आन्दोलनमा मारिएकापरिवारलाई १० लाख

२०७२ आस्विन १ शुक्रबार

काठमाडौं : केही महिनायता भएका आन्दोलनका क्रममा मारिएका व्यक्तिका परिवारले जनही १० लाख रुपैयाँ पाउने भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मी र आन्दोलनकारी तथा सर्वसाधरणका परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

 करिब डेढ महिनायता तराई–मधेस तथा अन्य स्थानमा भएका आन्दोलनका क्रममा ४० जना बढीले ज्यान गुमाइसकेका छन् । मन्त्रिपरिषद्को बैठकले संविधान जारी हुने दिन असोज ३ र ४ गते सार्वजनिक विदा दिने पनि निर्णय गरेको छ । बैठकले प्रधानमन्त्री सुशील कोइराला यही असोज ८ गते संयुक्त राष्ट्र संघको महासभामा जाने कार्यक्रमलाई पनि स्वीकृत गरेको छ ।

0 comments

Write Down Your Responses