भुवन केसी मेरा ड्याड होइनन्ः अनमोल केसी

युवा पुस्ताको चर्चित नायक अनमोल केसीले भुवन केसी आफ्नो मात्र ड्याड नभएर साथी भएको प्रतिक्रिया दिएका छन् । एक साप्ताहिक पत्रिकासँग कुराकानी गर्दै उनले आफ्ना पितालाई साथी भएको बताएका हुन् ।

उमेरले २१ वर्ष उनी निकै पाका जस्ता लाग्छन् । उनका समकालिन् साथी छैनन् र उनले ४० वर्ष माथिकालाई मात्र साथी बनाउने गरेको अपत्यारिलो कुरा बताउँछन् ।

‘काम सकेपछि म सिनेमा हेर्छु,’ उनले भनेका छन्, प्रायः संगीत सुन्न रूचाउँछु ।’ उनको यही फागुन २१ गते महत्वाकांक्षी चलचित्र ‘ड्रिम्स’ रिलिज हुँदैछ भने अर्को वर्षको प्रारम्भमै उनी ‘गाजलु’ लिएर आउँदैछन् ।

0 comments

Write Down Your Responses