गीतमा नारीका वेदनाहरु पोखिएको हुनुपर्छः हरि खत्री
सांगीतक क्षेत्रमा कसरी प्रवेश गर्नुभो ?
गायनमा सानैदेखि रुची थियो । ०६२ मा ‘मुक्तिनाथको जल’ भन्ने पहिलो एल्वम बजारमा ल्याएँ । अहिलेसम्म भोकल नौ ओटा गीतमा भोकल दिएको छु, ६ ओटा एल्वम बजारमा आयो । आजभोली अरुका एल्वममा पनी गीत गाइरहेको छु । यसपाली चाँही तीजको मेरो गीत ‘घुम्दै आयो तीज’ले अर्वाड पायो । त्यस गीतमा स्वर र शब्द दुबै मेरो हो । लय, शब्द र स्वर गरी तीन विधामा उत्कृष्ट पाँचको मनोनयनमा परेको थियो, तर शब्दमा मैले अर्वाड जितेँ ।
दर्शक श्रोताले सबैभन्दा धेरै कुन गित मन पराउनु भयो ? मेरो सवै गित राम्रा छन् भन्ने लाग्छ । तर दशैं सम्वन्धी मैले गाएको ‘ज्यान सुक्यो तिम्रो सोभैमा’ भन्ने गीतमा धेरै प्रतिक्रीया पाएँ । आफैलाई पनि त्यो गीत राम्रो लाग्छ । त्यसपछि ‘तिम्रै नाममा छु’ भन्ने एल्वम गरेँ । त्यो पनि दर्शक स्रोताले धेरै मन पराइदिनु भयो ।‘मुक्तिनाथको जल’ पनि मेरो राम्रा गित मध्येमा पर्छ
यसपटक अर्वाड पाउनुभो, कस्तो अनुभुती गर्दै हुनुहुन्छ ?
म एकदमै खुशी छु । जवकी अहिले तीजका वेलामा म जस्ता धेरै कलाकार हुनुहुन्छ । धेरै मेहनत गरेर एल्वमहरु गर्नु भएको थियो । तर मैले अर्वाड जित्दा म एकदमै हर्षित छु । घुम्दै आयो तीजको सन्देश के हो ? तीजमा दिदि वहिनी नआउँदा भाइ लाई नरमाइलो हुन्छ । मेरो आमा भने पनि दिदि भने पनि तिमी हौ, बर्ष दिनमा किन आउँदैनौ ? भन्दै भाइको विलौना कहेको छु । बर्षामासको खोला आएको छ । तीज पछि आउनेछु तिमीलाइ भेट्न भनेर दिदिले भनेको सुनेपछी मान्छेको आँसु आउने गरी लेखेको छु । गीत पनि एकदम भावुक खालको छ ।
अन्त्यमा पाठक स्रोताहरुलाई केही सन्देश छन ?
तीजका गीतमा नारीका वेदनाहरु पेखिएका हुनुपर्छ । टिपिकल शब्दहरु ह्ुनुपर्छ, उच्छृङखल हुनुहुदैन । आजभोलीका तिजमा रिलीज हुने गितहरु आफनो परिवारमा बसेर हेर्न नसकिने हुँदै गएका छन्, त्यसरी विकृति ल्याउनु हुँदैन । तीज भनेको दाजु भाइले दिदि बहिनीलाई बोलाएर दर खाने नाच्ने गाउने हो । नारीहरुले आफना दुख पिडा पोख्ने गीतहरु मात्रै तीज गीत हुन । यता कम्मर खायो उता कम्मर खायो भन्ने खालका गीतहरुले तीजलाई विकृत बनायो ।
0 comments
Write Down Your Responses