बाबुरामलाई मधेशमा ठाउँ छैन’मधेशी नेताको चेतावनीः

काठमाडौं– कार्यकर्ता भेटघाटका लागी शुक्रवार विहानै जनकपुर उड्न लागेका एमाओवादी वरिष्ठ नेता डा. बावुराम भट्टराईलाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले रोक लगाउने निर्णय गरेको छ ।

पछिल्लो समय सामाजिक संजालमा विवादस्पाद पोष्ट गरे पछि आलोचना खेप्दै आएका भट्टराईलाई कालो झण्डा देखाउने र विरोध गर्ने निर्णय भएको -तमलोपाका उपाध्यक्ष वृषेश चन्द्र लालले जानकारी दिए । 

रातोपाटीसँग कुरा गर्दै उपाध्यक्ष लालले भने, ‘किन आउने मधेश ? उहाँलाई मधेशमा ठाउँ छैन ।’ संविधान जारी भए पछि तिब्र रुपमा आफु पक्षधर कार्यकर्ताको भेला गर्दै आएका भट्टराइले शुक्रवारकार्यकर्ता सँगै खाना खानेगरी जनकपुरमा भेला राखेको उनी संवद्ध स्रोतले जनाएको छ ।

0 comments

Write Down Your Responses