किन खतरा हुन्छ ३० वर्षपछि बच्चा जन्माउँदा ?

December 6, 2015 मा प्रकाशित

एजेन्सी– २५ वर्षको उमेरमा गर्भवती हुँदा सजिलो मात्र हुँदैन, आमा र शिशु दुबैका लागि सुरक्षित पनि हुन्छ । तर, आजभोली प्रायः महिला अध्ययन र करिअरको पछाडि लाग्दा ३५ वर्ष पुगेपछि मात्र बच्चा जन्माउने सोच बनाउँछन् । अर्थात् सन्तान भन्दा करिअर र रोजगारीलाई प्राथमिकतामा राख्ने प्रबृत्ति बढ्दो छ ।

 काबु बाहिरको परिस्थितिका कारण पनि कतिपय दम्पत्तीको ढिलो सन्तान हुने गरेको हुन्छ । विज्ञहरुका अनुसार सन्तान जन्माउन ढिलाईको अर्थ आमा र शिशु दुबैको स्वास्थ्यमा थप समस्या र संकट ल्याउनु हो । 

बच्चा जन्माउदा ढिलाई गर्नु यसकारण अस्वथ छनौट होः

उमेर बढ्दै जाँदा उर्वरता घट्छ 


तपाईँको उमेर बढ्दै जाँदा महिलाको ओभरीमा हुने अण्डा क्रमशः घट्दै जान्छ । यसको अर्थ तपाईँले गर्भाधारण गर्न जति ढिलाई गर्नुहुन्छ, त्यति नै तपाईले आफूलाई बाभोपन तर्फ धकेलिरहनु भएको छ । महिलाले ३० वर्ष पुगेपछि कम अण्डा निस्कासन गर्ने भएकोले गर्भधारण गर्न कठिन हुन्छ । यतिबेला जतिसुकै असुरक्षित यौनसम्र्पक गरेपनि महिला प्रजनन कोषमा फर्टिलाइजेसन हुने सम्भावना न्यून हुन्छ । 

यसबाहेक उमेर बढेसँगै अन्डलाई अन्डासयबाट पाठेघरसम्म पुयाउने ट्युबहरुसमेत साँघुरा र कतिपय अवस्थामा बन्द हुने गर्छ । जसका कारण जतिसुकै प्रयत्न गरे पनि गर्भाधारण हुँदैन ।

 अपांंगताको खतरा 

विज्ञानको चमत्कार र स्वास्थ्य क्षेमा भएको प्रगतिसँगै गर्भधारण गर्न उमेरको तगारो विस्तारै हटेपनि ३५ वर्ष पुगेपछि जन्माएको सन्तानमा अपांगता लगायत विभिन्न समस्याहरु देखिन्छन् । असामान्य क्रोमोजोमका कारण ३० वर्षको उमेरमा बच्चा जन्माउदा १ हजार शिशुमा हरेक १ एउटा शिशु जन्मदै सुस्त मनस्थिति हुने गर्छन् । त्यस्तै, चालिस वर्ष सो भन्दा बढी उमेरमा सन्तान जन्माउदा १ सय जनामध्ये एक जनामा डाउन सिन्ड्रोम समस्या देखिन्छ ।

 तसर्थ बच्चाहरु लुलो लंगडो, अपांग, सुस्त मनस्थित लगायतका अधिकांश समस्या पाको उमेरमा सन्तान उत्पादनको उपज हो । ३० वर्षपछि पहिलो गर्भाधारण हुँदा तुहिने वा पेटमा नै बच्चा मर्ने खतरा हुन्छ । तसर्थ आफू र आफ्नो परिबारको स्वास्थ्य भन्दा ठूलो करिअर र पढाई हुन सक्दैन । बच्चा जन्माउन निकै गाहो सुत्केरी हुने बेलामा पनि उमेर छिप्पिएर गर्भाधारण गरेका महिलालाई निकै कठिनाई र पिडा हुने विज्ञहरु बताउँछन् ।

 कि त उनीहरुलाई व्यथा लामो हुन्छ वा निकै तीब्र पीडा हुन्छ । त्यस्तो बेला उनीहरुलाई सी सेक्सनको आवश्यकता पर्न सक्छ । उमेरसँगै भ्रूण राख्ने पाठेघर पनि बुढो हँुदै जान्छ र २० वर्षको उमेरमा जस्तो यसले प्रभाकारी रुपमा काम गर्दैन । मातृ स्वास्थ्य खराब पाको उमेरमा गर्भाधारण गर्दा महिलामा अन्य समस्याहरु पनि हुन्छन् । जस्तै उनीहरुमा डायविटिज, उच्च रक्त चापको समस्या हुन सक्छ ।

 मुटु, रक्तचाप, सुगरका विरामीलाई गर्भधारण गर्न निकै कठिन हुन्छ । उनीहरुले जन्माएको शिशु पनि अस्वस्थ हुने खतरा त छँदैछ ९ महिनासम्म गर्भाधारणको समयमा पनि विभिन्न पीडा हुने गर्छ । वंशानुगत समस्याका कारण पहिलोे बच्चा अपांग भयो भने दोस्रो सन्तान पनि त्यस्तै हुने २५ प्रतिशत सम्भावना हुन्छ । 

र, पाको उमेरमा गर्भाधारण गर्दा त यो समस्या झनै बढी हुन्छ । तसर्थ पहिलो बच्चामा वशांनुगत समस्या छ भने दोस्रो सन्तान जन्माउँदा चिकित्सकसँग वंशानुगत परामर्श लिनुपर्छ । -स्वास्थ्य खबरपत्रिका बाट

,

0 comments

Write Down Your Responses