जानीराखे राम्राे : यसरी बढाउन सकिन्छ यौन आनन्द

जर्मनीमा २ हजार ८ सय १४ जना वयस्क, जसको उमेर २५ देखि ४१ वर्षका मानिसहरुमा गरिएको अध्ययनको नतिजा अनुसार विवाह गरेको पहिलो वर्ष निकै उत्साहजनक भएको र दोस्रो वर्षपछि विस्तारै यौन आनन्दको अनुभूतिमा कमी आएको देखिएको थियो,

 तर यो अध्ययनको धेरै सीमितता भएको हुँदा हरेक जोडीमा यस्तै कुरा लागू हुन्छ भन्नेचाहिँ होइन । विशेष गरेर विवाह गरेको पहिलो वर्ष दुवै जनाले एक–अर्काको शरीरलाई बुझ्दै यौन सन्तुष्टि लिने र दिनेमा निकै मेहनत गरेको हुन्छ, त्यसैले पनि सुरुका वर्षहरूमा यौन आनन्द स्वभाविक रूपमा हुन्छ र समय बित्दै जाने क्रममा यौन सन्तुष्टि हुने नयाँ तरिकाको खोजी नगर्ने हो भने विस्तारै यौन सन्तुष्टिमा कमी आउँछ ।

यौन आनन्द पहिलो वर्षमा जस्तै कायम राख्न दुवै पार्टनरले एक–अर्कालाई रमाइलो र खुसी महसुस गराउने उपायको खोजी निरन्तर रूपमा गरी रहनुपर्ने हुन्छ र त्यसलाई आफ्नो व्यवहारमा पनि उतार्नु आवश्यक छ । यौन चाहना एउटा प्राकृतिक विषय हो । यसलाई सिकाइरहनुपर्ने आवश्यकता हुँदैन तर यसभित्रको चरम रमाइलोपन र सन्तुष्टि प्राप्त गर्न भने केही सीप सिक्नु आवश्यक छ । 

 जोडीमा अन्य केही समस्या छैन भने पनि कहिलेकाहीँ यौनका सम्बन्धमा वा भनौं दुवैको शरीरलाई राम्रोसँग बुझ्न नसकिएको अवस्थामा ठूलो समस्या नै भएका धेरै उदाहरण छन् । माथि भनिएजस्तै यौन चाहना प्राकृतिक कुरा मात्र नभै यो नितान्त मनोवैज्ञानिक विषय पनि हो ।

 हाम्रो समाजमा धेरै मानिस विभिन्न बाध्यता आशा, प्रभाव, भ्रमपूर्ण प्रेम, खानदान कथित सामाजिक प्रतिष्ठा आदिलाई ध्यान दिन्छन् र तत्काल विवाह गरी हाल्छन् । एकअर्कालाई राम्रोसँग बुझ्ने प्रयास नगरी गरिएका यस्ता विवाह पछिसम्म पनि पारिवारिक असन्तुष्टि र कलहका स्रोत बन्न सक्छन् । त्यसैले विशेष गरेर एक–अर्काप्रति हरेक व्यवहारमा सम्मान हुनुपर्छ । 

समय अनुसार शरीरमा आएको फरकपनलाई स्वीकार गर्दै प्रशंसा गर्नु अर्को महत्वपूर्ण पाटो हो । दुई जनाबीच यौनचाहनालाई लिएर भावना साटासाट वा भावना सञ्चार गर्नुपर्ने हुन्छ । त्यसैले आफू आकर्षक बन्ने, परिवेश यौनमय बनाउने, हँसीमजाक गर्ने, यौनांगहरूलाई उत्तेजित मुडमा सुमसुम्याउने, गुणस्तरीय लुब्रिकेन्टस प्रयोग गर्ने, एक–अर्काको शरीर र भावनालाई बुझ्न प्रयास गर्ने कामहरू गर्नु आवश्यक हुन्छ ।

आफ्नो पार्टनरलाई आफ्नो शरीर र उसको शरीर पनि दिनमा एकपटक नजिकबाट नियाल्न लगाउनु राम्रो उपाय हुन सक्छ । निरन्तर रूपमा यौन सन्तुष्टि हुँदा सम्बन्ध अझ बलियो, तनावमुक्त हुने र अन्य सामाजिक समस्यामा समेत एकअर्काको बलियो साथ प्राप्त हुने हुन्छ ।

0 comments

Write Down Your Responses