विराटनगरका ब्यापारीले अन्दोलान्करिलाई लखेटे
नागरिक बाट -
विराटनगर, १२ कात्तिक - विराटनगरका व्यवसायीले आन्दोलनकारीलाई लखेटेका छन्।
बजार बन्द गराउँदै हिँडेका संयुक्त मधेसी मोर्चाका नेता कार्यकर्तालाई व्यवसायीले लखेटेका हुन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार संघीय समाजवादी फोरमका अध्यक्ष राजकुमार यादवको नेतृत्वमा बजार बन्द गराउँदै हिँडेका आन्दोलनकारीलाई ट्राफिक चोकदेखि जलजला मोडसम्मका व्यवसायीले प्रतिकार गरी लखेटेका हुन्।
प्रहरीको सहयोगमा आन्दोलनकारीलाई त्यहाँबाट महावीर चोकतर्फ लगिएको थियो।
उक्त क्षेत्रका व्यवसायीले लामो समयदेखि बजार बन्द हुँदा व्यापार चौपट भएको भन्दै प्रतिकारमा उत्रिएका हुन्।
0 comments
Write Down Your Responses