३५ करोड पर्ने घरको भाडा मासिक एक सय रुपैयाँ

२०७२ माघ १८ गते

भनिन्छ, दुनियामा धन हुनेको मन हुँदैन अनि मन हुनेसँग धन हुँदैन । तर अमेरिकाका एक करोडपति भने धन र मन दुबैका धनी रहेछन् । अमेरिकाको ह्युस्टनमा बस्ने करोडपति रन स्ट्रुगनले आफ्नो झण्डै ३५ करोड रुपैयाँ पर्ने आलिशान महल सामुदि्रक आँधीबेहेरी पीडितका लागि निकै सस्तो भाडामा उपलब्ध गराउने निर्णय गरेका छन् ।

 मासिक एक डलर भाडा तिरेर जो सुकै टोर्नाडो आँधीपीडित उनको घरमा बस्न पाउनेछन् । साढे ७ करोड डलर सम्पत्तिका मालिक रहेका उनले आफ्ना दुइ बंगला बिक्रि गर्ने पूर्वनिर्णय उल्टाउँदै ती दुइ बंगलाहरु हालै टेक्सासमा आएको आँधीबाट घरबार गुमाएकाहरुका लागि मासिक १ डलर भाडामा दिने निर्णय गरेका हुन् । 

उनले प्रकोप पीडितहरुलाई आफुसँग सम्पर्क गर्न आव्हान गरेका छन् । उनका ती दुइवटा बंगलाहरु यसअघि बिक्रिमा राखेका थिए र त्यसमध्ये एउटा घरमा १० वटा कार ग्यारेज र स्विमिंग पुल पनि छ । आफ्नो फेसबुक पेजमा उनले लेखेका छन्ः 

गाल्र्याण्ड तथा अन्य सहरमा आफ्नो घर गुमाएर आवासको आवश्यकता परेका कसैका साथी तथा आफन्त हुनुहुन्छ ? म सँग कोलेभिल्लेमा १० हजार वर्गफिटमा बनेको खाली घर रहेको छ जसलाई मैले ३ महिनाको लागि भाडामा दिन्छु । आफ्नो घरमा दुइ परिवारलाई बस्न पुग्ने पनि उनले बताएका छन् । उनको फेसबुकको उक्त पोष्टलाई हजारौँले शेयर गरेका छन् ।

0 comments

Write Down Your Responses