विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाले भारतको घमण्ड तोड्न बेच्यो पाकिस्तानलाई लडाकू विमान

POSTED ON : DECEMBER 10, 2015, IN : WORLD NEWS

कुविक एनपी न्युज

 मंसिर : विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाले पाकिस्तानलाई सैन्य सहयोग गर्ने तयारी गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार अमेरिकाले पाकिस्तानलाई एफ-१६ लडाकू विमान बेच्ने तयारी गरेको हो । 

पाकिस्तानका पूर्व राजदूतले चेतावनी दिँदै भनेका छन्- यो लड़ाकू विमान पाकिस्तानले भारतविरुद्ध प्रयोग गर्नेछ, न कि आतंकवादविरुद्ध । हुसैन हक्कानी नामका पूर्व राजदूतले यस्ता सैन्य उपकरण बेच्दा पाकिस्तानसँग सम्झौता हुनुपर्ने बताए । 

अमेरिकामा पाकिस्तानको राजदूत बसेका हुसैनले अमेरिकी राष्ट्रपति बराक ओबामा प्रशासनको तर्फबाट पाकिस्तानसँग न्यूक्लियर डीलको सम्झौताले दक्षिण एशियामा विवाद बढ्ने दाबी गरेका छन् ।

 उनले यो सम्झौताबाट दक्षिण एसियामा भारतको घमण्ड केही हदसम्म उत्रिने समेत बताए । यसअघि केही महिना पहिला पनि अमेरिकाले ६५ अरब रुपैयाँमा तैयार भएको लड़ाकू हेलिकप्टर, मिसाइल र अन्य उपकरण अमेरिकाले पाकिस्तानलाई बेचेको थियो ।

,

0 comments

Write Down Your Responses