लोडसेडिङ अन्त्य गर्न छोराको नाम जेनेरेटर, छोरीको नाम उजेली राखिने -

२०७२ -८-२९  गते 

गत  वर्ष रुसमा विलय भएको क्राइमियामा हप्तौँसम्म लगातार लोडसेडिङ भएपछि त्यहाँका सांसदहरुले लोडसेडिङ अन्त्य गर्न अनौठो शैली अपनाएका छन् । सांसदहरुले नयाँ जन्मिने शिशुहरुको नाम जेनेरेटर राखेर लोडसेडिङ अन्त्य हुने जुक्ति निकालेका हुन् ।

 सुन्दैमा अचम्म लाग्छ । युक्रेनबाट छुटि्टएको क्राइमिया अहिले उर्जासंकटबाट गुजि्ररहेकेा छ । गत नोभेम्बर २२ मा युक्रेनबाट क्राइमियामा विद्युत आपूर्ति भैरहेको प्रशारण लाइनमा अज्ञान आक्रमणकारीले बम आक्रमण गरेर क्षति पूराएसँगै क्राइमिया अन्धकारबाट गुजि्ररहेको छ । 

रुसले आफ्नो क्रास्नोडार क्षेत्रबाट समुद्रमुनि विजुलीको तार विछ्याएर क्राइमियामा विद्युत आपूर्ति गर्ने प्रयास गरिरहेको छ । यसको पहिलो चरण अन्तरगत गत बुधबार राष्ट्रपति भ्लादमिर पुटिन क्राइमिया पुगेर विद्युत आपूर्तिको उद्घाटन गरेका थिए ।सायद रुसको त्यहीँ कदमको समर्थन गर्नका लागि होला संसदले बच्चाबच्चीको नाम नै जेनेरेटर राख्न आग्रह गरेकोछ ।

 स्थानीय संसदका सभामुख भ्लादिमिर कोन्स्तान्तिनोभले केही दिनअघि संसदमा बोल्दै अभिभावकलाई एउटा आग्रह गरे । सरकारले क्राइमियाको उर्जा संकट समाधानका लागि गरेको प्रयासलाई सम्मान गर्दै आफ्ना नवजात छोरीहरुको नाम स्भेता अर्थात् उजेली र छोराको नाम जेनेरेटर राख्न अभिभावकहरुलाई आग्रह गरेका रुसी संचार माध्यमहरुले जनाएका छन् ।

0 comments

Write Down Your Responses