अन्तरीक्षमा पहिलोपटक फूल फुल्यो
२०७२ माघ ५ गतेअन्तराष्ट्रिय अन्तरीक्ष स्टेशनमा पहिलो पटक फूल फुलाइएको छ । अमेरिकी अन्तरीक्ष संस्था नासाका अन्तरीक्ष यात्री स्कट केलीले टि्वट मार्फत यस्तो जानकारी गराएका हुन् । अन्तरीक्ष केन्द्रमा रहेका वैज्ञानिकहरुले लामो समयदेखि फूल फुलाउने कार्यमा जुटिरहेका थिए र हालै यो सफलता प्राप्त गरेका छन् ।
स्मरण रहोस्, अन्तरीक्ष स्टेशनमा यसअघि नै गोभी फलाइसकिएको छ ।
अन्तरीक्षयात्री स्कट केलीले आफ्नो टि्वटमा अन्तरीक्षमा फुलेको फूलको तस्वीर समेत पोष्ट गर्दै भनेका छन्: अन्तरीक्षमा पहिलोपटक फूल फुलेको छ । उनको एक अर्को टि्वटमा अन्तरीक्षमा जिवनको अन्य रुप पनि रहेका बताएका छन् ।
आजकल इन्टरनेसनल स्पेस स्टेसनमा सागसब्जी तथा अन्य खाले वनस्पतीहरु उमार्ने र हुर्काउने विभिन्न प्रयोग भैरहेका छन् ।
गत वर्ष त्यहाँ सफलतापूर्वक गोभी उमारेर हुर्काइएको थियो । गोभी फक्रिएसँगै त्यसलाई टिपेर फ्रिजमा राखिएको थियो । पछि उक्त गोभीमा वैज्ञानिक परीक्षण गर्दा त्यो खानका लागि योग्य भएको पुष्टि भएको थियो । त्यो सँगै गत अगष्ट महिनामा अन्तरीक्षयात्रीहरुले पहिलोपटक अन्तरीक्षमै फलाएको तरकारी खाएका थिए ।

0 comments
Write Down Your Responses