स्मरणशक्ति बढाउन ४० सेकेण्डको फर्मुला

२०७२ माघ ६ गते

के तपाइँलाई कहिलेकाहीँ यस्तो महसुस हुन्छ की तपाइँले पूराना कुराहरु भुल्दै जानुभएको छ ? यस्ता पूराना यादहरु चाहे जुनसुकै प्रकारका हुन सक्छन् । तर जब त्यसलाई सम्झिने कोसिस गर्नुहुन्छ तब केही कुरा यादमै आउन्नन् त केही यादहरु निकै धमिलो भएका हुन्छन् । हुनत सबै कुरा सम्झिन सकिँदैन । तर कहिलेकाहीँ जिवनका निकै महत्वपूर्ण घटनाक्रम वा सम्झिनै पर्ने कुराहरु पनि भुलिएको हुन्छ । तर तपाइँले आफ्नो स्मरण क्षमतालाई बढाउन सक्नुहुन्छ । 

निकै सामान्य तरिकाले, केवल ४० सेकेण्डको प्रयासमा । बेलायतको ससेक्स विश्वविद्यालयका क्रिस बर्डको अनुसन्धान अनुसार यदि केही सेकेण्ड समय निकालेर तपाइँ आफ्नो कल्पनाशीलताबाट केही काम लिनुभयो भने तपाइँको स्मरणमा निकै सुधार हुनेछ ।

 बर्डले आफ्ना विद्यार्थीहरुलाई मस्तिष्क स्क्यानरको सामुन्ने सुत्न लगाए र उनीहरुलाई यु ट्युबका छोटा भिडियो क्लिप देखाए । त्यसमा केही यस्ता भिडियोहरु पनि थिए जहाँ छिमेकीहरु एक अर्कालाई जोक सुनाइरहेका थिए । यी भिडियोहरु देखाइसकेपछि विद्यार्थीहरुको एक समुहलाई ४० सेकेण्डको समय दिइयो ता की उनीहरुले भिडियोका दृश्यहरुलाई आफ्नो दिमागमा रिप्ले गरुन् र आफुले देखेका कुरा आफैलाई बताउन् । 

अर्को समुहलाई भने एक पछि अर्को भिडियो देखाउँदै गए । आफ्नो मस्तिष्कमा आफै भिडियोहरु दोहोराउने पहिलो समूहका मानिसहरु हप्ता, दुइ हप्तापछि पनि आफुले भिडियोमा देखेका दृश्यहरु सम्झिने क्षमता त्यसरी मनन गर्न नपाएका समुहका मानिसमा भन्दा दोब्बर बढि भएको पाइयो ।यसबाट के प्रमाणित भयो भने कुनैपनि घटनालाई जब हामी मस्तिष्कमा दोहोराउँछौँ त्यसलाई सम्झिने सम्भावना दोब्बर हुन्छ । 

यो प्रयोग तपाइँ आफै पनि गर्न सक्नुहुन्छ । बर्डले आफ्नो प्रयोगमा यो पनि देखे की मस्तिष्क स्क्यानबाट प्राप्त प्रमाणले पनि यो विधिबाट मानिसको स्मरण क्षमता बढ्ने पुष्टि गर्दछ । जो विद्यार्थीहरुले भिडियोका दृश्य तथा घटनाहरुलाई आफ्ना अन्य स्मरणहरुसँग जोडे उनीहरुमा ती घटना तथा दृश्यलाई सम्झनामा राख्ने सम्भावना अझै बढेको पाइयो ।

 अर्थात् यदि कुनै कुरालाई लामो समयसम्म याद राख्न चाहुनुहुन्छ भने एक मिनेट समय निकाल्नुहोस् र त्यसलाई मस्तिष्कमा फेरि दोहोराउनुहोस् । त्यो घटनाको आफै रोचक वर्णन गर्ने तथा अथ्र्याउने गर्नुहोस् जसबाट तपाइँले त्यसलाई स्मरण गर्ने सम्भावना झनै बढ्दछ । उनका अनुसार कुनैपनि घटना तब राम्रो सँग स्मरण हुन्छ जब घटनाको तुरुन्तै पछि त्यसको विवरण तपाइँले आफैलाई बताउनुहुन्छ ।

 बीबीसी

,

0 comments

Write Down Your Responses