बाजुरालाई केन्द्र बनाएर ५.५ रेक्टरको भूकम्प

२०७२ पुष ४ गते ७:१३ मा प्रकाशित

४ पुस, बाजुरा 
बाजुरालाई केन्द्रविन्दु बनाएर शनिबार बिहान ५.५ रेक्टर स्केल म्याग्नेच्यूटको भूकम्प गएको छ । बिहान चार बजेर दूई मीनट जाँदा बाजुराको जगननाथ नजिकै केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

 यो भूकम्प नयाँ भूकम्प रहेको जनाउँदै मापन केन्द्रले भूकम्पको सुदुरपश्चिम र मध्यपश्चिमसहित कास्की, गुल्मी, पाल्पालगायतका जिल्लामा महशुस गरिएको थियो । भूकम्पले हल्लाएपछि बिहानै सुतिरहेका सर्वसाधारण घर बाहिर निस्किएका थिए । भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ ।

0 comments

Write Down Your Responses