रात परेपछि गर्न नहुने कामहरु

काठमाडौँ, ८  पुस । 

भनिन्छ मानिसको जिवनमा दिनको जति महत्व हुन्छ रातको पनि त्यति नै हुन्छ । अर्थात दिन र रात मिलेर मानिसको सम्पुर्ण दिनचर्यामा जिवन चलेको हुन्छ । दिनभरको काम र दौडधुपका कारण थकीत शरिरलाई आरामको जरुरी हुने हुनाले मानिसलाई कम्तीमा पनि सात घन्टाको निद्रा जरुरी हुने चिकित्सक बताउँछन् । निद्रा नपुग्दा पाचन प्रणालीदेखि लिएर सौन्दर्यमा समेत ह्रास आउछ । त्यति मात्र होइन, निद्रा पुगेन भने मानसिक तथा शारीरिक ‘स्ट्रेस’ पनि बढ्छ ।

यदि तपार्इंलाई निद्रा लाग्दैन भने सुत्ने समय भएपछि यि कुरा भुलेर पनि गर्नु हुँदैन । रातीमा गम्भीर अध्ययन नर्गनुहोस् दिन भरीको थकानले रातीको अध्ययन प्रभावित त हुन्छ नै । त्यसैले पनि राती पढ्नु भनेको त्यति लाभदायक हुँदैन । राति सुत्नुअघि गम्भीर पुस्तक पढ्नु भन्दा सामान्य फिक्सन पढ्नु उचित हुन्छ । जसले छिटो निन्द्रा ल्याउँछ । र आनन्द मिल्छ । 

 खानापछि चिया–कफी पिउनु हानिकारक तपाईको शरीरले आराम खोजीरहेको छ तर तपाईले बाहिरी आनन्द खोज्दै खानापछि चिया–कफी पिउनु भयो भने तपाईको निन्द्रा हराउँछ । चिया कफीमा पाइने क्याफिनको असर सीधै निद्रामा पर्ने हुनाले रातीको खाना पछि कफी पिउने बानी अत्यन्त नराम्रो हो । त्यसले कैयौँ घन्टासम्म निद्रा लाग्दैन । 

 राती फिल्म हेर्नु हानिकारक साँझ खाना खाइसकेपछि टिभी हेर्ने वा फिल्म हेर्ने बानीले सुत्ने समयमा गडबडी ल्याउँछ । जसका कारण रातीको बाक्लो निन्द्रा हरण हुन्छ । र स्वास्थ्य बिग्रन सक्छ । इन्टरनेट पनि सकभर नचलाएको वेश रातीमा इन्छरनेट चलाउन मन लागेपछि राती ढल्कीएको पत्तै हुँदैन । यसले आँखामा दबाब पार्छ र निद्रा हटाउँछ । 

 परिवारसँग गम्भिर छलफल नर्गदा राम्रो रातपरेपछि परिवारसँग छलफल गर्नुलाई पनि त्यति राम्रो मानिँदैन । गम्भीर विषयमा साँझमा छलफल पनि गर्न हुन्न भन्ने पनि छ । साँझ खानापछि परिवारसँग रमाइलो कुरा गर्नु राम्रो मानिन्छ । यसले निद्रामा पनि सहयोग गर्छ ।

0 comments

Write Down Your Responses