अग्लो भिरबाट हाम फालेर विश्वकिर्तिमान (भिडियो सहित)

२०७२ मंसिर २४ गते

एक २७ वर्षे युवाले झण्डै ६० मिटर अग्लो चट्टानी भिरबाट हाम फालेर विश्वकिर्तिमान कायम गरेका छन् । ब्राजिली मुलका स्विस नागरिक लाजारो लासो स्कलरले विश्वमा सबैभन्दा अग्लो भिरबाट हाम फालेर गिनिज बुकमा नाम लेखाएका हुन् । स्विजरल्याण्डको टिसिनोस्थित ५८ दशमलब ८ मिटर अग्लो झरनायुक्त छाँगोबाट लासोले गत अगष्टमा सफलतापूर्वक हाम फालेका थिए । यो उचाइ इटालीको पिसाको धरहरा भन्दा अग्लो तथा झण्डै १७ तले घरजत्तिकै अग्लो हो ।

आफ्ना साथीहरुको सहयोगमा महिनौँसम्मको अभ्यासपछि लासोले सुरक्षित रुपमा आफ्नो किर्तिमानी छलाङ सफल पारेका हुन् । यद्यपि त्यसरी भिरबाट तल पानीको दहमा हाम फाल्ने क्रममा बजारिएर उनको हिप तथा खुट्टामा सामान्य चोट लागेको छ ।

 यो सँगै उनले आफ्नै देशका ओलिभिएर फ्याव्रेले सन् १९८७ मा राखेको किर्तिमान भंग गरेका छन् । ओलिभिएर भन्दा लासोले ५ मिटर अग्लो भिरबाट छलाङ मारेका हुन् ।

0 comments

Write Down Your Responses