाने बस्ने सुविधाका लागि केन्द्रबाट हामीले डिडीआरसीलाई आवश्यक बजेट उपलब्ध गराईसकेका छौं ।’
कोइरालाका अनुसार बाढी पहिरोका कारण मृत्यु भएकाहरुलाई प्रतिव्यक्ति ४० हजार काजकिरीया खर्च र घर भत्केकाहरुलाई ५ देखि २५ हजार तत्कालीन राहत उपलब्ध गराईएको छ ।
आइतवार, साउन ९, २०७३
काठमाडौँ: प्रधानमन्त्री केपी ओलीले सरकारविरुद्धको अविश्वासको प्रस्ताव छापामार शैलीमा झ्याप्पै आएको बताएका छन् ।
अविश्वासको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा ओलीले भने, ‘ अचम्म लागेको छ। विरोधका लागि कुनै विषय छैनन् तर सत्ता परिवर्तनको खेल यस पटक छापामार शैलीमा झ्याप्पै भयो ।’
ओलीले प्रचण्डतर्फ हेरेर यसो भन्दा सिंगो सदन हाँसोले गुन्जिएको थियो।
अविश्वासको प्रस्ताव आउनु अघिको भेटघाट प्रसंग उल्लेख गर्दै ओलीले भने, ‘सरकारबाट फिर्ता हुने अघिल्लो दिन सरकारविरुद्धको अविश्वासको प्रस्तावसँग दुई घण्टा कुराकानी भएको थियो । भोलिपल्ट समर्थन फिर्ता लिने नयाँ खालको मोडालिटि आयो ।
लोकतन्त्रमा सरकार परिवर्तन सामान्य हो । तर मुलुकलाई नै अनिश्चित बनाउने गरी सरकार परिवर्तन गर्नु ठिक होइन ।’
जवाफमा प्रधानमन्त्रीको भाषण
बजेटपछि सरकार परिवर्तनको नियोजित हल्ला चलाएर सरकारको प्रभावकारितामा असर पार्ने काम भइरहे । शान्ति सुरक्षा र आपूर्ति मन्त्रालय माओवादीकै जिम्मामा थिए । शान्ति सुरक्षाका प्रश्न उठे, आपूर्तिका कुरा आए तर ति सबै माओवादीकै जिम्मामा थिए ।
यी विषयमा गुनासो आएपछि सम्बन्धित पार्टीले कदम चाल्नुपर्छ नत्र मैले कदम चाल्नुपर्छ भनेर मैले भनेकै हुँ । यी कुरा शेरबहादुर देउवासँग भनेको होइन तर मैले भनेकै हुँ । मलाई जसरी भए पनि प्रधानमन्त्रीमा रहनुपर्ने मेरो मान्यता होइन । ठिक ढंगले काम गर्न सरकारमा बस्ने नत्र छोडिदिने ।
कतिपय नेताहरु प्रतिपक्षमा बसेजस्तै गरी सरकारको आलोचनामा उत्रिए । मैले नेतालाई बोलाएर आग्रह गरे सहयात्रा इमान्दारितामा चल्छ । एजेन्डा फरक भए आफ्नो बाटो रोजौँ ।
गठबन्धनमा सरकारको समर्थन नतोड्न पटकपटक आग्रह गरेँ । उच्च स्तरीय राजनीतिक समिति बनाएका थियौँ । सरकारका कामको अनुगमन गर्ने र सरकारलाई निर्देशन दिने काम उच्च स्तरीय राजनीतिक समितिको काम थियो । त्यो खोज्ने दायित्व अविश्वासको प्रस्तावका प्रस्तावकज्यूको थियो ।
होला संयोजकज्यूले कुन बैठकबाट कुन सुझाव दिनुभयो धेरै पार्टीका नेता सरकारमा थियौँ । त्यो थाहा भएन् ।
तर एक पटक पनि त्यसको बैठक नबसी अचानक सरकारबाट फिर्ता हुने र सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने काम भयो ।दुनियाँलाई बेकुब बनाउने जमाना छैन अहिले । अस्ति प्रस्ताव राख्दै गर्दा कि कदम चाल्नुहोस् नत्र म चाल्छु भनेर भन्नुभयो । कांग्रेसले ठूला दल सँगै बस्नु हुँदैन भन्ने सिद्धान्त नयाँ प्रतिपादन गरेको छ ।
यो सिद्धान्त आएपछि राष्ट्रिय सहमतिको सरकारको कुरा पनि गर्नु हुँदैन ।
संसदमा सबैभन्दा ठूलो दल मिलेर काम गर्नु नहुने सिद्धान्त बनाएर बसेको छ भने उसको सिद्धान्त च्यूत कसरी गर्ने ? यस्तो अवस्थामा विभिन्न दल मिलाएर सरकार बनाउन बाध्य भएको, दोस्रो ठूलो दलको नेतृत्वमा तेस्रो ठूलो दल, चौथो ठूलो दल सहभागी थिए । तेस्रो ठूलो दलले सरकार छोड्दा ठूलो कुरा हुन्छ । कसैले पनि यो कुरा कल्पना गर्न सक्दैन ।
अस्ती कुरा सुनेपछि मलाई लाग्यो, प्रस्ताव आउदा आरोप के छन् सुने । आरोप सुन्दा थाहाभयो ।
ममाथिको अविश्वास सरकारमाथिको अविश्वास भन्दा ममाथिको अविश्वास हो । धेरै महत्वपूर्ण मन्त्रालय उहाँहरुले नै लिनुभएको थियो । मन फाटेको, चित्त काटिएको, कमलो मन दुःखेको, चित्त नबुझेको आदि कारणले रहेछ ।
मैले मेरा मित्रको च्यातिएको मन अरुणा लामाको गीतमा भनेझै धेरै पल्ट सिउँने कोसिस गरेँ ।
मैले एकल र सामुहिक रुपमा पनि कहिले साँझ, कहिले अबेला रात, कहिले बिहान कहिले दिन गरेर धेरै पटक मन तुन्ने काममा बिताएको छु ।
तर, भयो के भने आज तुनेर पठाउछु भोलिपल्ट अर्कातर्फ फाटेको छ फेरी तुनेर पठायो भोलिपल्ट आउदा अर्कोतर्फ फाटेको छ ।
अब यसपछि सहकार्य गर्ने साथीलाई यसका अनुभव पनि काम लागुन होसियार हुनुहोला । तर, म आज पनि भन्न चाहन्छु एक माघले जाडो जादैन । यो समयको समाप्ति होइन समय चालु छ । अलिकति परिस्थिति फेरिएकोहोला समय गतिशिल छ ।
हामी यहाँ छौँ । पारस्परिक विश्वास र सहकार्यले नै समय चल्छ भन्ने मेरो विश्वास छ । गजबको सहकार्य चलाउन कस्सिनुभएको छ शुभकामना छ ।सरकारलाई दिएको समर्थन फिर्ता लिएको बेला पनि यही शुभकामना दिएको थिए तपाईंहरुको राम्रोहोस् ।
Hollywood is full of beautiful people. All the most famous actors and actresses we know look so perfect that it’s almost superhumen. It’s like they’re a step above us, mortal humans, and we can never achieve their level of beauty and poise. But do you know why this is the case?
Because Hollywood has very high and, dare I say, harsh standards when it comes to looks. If you think it’s bad now, think about how bad it was say 50-60 years ago, when all the actors and actresses were white.
These days it’s starting to get better. People of color are getting to play big roles and people with more or less realistic body shapes are also getting parts in movies.
However, those cases are few and far between. Just to emphasize how ridiculous the Hollywood standards are – take a look at this list of gorgeous celebs who were deemed “too ugly” for Hollywood at the start of their career. Thank god they didn’t take it close to heart and persevered.
1. Reese Witherspoon
When she first arrived at Hollywood, Reese was constantly told she wasn’t tall enough or beautiful enough at auditions. It might’ve broken someone else’s spirit, but not Reese’s. She was stubborn in her beliefs and just wouldn’t let comments like that bother her. She didn’t care about those opinions and kept going until she succeeded. Kinda like her character in Legally Blonde, right?
2. Kat Dennings
Kat Dennings
was told she’s not pretty enough for Hollywood so many times it’s ridiculous. Various casting agents told her that to get a role she’s going to need a lot of work done. Kat was told her teeth need to fixed, and that she needs to get a tan because she’s just too pale for any role. Well look at her now, being a star of 2 Broke Girls and starring in 2 Thor movie, and many other films. Still as pale as ever and still as beautiful too.
प्रचण्ड भावुक, नेम्वाङ आक्रामक
७ साउन, काठमाडौं - एघार दिनको गतिरोधपछि शुक्रबार बसेको संसद बैठक धेरै अर्थमा रोचक रहृयो । बजेट आश्रति विधेयक पहिले कि अविश्वास प्रस्ताव पहिले भन्ने विवादका कारण मूठभेडसम्मको परिस्थिति टर्नु आफैंमा महत्वपूर्ण विकासक्रम थियो ।
राजनीतिमा सबै जायज
रामचन्द्र पौडेलको चारबुँदे सहमति उनकै पार्टीबाट अस्वीकृत भएपछि संसद अवरोधको आशंका भइरहेका बेला सभामुख ओनसरी घर्तीको पहल र विपक्षी गठबन्धन एक कदमपछि हटेका कारण सहज ढंगले संसदको कारवाही अघि बढ्यो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भनेझैं उनी र उनको पार्टी नैतिक संकटमा थियो । आफूले पारित गरेको बजेटको आश्रति विधेयक फेल गराउनु नैतिक रुपमा नमिले पनि राजनीतिमा सबै कुरा जायज हुन्छ भन्ने कुरा माओवादी केन्द्रले पुष्टि गरिदियो ।
जुन विधेयक माओवादी केन्द्रसहित विपक्षी गठबन्धनले असफल बनाएका छन्, भोलि उनीहरुले तीनै विधेयक पारित गराउनैपर्नेछ । तर, राजनीतिमा नैतिकता भन्ने चीज पनि बेला-बेला निष्त्रिmय हुन पुग्छ भन्ने यो प्रकरणले पुष्टि गरेको छ ।
प्रचण्ड सम्हालिन सकेनन्संसद बैठकमा अविश्वास प्रस्ताव प्रस्तुतगर्ने क्रममा माओवादी अध्यक्ष प्रचण्ड सम्हालिन खोज्दा खोज्दै पनि भावुक र उत्तेजित भइहाले । उनले एमाले र विशेष गरी प्रधानमन्त्री केपी ओलीमाथि प्रहार नगर्ने संकेत शुरुमै दिएका थिए ।
तर, बोल्दाबोल्दै प्रचण्डले ओलीलाई गणतन्त्र र संघीयताको विरोधी भन्न भ्याइहाले ।
सायद उनले पछि त्यसो नभन्नुपर्ने थियो भन्ने महशुस गरे होलान् । किनकि एमाले संसदीय दलका नेता सुवास नेम्वाङले प्रचण्डको आरोपको नरम शैलीमा कडा जवाफ दिँदा उनी स्वीकारोक्तिको शैलीमा मुस्काइरहेका थिए ।
ठीक एकघण्टा लामो भाषणका क्रममा प्रचण्डले धेरै प्रसंग ल्याए पनि विगतको जस्तो दमदार भाषण बन्न नसकेको टिप्पणी उनकै सांसदहरुले पनि गरे ।
एमालेप्रति धेरै आक्रामक बन्न नमिल्ने बाध्यता र ओलीलाई छाड्नुपर्ने औचित्य पुष्टि गर्नुपर्ने परिस्थितिका बीचमा उनको भाषण बेला बेलामा लिकभन्दा बाहिर जान खोजेको थियो ।
नेम्वाङ बने ‘हिरो’
शुक्रवारको संसद बैठकको करीव चार घण्टाको कारवाहीमा अन्तिम वक्ता बनेका पूर्वसभामुख सुवास नेम्वाङ लगभग ‘म्यान अफ दि हाउस’नै बन्न सफल भए । उनको शालीन र कुटनीतिक कटाक्षको सिंगो संसद र लाइभ हेरिरहेका आम मान्छे फ्यान बने ।
सुवास नेम्वाङ बोलिरहँदा सामाजिक सञ्जाल उनको बोल्ने कलाको प्रशंसा गर्नेहरुबाट भरिइसकेको थियो ।
०६३ साल जेठमा सभामुख भएदेखि नेम्वाङ सम्भवतः रोष्टममा उभिएर बोलेका थिएनन् ।दोस्रो जनआन्दोलनपछि हुर्किएको पुस्ताका नजरमा सुवास नेम्वाङको तस्वीर सभामुखको निष्पक्ष भूमिकामा मात्र थियो । उनले १० वर्षपछि पहिलोपटक सांसदको हैसियतमा बोल्दा साँच्चिकै परिपक्व नेता र शालीन वक्ताको पहिचान स्थापित गरिदिए ।
अरुलाई गाली नै गर्नु छ भने पनि सुवास नेम्वाङबाट सिकोस् भन्नेहरु धेरै निस्किए । संसदीय दलको उपनेताको भूमिकामा रहेर उनले आफ्ना नेता केपी ओलीको जुन शैलीमा बचाउ गरे, त्यसबाट प्रधानमन्त्री ओली पनि दंग देखिन्थे ।
संविधान स्वीकार्दै मधेसी मोर्चा
शुक्रबारको संसद बैठकमा चर्चाको केन्द्र भने मधेसी मोर्चा नै बन्यो ।
संविधानसभाले जारी गरेको संविधान अस्वीकार गर्दै संसद बैठक बहिस्कार गरिरहेको मोर्चाका सबै सांसद शुरुदेखि अन्तिमसम्म बसेर सदनको कारवाहीमा भाग लिए ।
उनीहरुको उपस्थितिलाई शुरुमै अर्थमन्त्री बिष्णु पौडेलले व्यंग्यात्मक शैलीमा स्वागत गर्दै अब संविधानमा कोही अशन्तुष्ट नरहेको र संविधान कार्यान्वयन भएको धारणा व्यक्त गरे ।
उनले आफ्नो जवाफको अन्तमा पनि मधेसी मोर्चाको उपस्थितिलाई नै संविधान कार्यान्वयनमा सबैको सहभागिता अर्थ्याए ।
प्रचण्डले बिष्णु पौडेलको भनाइलाई स्वागत नै गरे । तर, प्रधानमन्त्री ओलीमाथि प्रहार गर्ने क्रममा उनकै कारण मधेसी मोर्चा संविधान कार्यान्वयनमा पूर्णरुपमा सहभागी हुन नसकेको जवाफ दिए ।
यी सबै सवाल जवाफमा मोर्चाको तर्फबाट कसैले कुनै प्रतिक्रिया जनाएनन् बरु उनीहरुसँगै संविधान अस्वीकार गरेका थरुहट पार्टीका गोपाल दहितले छलफलमा सहभागिता जनाए ।अब संविधानका विरोधी कोही भएनन्
मधेसी मोर्चाले संविधान कार्यान्वयनमा सहभागिता जनाएको विषयलाई विघटित संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले कानुनी भाषामै मिलाएर पुष्टि गरे ।
संविधानको धारा किटेरै ल्याइएको अविश्वास प्रस्तावमा उपेन्द्र यादव, अशोक राई लगायतले हस्ताक्षर गरेको प्रसंग झिक्दै नेम्वाङले भने-यो खुसीको कुरा हो,अब संविधान अस्वीकार गर्ने सांसद यहाँ कोही हुनुहुन्न ।
ओलीको आश्चर्यभाव !
दिउँसो सहमति प्रयास गर्ने शीर्ष बैठकमा सुवास नेम्वाङ र भीम रावललाई पठाएर बालुवाटारमा बसेका प्रधानमन्त्री ओली संसद चल्ने भएपछि संसद भवन पुगेका थिए ।
उनी संसदको कारवाहीको लगभग सबै समयमा धैर्यतापूर्वक सुनेर बसे ।
प्रचण्डले अविश्वास प्रस्ताव पेश गर्ने क्रममा आफूमाथि आक्षेप लगाइरहँदा उनी कहिले हाँस्ने र कहिले आश्चर्यको भाव दर्शाउने गर्दै थिए । प्रचण्डले तीन नेताबीचको गोप्य बैठकका कुरा समेत चुहाउन थालेपछि शेरबहादुर देउवा भने अप्ठेरो मान्दै थिए ।
विष्णु पौडेलको एमाले छाड्ने कुरा !
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक विधेयक र ऋण तथा जमानत विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा कांग्रेस र माओवादीलाई प्रहार गर्न छाडेनन् । उनले ऋण नलिई देश सञ्चालन गर्न कांग्रेसका मिनेन्द्र रिजाललाई चुनौति दिदै,यदि त्यसो गरेमा एमाले छाडेर उनकै पार्टीमा लाग्ने जवाफ समेत दिए ।
ओलीमाथि आशंकाव्यवस्थापिका संसदमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले धारावाहिकरुपमा एक घण्टासम्म बोले ।
उनले प्रधानमन्त्री केपी ओलीले संघीयता नरुचाएको र गणतन्त्रविरोधीहरुसँग प्रेम गरेको आरोप लगाए । आफूले गठबन्धन तोड्नज नचाहे पनि ओलीले धकेलेर यो अवस्थामा पुर्याएको प्रचण्डको गुनासो थियो । राष्ट्रिय एकता र आन्तरिक राष्ट्रियता सुदृढ गर्नुपर्ने भन्दै प्रचण्डले निकै भावुक एवं सारगर्भित भाषण गरे । प्रचण्डले अर्थमन्त्र विष्णु पौडेललाई पनि जवाफ दिन भ्याए ।
केपी ओलीसँग आफ्नो व्यक्तिगत सम्बन्ध नराम्रो नरहेको भन्दै दृष्टिकोणमा भिन्नता देखा परेको उनले बताए । प्रचण्डले आत्मकेन्दि्रत एवं संघीयताविरोधी भएको आरोप लगाइरहँदा प्रधानमन्त्रीले ध्यानपूर्वक सबै आरोपहरु सुनेका थिए ।
प्रचण्डले ओलीमाथि प्रहार गरिरहँदा शेरबहादुर देउवाचाँहि घरिघरि ओलीतिर फर्केर हेर्थे ।
सभामुखको अलमल
विधेयक पारित गर्ने र दफावार छलफलका लागि निर्णयार्थ प्रस्तुत गर्ने क्रममा सभामुख ओनसरी घर्ती पटक पटक अलमलमा परेको प्रष्टै देखिन्थ्यो । उनले एकपटक झुक्किएर हुन्छ र हुन्न भन्ने परिणाम समेत उल्टो भन्ने अवस्था आएको थियो ।
सभामुखले पटक पटक गल्ति बोल्दा माओवादी अध्यक्ष प्रचण्ड तनाबग्रस्त मुद्रामा देखिएका थिए भने पूर्व सभामुख सुवास नेम्वाङ अप्ठेरो मान्दै हाँसिरहेका थिए । संयोग कस्तो छ भने सभामुखको अगाडि पूर्व सभामुख नेम्वाङ साम्नेकै लहरको पहिलो रो मा बस्छन् ।गच्दार गायब
शुक्रबारको संसद बैठकमा प्रधानमन्त्री पछिको बरियताका उपप्रधानमन्त्री बिजय गच्छदार देखिएनन् ।
तर, उनको पार्टी फोरम लोकतान्त्रिक तर्फका स्वास्थ्य मन्त्री रामजनम चौधरी भने सहभागि थिए । गच्छदारले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हल्ला चले पनि औपचारिक निर्णय आएको छैन ।
मिति: शुक्रबार, साउन ०७, २०७३
जनआह्वान---काठमाडौँ
नयाँ शक्ति नेपालको नाममा राजनीतिक पार्टीको तामझाम सुरु गरेको डा बाबुराम भट्टराईको कार्यशैलीका कारण सो पार्टीभित्र दिन प्रतिदिन आक्रोश र असन्तुस्टि चुलिदै गएको छ ।
पार्टीभित्र पूर्व माओवादी, पूर्व प्रशासक एवम् एनजिओकर्मीको बीचमा फरक फरक गुट खडा भएको समाचार त यसअघि नै सार्वजनिक भएको थियो ।
तर पछिल्लो पटक साना पार्टीबाट आएकाहरुले समेत बाबुरामलाई टेर्न छाडेका छन् ।
राजनीतिको नाममा एनजिओले गर्ने जस्तो कार्यशैली अपनाएको, राजनीति भन्दा अरु अरु कुरामा नै बढ्ता ध्यान दिएको भन्दै पार्टीभित्र दैनिक जसो आलोचनाको स्वर बढ्दै गएपछि पछिल्ला केही दिनदेखि बाबुराम भूमिगत जस्तै भएका छन् ।
केहीले एनजिओको कार्यक्रममा कार्यपत्र पेस गरेर कमाउ धन्दा चलाएका छन् । संयोजक आफै सामाजिक सञ्जालमा व्यस्त मात्रै हुने अरु केही पनि नगरेको भन्दै पूर्व सचिव एवम् प्रशासकले आपत्ति जनाइरहेको बेला जनजाती पार्टीबाट आएका परशुराम तामाङले समेत बाबुरामले समेत गरि खाँदैनन् भन्दै आपत्ति जनाउन थालेका छन् ।
बाबुरामको गतिविधि राजनीतिक नभएको भन्दै उनले यस्तै पारा हो भने उनले कुनै राजनीतिक उपलब्धी समेत हासिल गर्न नसक्ने र राजनीतिक रुपमा समेत स्थापित हुन नसक्ने बताउँदै आएका छन् । आजकाृ जनआह्वान साप्ताहकिमा खबर छ ।
साउन-६,
प्रजनन् एउटा प्राकृतीक प्रक्रीया हो । आज हामी तपाईलाई यौन संबन्धको बारेमा केहि अनौठा तथ्यको बारेमा जानकारी दिने छौं जुन निकै रोचक अनि जानकारी मुलक पनि रहेका छन ।
१. पुरुष वीर्य महिलाको योनिभित्र ५ दिनसम्म जीवित रहन सक्छ । ५ दिनको अवधिमा यसले महिलाको अण्डालाई सेचन पनि गर्न सक्छ । तर, बाहिरी वातावरणमा भएको वीर्य केही घण्टामात्रै बाँच्न सक्छ ।
२. यदि पोथी फेरिट (दुम्सीजस्तो एक प्रकारको जनावर) तातो भएको बेलामा तत्काल यौनसम्पर्क गर्न भाले पाएन भने मर्न सक्छ । तातो लामो समयसम्म रह्यो भने एस्ट्रोजेनको लेभल बढ्छ, जसले अप्लास्टिक एनिमिया हुन्छ र यो जनावरको मृत्यु हुन्छ ।
३. एक पुरुषबाट दुई सातामा निस्कने वीर्य विश्वभरका प्रजनन योग्य महिलालाई गर्भवती बनाउन काफी हुन्छ ।
४. पहिलो विश्वयुद्धका बेला ब्रिटिश गुप्तचर निकाय (एमआई ६) का सदस्यहरुले वीर्यलाई अदृश्य मसीकारुपमा प्रयोग गर्न सकिने पत्ता लगाएका थिए । तर, गन्ध आउने महसुस भएपछि यसको प्रयोग रोकिएको थियो ।
५. वीर्य कम क्यालोरी भएको पदार्थ मानिन्छ । एक चम्चा वीर्यमा जम्मा ५ क्यालोरी हुन्छ ।
६. सेक्सले मूत्रमार्गको संक्रमणबाट जोगाउन मद्दत गर्छ ।
७. एक प्रतिशतमात्र महिला स्तन र निप्पलमार्फत् उत्तेजित हुन्छन् । - एजेन्सी
बिहिबार, साउन ०६, २०७३
वेड नम्वर २४७- नर्भिक अस्पतालको इमर्जेन्सी वार्डबाट छिरेपछि देब्रे भित्रतर्फको रहेको वेड हो यो। बेडमा दिउँसो हामी दुईवजे पुग्दा करिव ५ बर्षकी प्रंशसा आचार्य मसक्कै निदाएकी थिइन। छेउको वेड नम्वर २४८ मा थिए पिता नरहरी आचार्य।
सानी नानी अस्पतालको लामो शैयामा सानो ठाउँ लिएर निदाएकी थिइन। निजगढमा रहेको मावलीबाट रौतहटको चन्द्रनिगाहपुर घर जान लाग्दा बुबा नरहरी आचार्यले चलाएको मोटरसाइकललाई पछाडीबाट आएको टाटासुमोले जेठ ३०मा हानिदिएको थियो।दुर्घटनामा परेको एघार दिनमा असार ८मा प्रशंसाले आमा प्रमिला भण्डारीलाई गुमाइन।
अनुहार, टाउको र शरीरका विभिन्न भागमा चोट लागेकी प्रशंसा र उनका बा नरहरीसँगै दुर्घटनामा परेकी प्रमिलाले ११ दिनसम्म बाँच्न गरेको संघर्ष निरर्थक भयो। नत डाक्टरले बचाउन सके। नत कसैको शुभेच्छाले काम गर्यो।
सबैलाई कालले नै जित्यो। प्रमिलाले आफ्ना दुई छोरीलाई र पति नरहरीलाई छोडेर गइन। छोरीहरु टुहुरा भए। नरहरी जीवनसंगिनी विहिन भए।
जीवनसंगिनीलाई दागवत्ती दिएर अन्तिम संस्कारमा समेत स्वास्थ्यका कारण बस्न नसक्ने अवस्थामा रहेका नरहरी छोरीलाई लिएर यतिखेर नर्भिकको २४७ र २४८ मा बसेर उपचार गरिरहेका छन्।
आफू खुट्टा टेक्न सक्दैनन। श्रीमती हेटौंडाको चुरेहिल अस्पतालमा रहँदा आफ्नो पीडा श्रीमतीको अगाडी केहि पनि ठानेनन्। श्रीमतीको उपचारमा दौडिरहे। औषधी ल्याउने देखि अन्य दौडधुपमा रहँदा दुर्घटनामा परेर बजारिएको उनको खुट्टाले अहिले आएर दुख दिएको छ।
डाक्टरको परामर्शमा थप उपचारको तयारीका बारेमा हामीसँग उनले कुरा गरिरहँदा निन्द्रामा रहेकी छोरी ब्युझिएर अचानक रुन थालिन।दुर्घटना भएदेखि आमालाई नदेखेकी उनले सायद कुनै सपना देखिन या ऐठन भयो। अचानक आमा आमा भन्दै रुन थालिन।
अलग वेडमा रहेका नरहरी एक खुट्टा खोच्याउँदै छोरीलाई अगाँल्न पुगे। छोरीलाई अगाँल्न अघी उनले भने, ‘ छोरीले आमा सम्झी ।’दुर्घटनाको १३औं दिन भइसकेको थियो। छोरीको टाउको देखाउँदै नरहरीले भने ‘ आज डाक्टरले छोरीको कपाल काटेर नुहाउन लगाए। अलि फ्रेस पनि देखिएकी छ। तर पटक पटक आमा भनेर रुन थाल्दा भने मन भरङग हुन्छ। उनले पनि पत्नी वियोगको पीडा लुकाउन सकेनन्। ‘
सँगै रहेका प्रशंसाको मामाले पनि भाञ्जीलाई फकाउन खोजे। तर तत्काल उनको रुवाइ रोकिने छाँट थिएन। हिक्क हिक्क गर्दै नथाकेसम्म रोइरहिन। अन्जान ठाउँको बसाई अनि सँधै वरिपरि हुने आफन्तको अभाव पनि खट्किदो हो। त्यो भन्दा पनि धेरै प्रत्येक स्वासले पुकारिरहेको आमा नपाउँदा रुवाइमा पनि आमा नै आएर अड्किन्थ्यो।
देब्रे निधारमा लागेको गहिरो घाउ, सडकमा अनुहार दरालिदा खाटा बस्नै लागेको घाउ र टाउकोको देब्रेतर्फ चिरिएर बनेको घाउको पीडाले पनि उनलाई दुखाएकै हुँदो हो। रुवाउन त त्यो पीडाले पनि रुवाएकै हुँदो हो। त्यो भन्दा पनि आमालाई नदेख्दा बहिनिलाई नभेट्दाको पीडा धेरै थियो।
३ बर्षकी बहिनी घरमै छिन। अझै प्रशंसालाई आमा अस्पतालमै भएको भनिएको छ। सानो मष्तिष्कमा धेरै पीडा दिन परिवारले पनि चाहेको छैन। त्यसमाथि पनि आफै घाइते भएकी छोरीलाई
थप पीडा नहोस भन्ने चाहना छ नरहरीको।
छोरीलाई फुल्याउन निकै खोजे। काखमा राखेर थप्थपाए। मिठो लाग्ने खानेकुराको प्रलोभन पनि दिए। जबसम्म उनी थाकिनन् तबसम्म उनको रुवाइ रोकिएन। एकछिन पछि थाकेर रुन छोडेकी प्रशंसालाई मामाले केहि खानेकुरा ल्याएर दिए। केहिबेर खाएपछि उनको आँखा टेवुलमा राखिएको कापी र पेन्सिलमा गयो। नरहरीले कुरा बुझे।
उनले पनि ल अब होमवर्क गर्ने भनेर छोरीलाई त्यतातिर व्यस्त बनाए। एनिमल, फ्रुट्सको नाम लेख्न हौस्याए। उनले लेख्ने कोशिस गरिन। एलकेजीमा अध्ययनरत प्रशंसा दुर्घटनापछि विद्यालय गएकी छैनन। अझ कतिदिन छुट्ने हो थाहा छैन।अस्पतालमा रहँदा पनि छोरीको पढाइको चिन्ता त बाबालाई हुने भयो।
छोरीले लेख्दै जादा बेलाबेलामा बाबालाई दंग्याउन थालिन। लेख्दै पनि गइन। कतिखेर बाबालाई दंग्याउँदै हास्छिन। छोरी हास्दा बाबा पनि खुसी हुनैपर्योप। रुँदा दुखि बनिहाल्थे। त्यो क्षणहरु उनका लागि धेरै बर्ष अघी माधव प्रसाद घिमिरेले लेखेको शोककाव्य ‘गौरी’ मा भनिए झै हुन्थ्यो।
‘यि हाँसे पनि सुख छैन मनमा विर्सेकी आमा भनि
यि रोय पनि दुख लाग्छ यिनले सम्झेकी आमा भनि’
छोरीको रुवाँई र हाँसोमा उनलाई त्यहि वियोगको पीडाले सताउँछ। माधव प्रसाद घिमिरेले भोगेको त्यहि पीडानुभुती हुन्छ। उनले नभनेपनि उनको आँखामा देखिएको पीडा महशुस गर्न सकिन्थ्यो।
रौतहटमा पत्रकारीता पेशामा रहेका उनको दैनिकी नै अब कसरी अघी बढ्छ उनैलाई थाहा छैन। उनले भने, ‘सिधा हिडेको बाटो अब यू टर्न भएको छ। अब यि छोरीहरुको लालन पालन र शिक्षा दिक्षामा कसरी लाग्ने भन्ने मात्र ध्यान छ।
’दुर्घटनालाई भवितव्य बनाउने गरि कतिपय नारायणी यातायात व्यवसायी समितिका मानिस र उनीहरुका प्रतिनिधी लागिपरेको सूचना पाएका उनले भने, ‘श्रीमती त गइहालिन तर उनको मृत्यु त्यतिकै खेर नजाओस। उनले न्याए पाउन। यि लालाबालाको लागि केहि गर्न सकिनेगरि क्षतिपूर्ती दिइयोस। ताकि यिनिहरुको शिक्षादिक्षामा खर्चिन सकियोस।’
नियतीले बाबा र आमाको दोहोरो भुमिकामा पुगेका नरहरीले तत्काल छोरीको स्वास्थ्यकोसँगै अबको दिनमा शिक्षाको पनि ध्यान दिनु छ। छोरी ठूलो हुँदा उसको अनुहारमा देखिएका दाग नहोस भन्ने चाहना पनि छ। छोरी ठूली हुँदा उसको अनुहारको दाग उसको प्रगतीको वाधक नहोस भन्ने चाहना छ।
त्यसैले पनि उनले नर्भिक बसाइमा आफ्नो र छोरी दुबैको राम्रो उपचार गराउन चाहेका छन्। आफू स्वस्थ हुँदा छोरीहरुको लागि काम गर्ने सहज हुन्छ। अनि छोरीको उपचार राम्रोसँग सकाउँदा उसकै भविष्य राम्रो हुने कारण पनि यसैमा केन्द्रीत छन नरहरी।
नरहरीसँग उसको खुसी खोसको नियतीले उनको अबको बाटोमा काँडा नविछ्योस। प्रमिप्रति श्रद्धाञ्जली। नरहरी र प्रशंसादुवैको स्वास्थ्य लाभको कामना।नर्भिक अस्पतालमा नरहरीका बाबु छोरीलाई भेट्न गएका नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल र महासचिव अजयबाबु शिवाकोटी।
तस्विरः हाम्राकुरा डटकम।
(शिवाकोटी नेपाल प्रेस युनियनका महासचिव छन्)
साउन ६
काठमाडौं – माओवादीको समर्थन फिर्तासँगै अल्पमतमा परेको सरकार बचाउन प्रधानमन्त्री केपी शर्मा ओलीले ५२ करोडको अफर गरेको खुलासा भएको छ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीकातर्फबाट एमाले महासचिव इश्वर पोखरेल र प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले यस्तो अफर लिएर आएको खुलासा गरेका हुन् ।
संघीय समाजवादी फोरमका अध्यक्ष यादवले पार्टीको बैठक तथा गठबन्धनका नेताहरुसँगको कुराकानीमा पोखरेल र रिमालले ल्याएको ५२ करोडको अफरको खुलासा गरेका हुन् । गठबन्धनकै दुई नेताले रातोपाटीसँगको कुराकानीमा यादवले सुनाएको विषय स्वीकार गरे । तर, उनीहरुले आफ्नो नाम भने गोप्य राख्न आग्रह गरे । काँग्रेस र माओवादी मिलेर संसद्मा अविश्वासको प्रस्ताव दर्ता गराएपछि ओलीले सरकार बचाउनका लागि आफ्ना दूतहरुलाई गठबन्धनका नेताकहाँ पठाएका थिए ।
यो भयानक अफरको भित्री कथाका एक–एक सूचना पाठकका लागि महत्वपूर्ण हुन सक्छन् । यो सूचना पाएलगत्तै हामीले विभिन्न सूत्रहरु मार्फत यसको पुष्टी गर्ने कोशिष गरेका थियौँ । यही आधारमा विभिन्न तथ्यहरु भेटिए । गठबन्धनका नेताहरुले आफ्ना नाम गोप्य राख्ने सर्तमा यस्तो अफर आएकोवारे अध्यक्ष यादवले ब्रिफिङ गरेको स्वीकार पनि गरे ।
कुरा साउन १ गतेको हो । एमालेका महासचिव इश्वर पोखरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले विहानै १० बजे तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको कार्यालय पसेका थिए ।
पार्टी कार्यालयमा त्यस दिन उपस्थित फोरम नेपालकै एक नेताले दिएको जानकारी अनुसार ‘अध्यक्षको च्याम्बर कता हो ?’ भन्ने सोधेर उनीहरु सरासर तीन तल्लामाथि रहेको पार्टीका अध्यक्ष एवं संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवको कार्यकक्षमा पसेका थिए ।
त्यतिबेलासम्म कार्यालयमा फाटफुट नेता तथा कार्यकर्ताहरु मात्र आइपुगेका थिए ।
अहिले राजनीतिक उथलपुथलका विषयमा दुई नेताबीच कुराकानी भएको होला भन्ने अन्य नेताहरुले अनुमान गरेका थिए । तर, आधा घण्टासम्म कुराकानी गरेर पोखरेल र रिमाल त्यहाँबाट फर्किए । त्यसपछि उपेन्द्र यादवले गठबन्धनमा रहेका नेताहरुसँग पोखरेल र रिमालले ल्याएको अफरबारे ब्रिफिङ गरेका थिए ।
सरकारको अफरको बारेमा साउन २ गते बसेको कुपण्डोलमा र साउन ३ गते फोरम नेपालको कार्यालय तीनकुनेमा बसेको गठबन्धनको बैठकमा यादवले यसबारे जानकारी दिएका थिए । यस बैठकमा अशोक राईदेखि शरत्सिंह भण्डारीसम्मका शीर्ष नेता उपस्थित थिए ।
गठबन्धनका उपलब्ध नेताहरुसँगको ब्रिफिङमा यादवले सुनाएका थिए, ‘पोखरेलले मधेशको सबै माग पुरा गरिदिने, अरु के के सहयोग चाहिन्छ, सबै सहयोग गर्ने तर काँग्रेस र माओवादीलाई समर्थन नगर्न’ आग्रह गरेका थिए ।
यादवले त्यति मात्र होइन, त्यहीँ ब्रिफिङमा ५२ करोड अफरको विषय पनि सुनाएका थिए । ‘उहाँहरुले ५२ करोड रुपियाँको लोभसमेत देखाएर गएका छन् ।’ सरकार बचाउन प्रधानमन्त्रीले ठूलो रकमसहितको अफर पठाएको कुरा सुनेपछि त्यसदिन छलफलमा सहभागी गठबन्धनका नेताहरु अच्चम परेका थिए ।
उपेन्द्र यादवले गठबन्धनका नेताहरुलाई बताए अनुसार पोखरेल र रिमाल दुई वटा सुटकेश बोकेर आएका थिए । भेटमा पोखरेलले ‘तपाईहरुको आन्दोलनमा खर्च भएको होला, तपाईसँग ४२ जना सभासद् छन् ।
सबैलाई एक–एक करोड अरु बाँकी आन्दोलनको खर्च, अरु पछि पनि सहयोग गरौंला’ भनेको अध्यक्ष यादवले आफ्ना नेताहरु समक्ष राखेका थिए । यादवले आफुुले पोखरेल र रिमाललाई ‘रेल प्लेटफर्मबाट हिँडिसक्यो । अर्कै रेल चढिसकेका छाँै । अब अर्को चढ्ने सम्भव छैन,’ भनेको समेत गठबन्धनका नेताहरुलाई सुनाएका थिए । यादवले गठबन्धनका नेताहरुलाई सुनाए अनुसार पोखरेलले एकपटक पुनः विचार गर्न आग्रह समेत गरेका थिए ।
रातोपाटीसँगको कुराकानीमा फोरम नेपालका अध्यक्ष यादव र एमालेका महासचिव पोखरेलले कुनै कुराकानी नभएको दावी गरेका छन् । रातोपाटीले पोखरेलसँग सम्पर्क गर्दा उनले आफू उपेन्द्र यादवलाई भेट्न नगएको र त्यस्तो छलफलबारे केही थाहा नभएको बताए ।
उपेन्द्र यादवले पनि एसएमएस मार्फत जवाफ दिँदै ‘फल्स न्युज’ भएको छोटो प्रतिक्रिया दिए ।
यता विष्णु रिमालको मोबाइलमा पटक–पटक सम्पर्क गर्दा फोन उठ्न सकेन ।
ओलीले यस अघि काँग्रेस सभापति शेरबहादुर देउवा र काँग्रेस वरिष्ठ नेता रामचन्दै पौडेललाई प्रधानमन्त्री बन्न अफर गरेका थिए । देउवाले ‘टू लेट’ भन्दै र पौडेलले ‘सदासयताका लागि धन्यवाद’ भन्दै ओलीको प्रस्ताव अस्वीकार गरिसकेका छन् ।
प्रधानमन्त्री ओलीले भारतको इसारामा आफ्नो सरकार ढाल्न खोजिएको बताउँदै आएका छन् । उनले संसदमा अविश्वासको प्रस्ताव फेस गर्ने बताएका छन् ।
अब करिब ५० सांसदले ओली सरकारको समर्थनमा मतदान गरे उनको सरकार बच्न सक्छ ।
केही बर्ष अगाडि प्रचण्डको नेतृत्वमा सरकार बनाउन भन्दै माओवादी नेता कृष्णबहादुर महराले चिनियाँ व्यापारीसँग ५० करोड रुपैयाँ मागेको भनिएको विवादास्पद टेलिफोन संवाद बाहिर आएको थियो । नेपालको संसदीय राजनीतिमा सत्ताको खेलमा साम, दाम, दण्ड, भेद सवै हुँदै आएका छन् ।
संसदमा मर्यादापालकको संख्या बढाइयो
६ साउन, काठमाडौं ।
बजेटका विधेयकमाथि छलफल गर्ने कि अविश्वासको प्रस्तावमाथि संसदमा छलफल गर्ने भन्ने विषयमा दलहरु आ आफ्नै अडानमा रहेपछि आज बोलाइएको संसद बैठक अनिश्चित बनेको छ ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संसदमा प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेकाले पहिले तय भएको संसदको कार्यसूचिमा छलफल हुन नसक्ने अडान राखेका छन् ।
उता सत्ता नेतृत्व गरेको एमालेले भने अविश्वासको प्रस्तावअघि बजेटसँग सम्बन्धित बिधेयकमाथि छलफल चलाउनका लागि दबाब दिने निर्णय गरेको छ । जसका कारण संसद भीडन्तमा परिणत हुने देखिएको छ ।
दलहरुले आ आफ्नो अडान नछाड्दा आजकोको संसद बैठकमा के हुन्छ भन्ने अन्यौल बढेको छ ।
संसदमा हुन सक्ने अवरोध नियन्त्रणका लागि मर्यादा पालकको संख्या बढाइएको छ ।
दलहरुबीचको विवादमा संसदभित्र अप्रिय घटना हनु नदिन प्रहरीले संसद सचिवालयसँगको समन्वयमा कसिलो सुरक्षा योजना बनाउँदै मार्सलको संख्या बढाएको छ ।
यसअघि ९०१ जना खटिँदै आएकोमा आजको बैठकका लागि थप ३० जना मर्यादा पालक खटाइन लागेको छ ।
बैठक ११ बजेका लागि बोलाइएको छ ।
मिति: बिहिबार, साउन ०६, २०७३
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसदमा गणितका हिसाबले माओवादी केन्द्र तेस्रो भएपनि पछिल्ला घटनाक्रमले पहिलो दलका रूपमा स्थापित गरिसकेको बताएका छन् । उनले १० वटा माओवादी घटकलाई मिलाएर नयाँ माओवादी बनाए पछि माअोवादी अहिले पहिलो शक्तिका रूपमा उभिएको बताएका हुन् ।
संसदीय दलको बैठकमा प्रचण्डले भने ‘अरूले होच्याउने, खिसिटिउरे गर्ने गरे पनि त्यसको सशक्त प्रतिवाद गर्दै हामी अगाडि बढ्नुपर्छ । हामी विगतमा प्रतिपक्षमा भए पनि भूकम्पपछिको स्थितिमा प्रतिपक्षी व्यवहार कहिल्यै प्रदर्शन गरेनौँ । त्यसवेला संविधान निर्माणको पहल हामीले नै लियौँ । संविधानमा आदिवासी थारू, मधेसीहरू समेटिन सकेनन् ।
उनीहरूको माग सम्बोधन गर्ने विषयमा आवाज उठाइरह्यौँ, तर त्यस विषयमा पनि ओलीजीले पहल लिन सक्नुभएन ।’
गोरखा, ओखलढुंगालगायतका क्षेत्रमा माओवादी नेता–कार्यकर्तामाथि यसबीचमा मुद्दा लगाउने काम भएको प्रचण्डको भनाइ थियो । उनले त्यस्तो काममा एमालेनिकटका कानुन व्यवसायी नै अग्रपंक्तिमा उभिएर लागेको अारोप लगाएको बताए ।
उनले भने, ‘माओवादीमा पनि प्रचण्डलाई नै मुद्दा हाल्ने र जेल चलान गर्नुपर्नेजस्ता योजनासम्म उनीहरूले बुने । माओवादीलाई ह्याँकुलाले मिच्न सकिन्छ भनेजसरी उहाँहरू लाग्नुभयो । सत्तासाझेदार दलको व्यवहार माओवादीसँग कहिल्यै देखाउनुभएन ।’
अाफूहरूले एमालेसँग १४ बुँदे, नौबुँदे हुँदै तीनबुँदे भद्र सहमितसमेत गरेपनि त्यसको कहीँ–कतै कार्यान्वयन नभएको प्रचण्डको गुनासो थियो । अल्पमतमा परिसकेपछि प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने भएपनि अोलीले त्यसरी नसोचेको प्रचण्डले बताए ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
पोखरा, ५ साउन -
राप्रपा नेपाल लेखनाथ नगरपालिका वडा नम्बर १० का अध्यक्ष खगराज पाण्डेको रहस्यमय मृत्युबारे यथार्थ विवरण सार्वजनिक गर्न उनका आफन्तले प्रहरीसँग माग गरेका छन्।
गत असार ५ गते राती लेखनाथकै केही यूवाहरुको कुटपिटबाट गम्भीर घाईते भई उपचारपश्चात् आराम गरिरहेका पाण्डेको असार २९ गते बिहान घरनजिकै शव भेटिएको थियो ।
कुटपिट गर्ने समूहले नै पाण्डेको हत्या गरेको दावी गर्दै मृतकका आफन्तले जतिसक्दो छिटो घटनामा संलग्नलाई पक्राउ गर्न र सत्यतथ्य सार्वजनिक गरि कार्वाही अघि बढाउन माग गरेका हुन।
शव भेटिएकै दिन जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएपनि एक साता बितिसक्दा समेत अनुसन्धानका नाममा प्रहरीले केश अघि नबढाएको मृतकका भाई बोधराज पाण्डेले बताए।
लामो समय बितिसक्दा पनि प्रहरीले अनुसन्धान गरिरहेका छौं भन्दै आफूहरुलाई वेवास्ता गरिरहेको र हत्यामा संलग्नहरुलाई कार्वाही गर्न आनाकानी गरिरहेको मृतकका साला प्रकाश तिवारीले गुनासो गरे।
“उपचारपछि निको भएर घरमा आराम गरिरहेको व्यक्तिको आफैं कसरी मृत्यु हुन सक्छ उनले प्रश्न गरे– तर प्रहरीले केश अघि बढाउन मानिरहेको छैन ।
अभियुक्तहरुले पनि हामीलाई केश फिर्ता लिन दवाव दिईरहेका छन् । भिनाजुको मृत्यु रहस्यमय छ।
उनका अनुसार घटनाको दिन बिहान घरमा आराम गरिरहेका पाण्डे पानी लगाउन भन्दै खेतमा गएका थिए । खेतमा गएको करिब डेढ, दुई घण्टासम्म पनि नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव भेटिएको थियो।
शव भेटिएकै दिन असार ५ गते कुटपिटमा संलग्न बसौलासहित सन्तोष सुनार, जगदिश थापा, शम्शेर गुरुङ्ग, मनोज गुरुङ्ग, इश्वर गुरुङ्ग, अर्जुन गुरुङ्ग, रवि तिवारी र मिलन गुरुङ्गविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा मृतकका आफन्तले जाहेरी दर्ता गराएका थिए।
जाहेरी दर्ता गराएकै दिनदेखि प्रहरीले यो घटनालाई गम्भिररुपमा नलिएको र वेवास्ता गरेको उनीहरुको आरोप छ । प्रहरीकै आश्वासन मानेर अहिलेसम्म घटनाका बारेमा कुनैपनि सञ्चारमाध्यम र पाण्डे संलग्न पार्टीमा समेत जानकारी नदिएको तिवारीले बताए।एकसातादेखि शव अस्पतालमै :
यसैबीच, असार २९ गते मृत्यु भएका राप्रपा नेपालका नेता समेत रहेका पाण्डेको शव एकसाता बितिसक्दा पनि उठ्न सकेको छैन।
पोष्टमार्टमका लागि शव भेटिएकै दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याईएका पाण्डेको शव अझै त्यहीँ छ। मृतकका आफन्तले पाण्डेको हत्या नै भएको र हत्यामा संलग्नलाई जतिसक्दो छिटो पक्राउ गरी कार्वाही अघि नबढाएसम्म शव नउठाउने अडान लिएका हुन् । प्रहरीले मृतकका आफन्तहरुसँग सहकार्य गरेर अनुसन्धानमा लाग्नुपर्र्ने र तत्काल हत्यामा संलग्नहरुलाई पक्राउ गर्न मृकका भाई बोधराजले आग्रह गरे।
यस्तो छ घटनाक्रम :
घटनाक्रम अनुसार असार ५ गते दिउँसो मृतक पाण्डेका छोरा र लेखनाथका स्थानीय बिष्णु बसौला लगायत यूवाहरुबीच सामान्य विवाद भएको थियो । दिनभर खेतको काम गरेर फर्किएका उनीहरु विवादकैबीच साँझ आ–आफ्नो घर फर्किए । खेतको कामबाट छुट्टीएका बसौला लगायतका अरु ८ जना यूवाले मदिरा सेवन गरी राती करिब ११ बजे पाण्डेको घर पुगे । कुटपिटको योजनाका मुख्य योजनाकार बसौलाले नै एकछिन बाहिर निस्कनु भन्दै पाण्डेलाई घरबाहिर बोलाए।
त्यसपछि एक्कासी रड र धारिलो हतियार प्रयोग गरी ५४ बर्षीय पाण्डेमाथी आक्रमण भयो ।
आक्रमणपछि भागेका सबै नौ जना यूवालाई नै प्रहरीले सोही रात पक्राउ गर्यो भने टाउको र शरिरका विभिन्न भागमा गम्भीर चोट लागेका पाण्डेलाई पनि उपचारका लागि राती नै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगियो । उनको टाउको दश वटा टाँका लगाईएको थियो।
पक्राउ परेका यूवाहरुको परिवारको आफन्तको दवावमा घटनाको पर्सिपल्टै घाईते अवस्थामा रहेको पाण्डेलाई थाहै नदिई बुहारी रमितालाई मात्रै बोलाएर प्रहरीको रोहवरमा मिलापत्र गरियो र अभियुक्त सबै प्रहरी हिरासतबाट छुटे।
मिलापत्रमा पाण्डेको उपचार खर्चस्वरुप सुरुमा ५४ हजार रुपैयाँ दिने र बाँकी रकम अस्पतालको बिल अनुसार भुक्तानी गर्ने सहमती भयो । केही दिनको अस्पताल बसाईंपछि पाण्डे डिस्चार्ज भए र घर फर्किए। तर कुटपिट भएको २३ दिनपछि असार २९ गते खेतमा पानी लगाउन भनी हिँडेका उनको एक्कासी शव भेटियो।
शब्द साभार : बिग एफएम






















