असार २७
पेरिस — आयोजक फ्रान्सलाई पराजित गर्दै पोर्चुगलले पराजित गर्दै पोर्चुगल पहिलो पटक युरोपियन च्याम्पियन बनेको छ । पोर्चुगलले कुनै पनि मुख्य प्रतियोगिताको उपाधि जितेको पनि यो पहिलो अवसर हो ।
निर्धारित खेल गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयको खेलमा एडेरले १०९ औं मिनेटमा गोल गर्दै पोर्चुगललाई उपाधि दिलाए ।
सन् २००४ को फाइनलमा आफ्नै घरेलु मैदानमा ग्रिससँग स्तब्ध बनेको पोर्चुगलले त्यसको बदला फ्रान्ससँग उसैको मैदानमा लिएको छ । आयोजकको रुपमा यो उपाधि जित्ने फ्रान्स पछिल्लो टोली हो ।
फ्रान्सविरुद्ध पोर्चुगलको इतिहास पनि त्यति राम्रो थिएन ।
पछिल्ला ४१ वर्षसम्म पोर्चुगलले फ्रान्सलाई हराउन सकेको थिएन भने पछिल्ला १० खेलमा पोर्चुगल पराजित हुँदै आएको थियो । सन् १९७५ को मार्चमा पोर्चुगल पछिल्लो पटक विजयी बनेको थियो ।
फाइनलमा पोर्चुगलको शुरुवात भने राम्रो भएन । खेलको शुरुवातदेखि नै फ्रान्सले पोर्चुगलमाथि दबाब राखेको थियो ।
खेलको आठौं मिनेटमा डिमिट्री पायेटले फल हानेपछि स्टार खेलाडी रोनाल्डो घाइते भए । खेलको २४ औं मिनेटमा उनी खेल छाड्न बाध्य बने । पहिलो हाफमा फ्रान्सले पोर्चुगलमाथि पूरै दबाब राखेको थियो । तर, पाएको अवसरको भने सदुपयोग गर्न सकिरहेको थिएन । खेलको दोस्रो हाफमा भने पोर्चुगलले सुधारिएको खेल प्रदर्शन गर्यो ।
रोनाल्डो बिना पनि बेलाबेला फ्रान्समाथि दबाब बनाइराख्यो । उता, फ्रान्सले भने एक पछि अर्को मौका गुमाइरहेको थियो । फर्ममा रहेका प्रतियोगिताका सर्वाधिक गोलकर्ता एन्टोनी ग्रिजमानले दुई सुन्दर अवसर गुमाए भने ओलिभर जिरुको प्रहारलाई गोलकिपर रुई प्याट्रिसियोले जोगाए । प्याट्रिसियोले फ्रान्सको धेरै प्रयास विफल बनाएका थिए ।
त्यस्तै पोर्चुगलको नानीको प्रहार पनि ह्युगो लोरिसले उत्कृष्ट बचाऊ गरे । खेलको इन्जुरी समयमा आन्द्र्रे पिएरे जिजानिकको प्रहार पोस्टमा लागेको थियो ।
भाग्यमानी पोर्चुगल फर्नान्डो सान्तोषको टोलीले ७ खेलमा छैटौंपटक निर्धारित समयमा बराबरी गरेर पनि प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।
समूह चरणका तिनै खेल बराबरी गरेर तेस्रो हुँदै नकआउट चरणमा प्रवेश गरेको पोर्चुगलले अन्तिम १६ मो क्रोएसियालाई अतिरिक्त समयमा हराएको थियो । त्यस्तै, क्वाटरफाइनलमा पोल्याण्डलाई ट्राइब्रेकरमा हराएको थियो । पोर्चुगलले निर्धारित समयमा जितेको एक मात्र खेल भनेको सेमिफाइनलमा वेल्सबिरुद्ध थियो ।
काठमाडौं ।
एन्टोइन ग्रिजम्यान चम्किएपछि विश्वबिजेता जर्मनीलाई हराउँदै आयोजक फ्रान्स जारी युरोकप फुटबलको फाइनलमा प्रबेश गरेको छ ।
मार्सेलीमा भएको खेलमा जर्मनीलाई २-० गोलले पराजित गर्दै घरेलु टोली फ्रान्सले आइतबार पोर्चुगलसँगको उपाधि भीडण्त पक्का गरेको हो ।
फ्रान्सका लागि दुवै गोल एथ्लेटिको मडि्रडका सुपरस्टार एन्टाेइन ग्रिजम्यानले गरेका थिए ।
पहिलो हाफको अन्तिम मिनेटमा पाएको पेनाल्टी अवसरलाई ग्रिजम्यानले गोलमा परिणत गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।
जर्मन क्याप्टेन बास्टियन स्वाइन्सटाइगरले डिबक्सभित्र हृयाण्ड गरेपछि रेफ्रीले फ्रान्सलाई पेनाल्टीको अवसर दिएका थिए ।
त्यसअघि जर्मनले फ्रान्सलाई निक्कै दवावमा राखेको थियो । मुख्य खेलाडी मारियो गोमेज, सामी खेडिरा तथा स्टार डिफेण्डर म्याट हृयूमल्सबिना मैदानमा उत्रिएको जर्मनीले पहिलो हाफमा घरेलु टोलीलाई दवावमा राखेको थियो ।
पहिलो हाफमा जर्मनीका ४ प्रहार फ्रान्सेली गोलकिपर तथा क्याप्टेन हृयुगो लोरिसले बिफल पारेका थिए ।
दोस्रो हाफमा पनि जमर्नीका स्ट्राइकरले गोलका केहि अवसर खेर फालेका थिए । खेलमा अधिकांश समय बल आफ्नो नियन्त्रणमा लिएको जर्मनीले गोल गर्न सकेन । आजको खेलमा मारियो गोमेजको अभाव जर्मनीलाई खड्किएको थियो ।
भेलड्रोम रंगशालामा ५१ हजारभन्दा बढी घरेलु समर्थकमाझ फ्रान्सेली टोलीले जर्मनीलाई हराउँदै ब्राजिल विश्वकपको क्वाटरफाइनलमा ब्यहोरेको १-० को हारको बदलासमेत लिएको छ ।यता फ्रान्सेली सुपरस्टार एन्टोइन ग्रिजम्यानले जारी प्रतियोगितामा आफ्नो गोलसङ्ख्या ६ पुर्याएका छन् । उनी प्रतियोगितामा सर्बाधिक गोलकर्ताको सूचीमा पहिलो नम्बरमा छन् ।
साथै उनी सन् १९८४ को युरोपछि ठूला प्रतियोगितामा धेरै गोल गर्ने पहिलो फ्रान्सेली खेलाडी पनि बनेका छन् ।
फ्रान्स र पोर्चुगलबीचको फाइनल खेल आगामी आइतबार राति पौने १ बजे फ्रान्सको राष्ट्रिय रंगशालामा हुनेछ । पोर्चुगल यसअघि वेल्सलाई हराउँदै प्रतियोगितको फाइनलमा पुुगिसकेको छ ।
२०७३ असार २४ गते
अर्जेन्टिनाले ३० वर्षदेखि विश्वकप र २३ वर्षदेखि कोपा जितेको छैन
अन्तर्राष्ट्रिय फुटबलमा कहलिएको नाम हो - लियोनल मेसी र उनको देश अर्जेन्टिना। कुनै देश वा कुनै खेलाडीका संसारभर धेरै फ्यान छन् भने त्यो देशमा अर्जेन्टिना र खेलाडीमा मेसीलाई छुटाउन मिल्दैन। मेसीका यति धेरै फ्यान विश्वभर छन् कि उनी समकालीन अन्तर्राष्ट्रिय फुटबलका नायक नै हुन्।
त्यस्तै संसारभर करोडौ फुटबल फ्यानको मुटुको धड्कन हो अर्जेन्टिना।
विश्वकै धेरै फ्यान भएका खेलाडीको सूचीको दोस्रो नम्बरमा रहेका छन् मेसी। उनीभन्दा अघि विश्व फुटबलमा पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो मात्रै छन्।
पाँच पटकका फिफा बेलोन डिअरका विजेता मेसीले अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाबाट राम्रो नखेलेका पनि होइनन्।
तर उनी र उनको देश जहिले पनि अभागी सावित हुँदै आएको छ पछिल्ला वर्षहरुमा। अर्जेन्टिनाले सन् १९९३ यता कोपा अमेरिका फुटबलको उपाधि जित्न सकेको छैन भने विश्वकप १९८६ यता जितेको छैन।
मेसीकै कप्तानीमा खेलेका तीनवटा फाइनलमा चुकेको अर्जेन्टिना १९९२ यता उपाधिविहीन नै छ, उपाधिको खडेरी नै लागेको छ।
सन् २००५ मा १८ वर्षको उमेरमा हंगेरीविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका मेसीले ठूला प्रतियोगितामा उपाधिबिहीन भएर अन्तर्राष्ट्रिय खेलमा बिट मारे। पछिल्लो तीन वर्षमा मेसीकै कप्तानीमा तीन ठूला प्रतियोगिताको फाइनलमा पुग्यो अर्जेन्टिना तर सबैमा उपाधिबिहीन भयो।
सन् २०१४ मा विश्वकप फुटबलको फाइनल पुग्यो तर जर्मनीसँग पराजित हुँदै उपविजेतामै सीमित भयो। विश्वकपमा उपाधिविहीन फर्किए पनि कोपा अमेरिकाको उपाधि जितेर विश्वकपमा लागेको घाउमा मल्हम लगाउने धुनमा रहेको अर्जेन्टिना फेरि २०१५ मा भएको कोपा अमेरिकाको फाइनलमा चुक्यो।
आयोजक चिलीले पेनाल्टी सुटआउटमा मेसीको टोलीलाई पराजित गर्यो।
लगातार दोस्रो पटक मेसीकै कप्तानीमा कोपा अमेरिकाको फाइनल पुगेको अर्जेन्टिना फेरि २०१६ मा अभागी सावित भयो। अर्जेन्टिना समूह चरण र बाँकी खेलमा सानतार जित हात पार्दै फाइनल पुगेको टोली हो, तर फाइनलमा फेरि तेस्रो पटक चुक्यो त्यो पनि मेसीकै कप्तानीमा, त्यो पनि चिलीसँगै हार्यो।\
बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्ने मेसीले राष्ट्रिय टोलीमा सन् २००५ मा डेब्यु गरे यता सन् २००८ मा ओलम्पिकमा स्वर्ण र २१ वर्ष मूनिको विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाको जर्सीमा हासिल गरेको उपलब्धि हो।
अभागी अर्जेन्टिना, उस्तै मेसी
सन् १९८६ को विश्वकपको सेमिफाइनलमा इंल्याण्डविरुद्धको खेलमा डियगो म्यारोडोनाले हातले गोल गर्दै अर्जेन्टिनालाई फाइनल पुर्याएका थिए। त्यो फाइनलमा जर्मनीलाई पराजित गर्दै अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जित्यो। सायद गेरी लिनेकरको इंग्ल्याण्डलाई हातले हानेको गोलको श्राप लाग्यो, अर्जेन्टिनाले त्यसपछि विश्वकम जितेको छैन।
सन् १९८६ को विश्वकपमा इंल्याण्डविरुद्धको खेलमा म्यारोडोनाले हातले गोल गरेपछि उनले त्यो गोललाई आफैंले ‘ह्यान्ड अफ गड’ अर्थात भगवानको हातको संज्ञा दिएका थिए।
म्यारोडोनाकै गोलमा विश्वकप जितेपछि फेरि फुटबलमा अर्जेन्टिनाको नयाँ युग सुरु भएको भनियो। तर लियोनल मेसीको युगसम्म आउँदा अर्जेन्टिना उपाधिविहीन भयो, फाइनलमा पुगेर पनि सधै उपाधिबिहीन हुने अभागी टोली सावित भयो र टोलीमा रहेका स्टार खेलाडी अभागी नै ठहरिए।
कतियपले म्यारोडोनाले हातले गरेको गोलपछि त्यसयता अर्जेन्टिनालाई भाग्यले पनि ठगेको टिप्पणी बेलाबेलामा गर्ने गरेको पाइन्छ।
मेसी अर्जेन्टिनी राष्ट्रिय टिममा उदाएसँगै उनकै महत्वपूर्ण योगदानमा अर्जेन्टिना पाँच पटक फाइनल पुग्यो तर चारपटक हार्यो अर्थात उपाधिविहीन भयो।
मेसीले क्लबमा खेलेजस्तै खेल मुलुकका लागि खेल्दैनन् भन्नु एउटा महान खेलाडी माथि अन्याय हुन्छ। तर यो पनि सत्य हो, मेसीले जसरी आफ्नो क्लबलाई जित दिलाउने गरेका छन्, आफ्नो देशको देशको सन्दर्भमा त्यतिकै अभाग्यशाली ठहरिएका छन्।
मेसी स्वयम्ले क्लबमा राखेको कीर्तिमानी जस्तै अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाका लागि पनि राखेका छन्। मेसी अर्जेन्टिनाका लागि टप स्कोरर हुन् उनले खेलेका ११२ खेलमा ५५ अन्तर्राष्ट्रिय गोल गरेर आफ्नो क्षमता देखाइसकेका छन्।
तर, फाइनल पुगेर उनको भाग्य रित्तिन्छ सायद - मुख्य उपाधि उचाल्न चुक्छन्, अर्जेन्टिना र मेसी।
क्लब फुटबलमा भाग्यमानी ठहरिने मेसी अर्जेन्टिनाको जर्सीमा भने सधै अभागी ठहरिए, सायद उनलाई पनि यही लाग्दो हो जसका कारण अन्तर्राष्ट्रिय फुटबलबाट विदाई लिने घोषणा उनले गरे, अब मेसी अर्जेन्टिनाका लागि खेल्ने छैनन्।
उनी नहुँदा अर्जेन्टिनाको भाग्य फर्किन्छ, फर्किन्न हेर्न कुर्नैपर्छ।
२०७२ मंसिर २४ गते
एक २७ वर्षे युवाले झण्डै ६० मिटर अग्लो चट्टानी भिरबाट हाम फालेर विश्वकिर्तिमान कायम गरेका छन् । ब्राजिली मुलका स्विस नागरिक लाजारो लासो स्कलरले विश्वमा सबैभन्दा अग्लो भिरबाट हाम फालेर गिनिज बुकमा नाम लेखाएका हुन् ।
स्विजरल्याण्डको टिसिनोस्थित ५८ दशमलब ८ मिटर अग्लो झरनायुक्त छाँगोबाट लासोले गत अगष्टमा सफलतापूर्वक हाम फालेका थिए । यो उचाइ इटालीको पिसाको धरहरा भन्दा अग्लो तथा झण्डै १७ तले घरजत्तिकै अग्लो हो ।
आफ्ना साथीहरुको सहयोगमा महिनौँसम्मको अभ्यासपछि लासोले सुरक्षित रुपमा आफ्नो किर्तिमानी छलाङ सफल पारेका हुन् । यद्यपि त्यसरी भिरबाट तल पानीको दहमा हाम फाल्ने क्रममा बजारिएर उनको हिप तथा खुट्टामा सामान्य चोट लागेको छ ।
यो सँगै उनले आफ्नै देशका ओलिभिएर फ्याव्रेले सन् १९८७ मा राखेको किर्तिमान भंग गरेका छन् । ओलिभिएर भन्दा लासोले ५ मिटर अग्लो भिरबाट छलाङ मारेका हुन् ।
भक्तपुर, २० कात्तिक
बेलायतका फुटबल खेलाडी डेबिट बेकह्यामले आज यहाँको एक विद्यालयका भूकम्पपीडित विद्यार्थीसँग फुटबल खेल्नुभएको छ ।
उहाँले पाँचतले मन्दिर परिसरमा र दरबार स्क्वायरमा रहेको पद्म उमाविका कक्षा ८, ९ र १० का छात्र तथा छात्रासँग करिब १० मिनेट नीलो र रातो टोली बनाएर टौमढी स्वायरमा फुटबल खेल्नुभएको हो ।
उहाँले एसियाली मुलुकको नेपाल छानेको र त्यसमा पनि भक्तपुरको ऐतिहासिक स्कुलका पीडित विद्यार्थीसँग फुटबल खेलेकामा गर्व लागेको स्कुलका प्राचार्य राम हाडाले बताउनुभयो ।
बेकह्यामले स्कुलमा गएर भूकम्पीय क्षतिबारे जानकारी लिनाका साथै भूकम्पपीडित विद्यार्थीसँग कुरा पनि गर्नुभयो ।
बिबिसीको संयोजनमा युनिसेफका सद्भावनादूत समेत रहनुभएका बेकह्याम भूकम्पपछिको अवस्थाबारे बुझ्न र बिबिसीको युनिसेफले निर्माण गर्न लागेको वृत्तचित्र छायाङ्कनका लागि नेपाल आउनुभएको हो ।
बेकह्याम आज बिहान त्रिभुवन विमानस्थल उत्रिएर सिधै भक्तपुर आउनुभएको थियो ।
बेकह्याम विमानस्थलबाट भक्तपुरको सल्लाघारीसम्म माइक्रोबस र सल्लाघारीबाट सफा टेम्पो चढेर दरबार स्क्वायर आउनुभएको थियो । उहाँलाई हेर्न सर्वसाधारणको निकै घुइँचो लागेको थियो ।
कार्तिक २१-२०७२
काठमाडौँ : मलेसियामा जारी आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले आयरल्यान्डमाथि ८ विकेटको शानदार जित दर्ता गराएको छ । मलेसियाको क्वालालम्पुरस्थित किनररा एकेडेमी ओभल खेल मैदानमा बुधबार आयरल्यान्डले पुरै ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा दिएको १८५ रनको लक्ष्य नेपाली टिमले ४२.५ ओभरमै भेट्टाउन सफल भयो ।
आयरल्यान्डले दिएको गतिलो लक्ष्य पछ्याएको नेपालले ४८ बल बाँकी रहेको अवस्थामा २ विकेट गुमाउँदै १९० रन बनाएपछि ८ विकेटको सानदार जित दर्ता गर्न सफल भएको हो । नेपालको विजययात्रा जारी राख्ने क्रममा आयरल्यान्डविरुद्द्ध सन्दिप सुनार र सुनिल धमलाले विस्फोटक पारी खेले । ओपनर सुनिल धमलाले १२१ बलको सामाना गर्दै ७५ रन बनाउन सफल भए। उनीसँगै क्रिजमा जमेका सन्दिप सुनारले ११९ बलको सामना गर्दै नेपालका लागि सर्वाधिक ८५ रनको स्कोर गर्न सफल भए।
ओपनरहरु जम्न सफल भएपछि नेपाली किशोरहरुले आयरल्यान्डको गतिलो लक्ष्य पनि पार गर्न सफल भए । नेपालका लागि नटआउट रहेका राजु रिजालले १६ र योगेन्द्रसिंह कार्कीले ४ रन जोड्न भ्याए । आयरल्यान्डका लागि रोरी एन्डर्सले एक विकेट लिन सफल भए । यसअघि पहिले ब्याटिङ गरेको आयरल्यान्डका लागि एरोन जिलेस्पीले आयरल्यान्डका लागि नटआउट रहँदै ९१ बलमा सर्वाधिक ५८ रन जोडे । त्यसैगरी ज्याक टेक्टरले ५३ बलमा ४६ रन बनाउन सके । टोम स्टन्टनले ३०, ग्यारी म्याकक्लिन्टकले २७ र एन्ड्रयु अस्टिनले १३ रन जोड्न सफल भए ।
नेपालका लागि प्रेम तामाङले सर्वाधिक ४ विकेट लिए । त्यसैगरी ललित राजवंशीले २ विकेट र सुशील कँडेलले एक विकेट लिए । यसअघि सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गर्न सफल भएको थियो । आजको खेलमा आयरल्यान्डलार्इ पराजित गरेपछि नेपालले ८ अङ्क जोडेको छ । नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई ९ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा युगान्डामाथि १७१ रनको फराकिलो जित निकालेको थियो ।
असोज: अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले अर्को सफलता हात पारेका छन् । एसएसपी सर्वेन्द्र खनाल नेतृत्वको टोलीले यतिबेला नेपाली राष्ट्रिय फुटबल टोलीका चर्चित खेलाडीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापासहित पाँच खेलाडी छन् । जसमा विकास क्षेत्री, सन्दीप राई, रितेश थापा र अन्जन क्षेत्री रहेका छन् ।
पक्राउ परेका खेलाडीमध्ये सागर र सन्दिप थ्रिस्टारका खेलाडी पनि हुन् । रितेश थापा नेपाल प्रहरीका खेलाडी हुन् । अञ्जन र विकाससिंह थ्रीस्टारका पूर्वखेलाडी हुन् । केही समय अगाडिसम्म अञ्जन थ्रीस्टारका प्रशिक्षक थिए । एसएसपी खनालका अनुसार म्याच फिक्सिङ गरेको गोप्य सुचनाको आधारमा उनीहरुमाथी अनुसन्धान भइरहेको थियो । अनुसन्धानको घेरामा परेका उनीहरुलाई आज दिउँसो पक्राउ गरिएको एसएसपी खनालले बताउनुभयो ।
खेलाडीहरु म्याच पिक्सिङको आरोपमा पक्राउ परेपछि प्रतिक्रिया दिँदै एसएसपी खनालले यो कार्य प्रहरीको लागि ऐतिहासिक सफलता भएको बताउनुभयो ।
विगतदेखि नै म्याच पिक्सिङको भएको चर्चा भएपनि त्यसमा अनुसन्धान नभएको तर आफ्नो नेतृत्वमा यो काम सफल भएको उहाँले बताउनुभयो । उहाँले देशको पहिचान विश्वसामु पुर्याउने खेल क्षेत्रलाई बदनाम गराउनु ठुलो अपराध भएको बताउँदै यस्तो कार्यले सिंगो नेपालीको स्वाभिमान उच्च हुनबाट रोकेको बताउनुभयो ।
यो एउटा संगठित अपराध भएको भन्दै एसएसपी खनालले यस विषयमा थप अनुसन्धान भइरहेको बताउनुभयो । सागर २००९ देखि नेपाली टिमका कप्तान छन्। एसएपी खनालका अनुसार सन् २००९ देखि २०१४ सम्मका राष्ट्रिय तथा अन्तराष्ट्रय खेलमा म्याच फिक्सिङ गरिएको हुन सक्छ । “अहिलेसम्मको अनुसन्धानबाट बंगलादेश, मलेसिया र अफगानिस्तान आदिसँगको खेलमा म्याच फिक्सिङ भएको देखियो”– एसएसपी खनालले भने– “हामी थप सोधपूछ गरिरहेका छौँ ।
”
एसएसपी खनाल अपराध महाशाखमा आएपछि शान्ति सुरक्षाको स्थिति मजबुत भएको सर्वसाधारणहरुको भनाई छ । खनालकै नेतृत्वमा खटिएको टोलीले गुण्डा नाइके घैँटेलाई पक्राउ गर्न खोज्दा इन्काउन्टरमा मारिएका थिए । लामो समयदेखि राजनीतिक संरक्षण पाएका उनी प्रहरी मुडभेडमा मारिएका थिए ।
त्यस्तै काठमाडौँमा अवैध रुपले सञ्चालित कन्सलटेन्सी र मनि ट्रान्सफरमा अवैध हुन्डी सञ्चालन गर्ने संस्थाहरुमा छापा मारिएको थियो । सो काम पनि एसएसपी खनालकै नेतृत्वमा भएको थियो । पछिल्लो समय अपराधीक गतिविधि नियन्त्रणमा सक्रिय खनाल सर्वत्र चर्चाको पात्र बनेका छन् । स्रोत :डिसी नेपाल
धरान, फाल्गुन २३ - एन्फा टेक्निकल सेन्टरको मैदानमा फुटबलप्रेमी दर्शकहरूका माझ मनाङ-मस्र्याङ्दी र सशस्त्र प्रहरी बलको एपीएफबीच अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा रेडबुल गोल्डकपको १७ औं उपाधिका लागि 'कि गर कि मर' को अवस्थामा भिडन्त हुने भएको छ ।
बूढासुब्बा गोल्डकपको तीन पटकको उपाधि विजेतासमेत रहेको मनाङले यो सिजनमा कुनै पनि उपाधि हात नपारेको र बूढासुब्बा गोल्डकप यो सिजनको अन्तिम प्रतियोगिता भएकाले उपाधि जित्नैपर्ने दबाबमा खेल्नेछ । बूढासुब्बा रेडबुल गोल्डकपलाई उसले गत महिना सम्पन्न सिमरा गोल्डकपमा एपीएफसँग पराजयको बदला लिने सुनौलो अवसरका रूपमा लिएकाले जितसँगै उपाधि हात पार्ने लक्ष्य बनाएको छ ।
सिमरामा २-१ ले पि्रक्वाटरफाइनलमा एपीएफसँग पराजित मनाङले धरानमा जसरी पनि जित्ने उपायको खोजी गरिरहेको छ । मनाङका प्रशिक्षक राजुकाजी शाक्यले भने, 'यो सिजनभरि उपाधिविहीन भएकाले बूढासुब्बा गोल्डकप हात पार्न हामी दबाबमा खेलिरहेका छौं ।' झापाको जिल्ला लिग च्याम्पियन मुनाल क्लबलाई २-० र त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराएर फाइनलमा पुगेको मनाङका लागि एपीएफलाई जितेर उपाधि हात पार्न गाह्रो हुनेछ ।
मनाङसँग नियमित खेलाडीहरू स्ट्राइकर अनिल गुरुङ, निराजन मल्ल, डिफेन्स विराज महर्जन, सेन्टर
फरवार्ड शिव श्रेष्ठ र विशाल राई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेकाले उपाधिका लागि एपीएफलाई हराउन बढी नै मिहिनेत गर्नुपर्ने अवस्था छ । तर अनिल, विराज र विशाल मात्र विश्पकप छनोटका लागि शनिबार गुवाहाटी जाँदैछन् । प्रशिक्षक शाक्यले भने, 'एपीएफलाई जित्न सजिलो छ । किनकि उनीहरूसँग सेट टिम छ । हामीसँग नियमित खेलाडीको अभावले केही नयाँ र विदेशी खेलाडी समावेश छन् । जसले गर्दा छोटो समयमा टिम सेट मिलाउन सकिएको छैन । यद्यपि, चौथो पटक पनि उपाधि उचाल्न लालायित भएर आत्मविश्वास र इच्छाशक्तिसहितको ट्याक्टिस लिएर मैदानमा उत्रनेछौं ।'
बूढासुब्बा गोल्डकपमा पहिलो पटक फाइनलमा पुगेको एपीएफ निकै उत्साहित देखिएको छ । सिमरा गोल्डकपमा फुल सेटमा उत्रेको मनाङविरुद्ध जित हात पारेको अवस्था र अहिलेको उसको अवस्था फरक रहेकाले उपाधि आफ्नै पोल्टामा पर्ने विश्वास एपीएफले राखेको छ । अहिले मनाङसँग फुल सेट छैन ।
एपीएफका प्रशिक्षक कृष्ण थापाले भने, 'यद्यपि मनाङसँग अझै पनि हाइप्रोफाइलका खेलाडी छन् । विदेशी खेलाडीहरू पनि उत्तिकै राम्रा छन् । यसर्थ खेल प्रतिस्पर्धात्मक हुनेछ ।' यो सिजनमा एपीएफले बुटवलमा आर्मीलाई २-१ ले हराउँदै विश्व स्मृति गोल्डकपको उपाधि हात पारेको थियो ।
एपीएफका हेमन्त गुरुङ, आदित्य चौधरी र अञ्जन विष्ट बन्द प्रशिक्षणमा रहेकाले आफ्नो टिमले पनि जित हात पार्न संघर्ष गर्नुपर्ने बताए । एपीएफका आदित्य भने राष्ट्रिय टिममा परेका छैनन् ।
थापाले भने, 'मनाङसँग हाम्रो ५०/५० को खेल हुन सक्छ । हामीसँग गणेश लावती र राजेन्द्र रावल अनुभवी स्ट्राइकर छन् । अरू खेलाडी सबै एउटै स्तरका भएकाले टिम स्पि्रट मिलेको छ । जसले गर्दा उपाधि हाम्रो पोल्टामा पर्नेछ ।' सिक्किमको सिनाल्चु क्लबलाई ४-१ र आयोजक धरान फुटबल क्लबलाई ३-० ले हराएर बलियो टिम सावित भएको एपीएफले मनाङविरुद्ध सुरुदेखि नै गोल गर्ने दाउ खोज्नेछ ।
उपाधि जित्ने टिमले ३ लाख ६० हजार रुपैयाँसहित ट्रफी पाउनेछ । उपविजेताले १ लाख ७५ हजार रुपैयाँमा चित्त बुझाउनेछ ।