'१५ दिनभित्र माग पुरा नभए छुट्टै मधेस देशका लागि लडाइँ' -
मनिका झा |
२०७२ मङ्शिर ६ आईतवार
जनकपुरधाम : थारु कल्याणकारीणी सभाको जनआन्दोलन परिचालन समितिका संयोजक रहेका राजकुमार लेखीले मधेसी र थारुको माग १५ दिनभित्र पुरा नभए अलग मधेश देशको लागि लडाइ हुने चेतावनी दिएका छन् ।
थारु कल्याणकारीणि सभाले आइतबार जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता लेखीले यस्तो चेतावनी दिएको हो ।
उनले भने, 'मधेसी मोर्चा र थारु मोर्चाको एउटै माग भएकोले अब अलग भएर होइन एकजुट भएर सशक्त रुपमा लड्नुपर्छ। माग पुरा नभए अलग मधेस देशका लागि लडाइ हुन्छ।'उनले सिंमाकनमा मोर्चाले मधेसमादुई प्रदेशको मागमा थारु मोर्चाको पूर्ण समर्थन रहेकोले संगै भएर अधिकार प्राप्तीको लडाईको लागि एक हुन मधेसी मोर्चालाई आह्वान गरेका हुन् ।
सरकारमा रहेका तीन दलका शीर्ष नेता तथा विभिन्न जिल्लाका जनप्रतिनिधिलाई कारवाही गर्नका लागि समेत उनले आह्वान गरेका छन्।
उनले जनतामाथि तीन महिना देखि गोली प्रहार गराउने र गोलीप्रहार भइरहँदा पनि चुप वस्ने जनप्रतिनिधीहरुलाई जनताले कारवाही गर्नका लागि सार्वजनिक आवहन गरेका हुन् ।
उनले तीनदलका नेताहरु केपी ओली, प्रचण्ड र शुसिलले मुलुकलाई बन्धक बनाएको र उनीहरुले मुलुकका नाममा आफनो छुटै प्राइभेट लिमिटेड चलाइरहेको आरोप समेत लगाए ।
अहिलेको वार्ता चिया र बिस्कुटमा मात्र सिमिति रहेको बताउँदै शीर्ष तहमा गम्भीर वार्ता आवश्यक रहेको बताए।
लेखीले विजय गच्छदारले विगत २७ वर्ष देखि सत्ताको लागि गिद्ध जस्तो प्रवृति देखाउँदै आउको र यस्ता गद्दार प्रवृतिका व्यक्तिलाई वहिष्कार अभियान चलाउनु पर्ने बताए ।। उनले मधेशवाट जितेका प्रचण्डसँग हिम्मत भए साइकल चढेर सिरहा आउन र माधव नेपाललाई गौर आउन चेतावनी समेत दिए ।

0 comments
Write Down Your Responses