जंगलमा भेटिएको महिलाको शव : नेपाली सेनाका जवानले हत्या - गरी फालेको पुष्टि
January 20, 2016
इटहरी ,६ माघ -
इटहरीको पर्यटकीय क्षेत्र तालतलैया नजिकैको जंगलमा २१ गते मंगलबार भेटिएको महिलाको शव नेपाली सेनाका जवानले हत्या गरी फालेको पुष्टि भएको छ । हत्या इटहरी वडा नं. २ को शान्तिनगरी सामूदायिक वन क्षेत्रमा भोजपुर जरायोटार गाविस वडानम्वर ३ की शान्तीमाया राईको नेपाली सेनाका जवानले हत्या गरेको खुलासा भएको हो ।
भोजपुर चम्पे गाविस वडानम्वर ८ घर भई नेपाली सेनाको दुई नम्वर वाहिनी धनकुटामा कार्यरत दल गुल्म खादवारीका ३१ वर्षिय सिपाहीले नवराज शाहिले महिलालाई तालतलैयामा लगी हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको हो । महिलालाई गत पुस १९ गते घुमाउँन भन्दै तालतलैया गएको र उनीहरु विच विवाद भए पछि झगडाको क्रममा महिलाको हत्या भएको इलाका प्रहरी कार्यलयका डीएसपी ओमप्रसाद अधिकारीले वताए ।
डीएसपीले भने महिलाको घाँटीमा नङकट र ढुङ्गा प्रहार गरी हत्या गरेको अनुसन्धानको क्रममा खुलेको वताए ।
राईको श्रीमान ४ वर्ष देखि वैदेशिक रोजगारीको सिलसिलमा विदेश गएका थिए । उक्त महिला भोजपुरमा नै एक गेष्ट हाउस सञ्चालन गरेर वस्दै आएको प्रहरीको भनाई छ । महिलाले गाउँमा पैसा ब्याजमा लगाउँने काम गदै आएको प्रहरी अनुसनधानले देखाएको हो ।
सेनाको जवान शाहि भोजपुर आउँदा जादा भोजपुरमा भेटघाट भई दुई वर्ष देखि प्रेम सम्वन्ध चल्दै आएको थियो । सेनाको जवान शाहि गत पुष १७ गते नै विदामा गएको थिए । उनीहरु भेडेटारमा भेटघाट गरी दुबै जना आएको शाहिले अनुसन्धानको क्रममा वताएका छन ।

0 comments
Write Down Your Responses