गोरखासेनाको ब्यारेकमा आक्रमण
२०७२ आस्विन १ शुक्रबार
गोरखा : आफन्तलाई भर्ती गर्न नपाएको भन्दै गोरखा ठिगुरेस्वाँराका बासिन्दाले नेपाली सेनाको ब्यारेकमा आक्रमण गरेका छन् ।
स्थानीयले आक्रमण गर्दा ड्युटीमा रहेका सिपाहीँ चेतन थापा घाइते भएका छन् । उनको टाउकोमा तीनवटा टाँका लगाइएको ठिगुरेस्वाँरास्थित भैरवी दल गणले जनाएको छ ।
आक्रोशित स्थानीयले गणको बाहिरी सुरक्षापोष्टको पर्खाल भत्काइदिएका छन् । संचार उपकरण (इन्टरकम) पनि चुँडाइदिएको सैन्य स्रोतले बताएको छ ।
आक्रोशित स्थानीयको भींडमाथि सेनाले लाठीचार्ज गरेको थियो । लाठी लागेर स्थानीय गोविन्द सुनार घाइते भएका छन् । उनको गोरखा अस्पतालमा उपचार भएको छ ।
शुक्रबार अपरान्ह ४ बजे भर्ना छनौटको लिखित परीक्षाको नतिजा सार्बजानिक भएको थियो । ‘रिजल्ट टाँस्नेबित्तिकै ब्यारेक परिसरमा भेला भएका स्थानीयबासीले आफन्त युवाहरु पास नभएको भन्दै विरोध गर्न थाले’, एक सैनिक अधिकृतले भने, ‘त्यसपछि हाम्रो पोष्टको पर्खाल भत्काए ।
इन्टरकमको तार चुँडाइदिए । पोष्टमा ड्युटी गरिरहेका सिपाहीमाथि ढुंगा प्रहार गरे ।’ आक्रोशित स्थानीयबासीले पोष्टमा टायर राखेर जलाउने प्रयास पनि गरेको उनले बताए । स्थानीय एकराज उपाध्यायका अनुसार यसअघि भर्ना खुल्दा पनि स्थानीय भर्ना हुन पाएका थिएनन् ।
यसपटक आशवासन दिएर पनि लिखितमा अनुत्तीर्ण गराइदिएपछि स्थानीयबासी आक्रोशित भएका हुन् ।
‘स्थानीयबासीलाई अहिलेसम्म पास गराइदिएन । यसपटक आस्वासन दिएका थिए, तर कसैको नाम ननिस्केपछि सबै आक्रोशित भए’ उनले भने ‘मसँग प्रमाण त छैन तर ठूलामान्छेको भनसुनको आधारमा पक्षपातपूर्ण रिजल्ट निकालेको बुझेर स्थानीयबासी आक्रोशित भएका हुन् ।’
बिबाद बढ्दै गएपछि साँझ सात बजे थप प्रहरी घटनास्थल पुगेपछि घटना साम्य भएको छ ।
शनिबार फेरि छलफल गरिने गणपति प्रेम थापाले बताए । लोकसेवाका कर्मचारीले नियमानुसार परीक्षा लिई नतिजा प्रकाशित गरेकाले अनियमितता भएको भन्ने आरोप झुठो रहेको उनको भनाइ छ
2 comments
Write Down Your Responses
September 18, 2015 at 5:59 PM
slc, dini bela cdo lai dhunga hanera pass garnu cha aani ... kasari niskincha ta army ko xm ma ... padnu paro ni
September 18, 2015 at 5:59 PM
slc, dini bela cdo lai dhunga hanera pass garnu cha aani ... kasari niskincha ta army ko xm ma ... padnu paro ni