एमाओवादी सचिव अनन्तलाई उपचार गर्न बैंकक लगियो
२०७२ मंसिर २१ गते
मंसिर, काठमाडौं ।
एकीकृत नेकपा माओवादीका सचिव वर्षमान पुन अनन्तको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि थाइल्याण्डको बैंकक लगिएको छ ।
जण्डिसबाट पीडित अनन्त हालै भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराइ काठमाडौं फर्किएका थिए ।
दिल्लीबाट फर्किँदा स्वास्थ्य सामान्य भए पनि पुनः जण्डिस बढेकाले उपचारका लागि बैंककस्थित समितिभेज अस्पतालमा लगिएको पारिवारिक स्रोतले जनाएको छ ।
नयाँदिल्लीबाट फर्किएपछि अनन्त निवासमै आराम गरेर बसिरहेका थिए ।
उनमा शरिर चिलाउने, राति निद्रा नलाग्ने लगायतका समस्या पनि देखिएको छ ।
पूर्वअर्थमन्त्री अनन्त सोमबार दिउँसो १ः५० को फ्लाइटबाट बैंकक प्रस्थान गरेका छन् । उनको साथमा बहिनी सुशीला छिन् ।
0 comments
Write Down Your Responses