जनकपुरमा गोली लागेर तीन आन्दोलनकारीको मृत्यु, दंगा क्षेत्र घोषणा -
जनकपुर – जनकपुरको मिल्स एरियामा आन्दोलनकारी र प्रहरीबीच झडपका क्रममा प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ ।
जनकपुरमा स्थानीय प्रशासनले कफ्र्यु लगाएपनि त्यसको अवज्ञा गर्दै आन्दोलनकारीले प्रदर्शन गर्दा भएको झडपमा सो घटना भएको हो ।
मृत्यु हुनेमा १८ वर्षीय निकुकुमार यादव, दिलिप यादव र सञ्जय चौधरी रहेका छन् ।
नियुको यादवको घटनास्थलमा र सञ्जय चौधरीको जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको हो । घटनामा कम्तीमा दुई दर्जन आन्दोलनकारी घाइते भएकोमा ५ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा घोषित कार्यक्रम ‘जनकपुर जाऔँ, जनकपुर भराँं’ मा सहभागी हुन गएका आन्दोलनकारीले स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञा तोडेपछि प्रहरीले गोली चलाएको हो ।
जनकपुर क्षेत्रको विभिन्न भागमा प्रदर्शन जारी रहेको र स्थिति तनावग्रस्त छ ।
स्थानीय प्रशासनले साँझ ५ बजेदेखि जनकपुरलाई दंगा क्षेत्र घोषणा घोषणा गरेको छ ।
0 comments
Write Down Your Responses