अद्भुत बालबालिका, जो आँखा बन्द गरेर अक्षर पढ्छन्,सुँघेरै रंग पत्ता लगाउँछन्

२०७२ पुष ५ गते

दुनियामा कतिपय मानिस अनौठो प्रतिभाले युक्त हुन्छन् । भारतको हिमाचल प्रदेशको ऊना क्षेत्रमा बस्ने दुइजना बालबालिकामा यस्तै अद्भुत क्षमता छ । उनीहरु आँखामा पट्टी बाँधेर समेत कुनै कुरा पढ्न सक्छन् र कुनै वस्तुलाई सुँघेर त्यसको रंग बताइदिन सक्छन् ।

 सुहानी र सुशेन नामका यी बालबालिकाले आँखामा पट्टी बाँधेर पत्रिका वा जुनसुकै लेखोट पढ्न सक्छन् र अक्षरको रंग समेत बताइदिन सक्छन् ।

 सुहानी ३ कक्षामा र सुशेन ५ कक्षामा पढ्छन् । उनीहरु चित्रकलामा समेत निकै अब्बल छन् । उनीहरुको यो अद्भुत क्षमता देखेर मानिसहरु तिनछक पर्ने गरेका छन् । कुनैपनि वस्तुलाई नदेखिकनै उसको रंग बताइदिन सक्ने र लेखेको कुरा पढ्न सक्ने यो अद्भुत क्षमता आफुहरुले आफ्ना गुरुबाट पाएको उनीहरु बताउँछन् । 

राजेन्द्र कुमार नामका गुरुसँग ३ महिनाको मिडब्रेन एक्टिभेसन कोर्स लिएपछि आफुहरु नहेरीकनै रंग छुट्टटाउन तथा आँखा बन्द गरेर पढ्न सक्ने भएको उनीहरुको दाबी छ

0 comments

Write Down Your Responses