के गोलभेँडाले मृगौलाको पत्थरी गराउँछ ? यथार्थ यस्तो छ
कतिपय खानेकुराहरुको बारेमा हामीहरुमा एक प्रकारको मान्यता अर्थात् मिथक हुन्छ । त्यस्तो मान्यता भलै गलत नै किन नहोस् तर मानिसहरुले त्यसलाई सही भनेर स्विकारी रहेकै हुन्छन् र सोही बमोजिम गर्दछन् । यस्तै एउटा मान्यता गोलभेँडाको विषयमा पनि छ ।
गोलभेँडा खानाले मृगौलाको पत्थरी हुन्छ भन्ने मान्यताका कारण कतिपयले त गोलभेँडा नै खान छाडेको हामीले देखेका छौँ । के यो साँचो हो त ? गोलभेँडाले मृगौलाको पत्थरी बनाउँछ त ?
वास्तवमा अक्जालेट तत्वयुक्त खाद्य पदार्थको सेवनले मृगौलामा पत्थरीको सम्भावना हुन्छ ।
गोलभेँडामा पनि अक्जालेट तत्व हुन्छ । तर यो गोलभेँडामा अक्जालेट तत्व मृगौलामा पत्थरी गराउने हानिकारक मात्रामा हुँदैन । जसका कारण गोलभेँडाकेा सेवनले मृगौलाको पत्थरीको खतरा रहँदैन ।
तर यदि ठूलो परिमाणमा नियमित रुपमा गोलभेँडा खानाले भने अक्जालेट तत्वको अधिक आपूर्ति हुने र मृगौलामा पत्थरीको जोखिम बढ्ने गर्छ, स्वभाविक रुपमा ।
तर सन्तुलित मात्रामा वा ठिक्क मात्रामा गोलभेँडामा खानाले मृगौलाको पत्थरी हुने सम्भावना रहँदैन ।
विज्ञहरुका अनुसार चिया, कफी, पालुंगो तथा विभिन्न सफ्ट डि्रंक्सहरुमा अक्जालेट तत्व अधिक मात्रामा पाइने भएकाले त्यस्ता पदार्थ बढि खानाले मृगौलामा पत्थरीको खतरा बढ्दछ ।
धेरै धेरै नूनयुक्त अचारको सेवन बढि गर्नु पनि मृगौलाको पत्थरीको कारण बन्न सक्दछ ।

0 comments
Write Down Your Responses