अन्तर्राष्ट्रिय फुटबलबाट मेस्सीको सन्यास
१३ असार, काठमाडौं । \
‘मेरा लागि राष्ट्रिय टोलीको यात्रा सकियो, मैले जति सकेँ सबै गरेँ, तर च्याम्पियन बन्न नसकेकोमा निक्कै दुःख लाग्दोरहेछ’
अर्जेन्टिनाको टोलीबाट चौथो पटक र कप्तानको रुपमा तेस्रो पटक ठूला प्रतियोगिताको फाइनलमा पराजित भएपछि सुपरस्टार लियोनल मेस्सीले भावुक हुँदै दिएको अभिव्यक्ति हो यो ।
सोमबार बिहान अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ रंगशालामा भएको कोपा अमेरिका फाइनलमा गत बर्षकै संस्करणको नतिजा दोहोरिँदा सबैभन्दा निराश मेस्सीनै भए र हारको पीडाबाट विक्षिप्त बनेर सन्यासको घोषणा गरे ।
फिफा बरियातामा शीर्ष स्थानको अर्जेन्टिनाले चिलीसँग लगातार दोस्रो पटक फाइनलमा पराजित हुनुमात्र होइन, मेस्सीको युग सुरु भएपछि सन् २००७ मा ब्राजिलसँग फाइनलमा ३-० ले पराजित हुनु, २०११ मा घरमै भएको प्रतियोगितामा उपाधि जित्न नसक्नु र ब्राजिल विश्वकपको फाइनलमा जर्मनीसँग पराजित हुनु राष्ट्रिय टोलीबाट मेस्सीका सफलता/असफलता हुन् ।
यसै संस्करणको कोपा अमेरिकाको सेमिफाइनलमा अमेरिकाबिरुद्ध गोल गर्दै अर्जेन्टिनी राष्ट्रिय टोलीबाट अहिलेसम्मकै सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान राखेका मेस्सीले राष्ट्रिय टोलीबाट ११३ क्याप जितेका छन् । उनको अन्तर्राष्ट्रिय गोलसङ्ख्या ५५ छ ।
यसअघि ग्याब्रियल बाटिस्टुटाको नाममा ५४ गोलको कीर्तिमान थियो ।
सन् २००५ मा १८ बर्षको उमेरमै हंगेरीबिरुद्ध अन्तर्राष्ट्रिय डेब्यु गरेका मेस्सीले सन् २००६ को विश्वकपमा आफ्नो क्षमता केहि प्रदर्शन गर्ने मौका पाए । त्यसयता उनी निरन्तर अर्जेन्टिनाको राष्ट्रिय टोलीका सदस्य छन् ।

0 comments
Write Down Your Responses