सभापतिको उम्मेद्वारी घोषणा गर्दै सुजाताले भनिन् “म ब्याक हुन्न”

२०७२ फागुन १९ गते

१९ फागुन, काठमाडौं - नेपाली कांग्रसकी नेतृ सुजाता कोइरालाले पार्टी सभापति पदका लागि उम्मेद्वारी घोषणा गर्दै आफु पछाडि नर्फकने प्रतिबद्धता जनाएकी छन् । मण्डिखाटारस्थित आफ्नै निवासमा बुधबार दिउँसो पत्रकार सम्मेलन गरी नेतृ सुजाता कोइरालाले पार्टी सभापतिको लागि औपचारिक उम्मेद्वारी घोषणा गरेकी हुन् । 

 कोइरालाले नेपाली कांग्रेसमा बीपी र गिरिजाको राजनीतिक लाइनलाई रक्षा गर्नका लागि आफु अगाडि सरेको बताइन् । बीपी र गिरिजाको लाइनलाई असफल गराउन कांग्रेसभित्र षड्यन्त्र भइरहेको उनले आरोप लगाइन । कोइरालाले सभापतिमा उम्मेद्वारी दिएपनि महामन्त्री लगायतका अन्य टिमको भने घोषणा गरिनन् ।
\\

 उनीसंगै नेपाली काँग्रेसमा सभापतिको आकांक्षीहरु चार जना देखिएका छन । संस्थापन पक्षबाट बर्तमान उपसभापति रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पनि आजै उम्मेदरवारी घोषणा गर्ने तयारीमा छन् भने शेरबहादुर देउवापक्षले प्यालनसहित भोलि उम्मेद्वारी घोषणा गर्नेछ ।

0 comments

Write Down Your Responses