चीनसँग सरकारले गरेको सम्झौता जनघाती : महन्थ ठाकुर
२०७२ कार्तिक १२ बिहीवार
वीरगन्ज
तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले चीनबाट पेट्रोलियम पर्दाथ भित्रयाउने सरकारको निर्णय जनविरोधी रहेको बताएका छन्।
वीरगन्जमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले भने , ‘चीनबाट पेट्रोलियम पर्दाथ भित्र्याउदा समय र ढुवानी खर्च दुवै बढी लाग्छ , त्यसैले नेपाल सरकारले चीनसंग गरेको सम्झौता नेपाली जनताको हितमा छैन , यो जनविरोधी छ ।
चीनबाट इनधन आयात गरिदा ६ सय ५० किलो मिटर भन्दा बढी दुरी सम्म ढुवानी गर्नुको साथै ठाउँ–ठाउँमा लोड अन्लोड गर्नु पर्ने भएकाले ढुवानी खर्च बढनुको साथै लागत खर्च बढने भएकाले आयात गरिएको इन्धन नेपली उपभोक्ता र उद्योग दुवैलाई महङगो पर्ने दावी गरे ।
भारतको सिमा देखी काठमाण्डौ सम्मको दुरी २ सय किलो मिटर भन्दा बढी नभएको र एक चोटि लोड भएपछि गन्तब्य सम्म सोझै पुग्ने भएकाले भारतसंग नै इन्धन आयात गर्दा नै नेपाली जनतालाइ सस्तो पर्ने उनले बताए ।
तमलोपा अध्यक्ष ठाकुरले मधेशको माग प्रति सरकार अझै पनि गम्भिर नभएको बताए ।
घर भित्रको समस्या सुल्झाउनुका सटटा चीनसंग इन्धन आयात गर्ने सम्झौता गरेका कारण सरकार मधेशको माग प्रति गम्भिर नभएको पुष्टि भएको उनको भनाइ थियो ।
मधेशमा जारी आन्दोलनको निकास मुलुक भित्रै खोज्नुको सट्टा सरकारले विदेशमा गएर खोजीरहेकोले यसले नेपालको विदेश निती प्रभावित हुने खतरा उत्पन्न भएको ठाकुरले बताए ।
अधिकारका लागि मधेशी जनता आन्दोलित हुनु मुलुकको आन्तरिक विषय भएपनि सरकारले त्यसको निकास अरु देशमा गएर खोज्दा मुलुकको विदेश निति कमजोर हुनुको साथै मित्र राष्ट्रहरुसंगको सम्बन्ध विग्रिने सम्भावना पनि बढेको अध्यक्ष ठाकुरले बताए।
उनले अहिले सम्म भएका औपचारिक र अनौपचारिक वार्ता तथा छलफलमा मधेशका मुद्धा सम्बोधनका लागि ठोस मार्गचित्र लिएर सरकारी वार्ता टोली नआएकै कारण पनि उ मधेशको माग प्रति गम्भिर नभएको पुष्टि भएको जिकिर गरे।अध्यक्ष ठाकुरले आन्दोलनका कारण बन्द विधालय र कलेज सन्चालन नहुनुमा सरकार नै जिम्मेवारी रहेको बताए ।
राज्य पक्षले मधेशका माग सम्बोधन गर्न वास्ता नगरेकै कारण आन्दोलन लम्बिएर विद्यालय र कलेजहरु खुल्न नसकेको उनको भनाइ थियो ।
मधेशका माग पुरा नभए सम्म आन्दोलन जारी रहने भन्दै उनले मधेशी दलसंग विगतमा भएका आठ र २२ बुदे सम्झौतालाइ लत्याएर संविधान जारी गरिएकै कारण मुलुक जटिलतामा फसेको बताए ।
उनले नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीलाइ आफुले बधाइ तथा सफल कार्यकालका लागि शुभकामना दिइसकेको जानकारी गराए । पत्रकार सम्मेलनमा तमलोपाका महामन्त्री जितेन्द्र सोनल , केन्द्रिय सदस्यहरु जनार्दन यादव , चन्दा चौधरी , जितेन्द्र सिंह र सांसद रमेश पटेलको पनि उपस्थिती रहेको थियो ।
1 comments
Write Down Your Responses
October 29, 2015 at 8:06 AM
pahilokura nepali jantako mag anusar sarkarle yo nirnaya gareko ho. dosro kura deerghakalin upaya pipeline bata lyaune chha yo bharat ko bhanda sasto hunchha. tesro kura Bharat ko kun chhimesanga sumadhur sambandha chha dekhai dinu paryo.