नेहा पुनको हत्यारा सार्बजनिक(हत्याराको बयान सहित)
सोमबार, माघ २५, २०७२ केहि दिन अघि हत्या गरिएकी नायिका योरुना पुन ‘नेहा’ को हत्यारालाई प्रहरीले सार्बजनिक गरेको छ । नाताले धर्म दाई पर्ने २१ वर्षीय सतिश भनिने कृतन खड्गीलाई प्रहरीले हत्याको अभियोगमा पक्राउ गरेर सार्वजनिक गरेको हो ।
प्रहरीले शंकास्पद् व्यक्तिहरुलाई नियन्त्रणमा लिएर छानविन गर्दा हत्यारा पत्ता लागेको हो । प्रहरीकाअनुसार अनुसन्धानबाट कृतन खड्गीले गत माघ १८ गते राती नेहा र अन्य साथीहरु समेत भेला भई न्यूरोड स्थित ओपन टेबुल रेष्टुरेन्टमा बसी मादक पदार्थ सेवन गरेको खुल्न आएको छ । त्यहाँबाट साती ९ बजेतिर कृतन खड्गीले योरुना पुनलाई घर पुर्याउनको लागी आफ्नो मोटरसाइकलको पछाडी राखी नयाँगाउँ तर्फ हिँडेका थिए ।
घटनास्थल नजिक पुगेपछी कृतन खड्गीले योरुना पुनलाई आज तिमि घर नजाउ लेकसाईड तिर घुमौ र त्यतै तिरको होटलमा संगै बसी रमाईलो गरौ भन्ने प्रस्ताव राखेका थिए ।
तर, योरुनाले त्यसलाई अस्वीकार गर्दै कृतनलाई अश्लील शब्द प्रयोग गरी गाली गलौज गरेपछि रिसको झोँकमा हेलमेटले योरुनाको टाउकोमा प्रहार गरेका थिए ।
त्यस लगत्तै योरुना ढलेको र त्यसपछी शारिरिक सम्पर्क राख्न खोज्दा मृतकको नाक र कानबाट रगत बगेको देखेपछि आफू भागेको उनले प्रहरीलाई बयान दिएका छन् ।
यस्तो थियो अभियुक्त सतिशको बयान ?
माघ १८ गते राती काम सकिएपछि नेहालाई मैले मेरै मोटरसाइकलमा राखेर घर लैजाँदै थिएँ । हामी लेकसाइड हुँदै उनको घरतर्फ लाग्यौँ । घर नजिकै पुगेपछि मैले यौन सम्पर्क राख्न प्रस्ताव गरेँ । उनले मानिनन् । मैले जबर्जस्ती गर्न खोजेँ । त्यसपछि उनले मलाई मुख छाडिन् । मुख छाडेको रिसमा मैले हातमा रहेको हेलमेटले टाउकोमा प्रहार गरेँ ।
रिसको झोंकमा ३(४ पटक प्रहार गर्दा उनी भूँइमा ढलिन् । म उनलाई त्यहीँ छोडेर हिँडेँ ।यसरी सफल भयो प्रहरी
माघ १९ गते मर्निङ वाक गएका सर्वसाधरणले नेहाको शव देखे र प्रहरीलाई गरे । नेहाको शव उनकै घरभन्दा ४ सय मिटर पर फालिएको थियो । उनको शव कालो पछ्यौराले छोपिएको अर्धनग्न अवस्थामा थियो ।
हत्या भएको भन्ने पक्का भयो तर कसरी भयो ?
कसले गर्यो भन्ने प्रहरीलाई थाहा भएन । घटनामा संलग्नको पहिचान खुलेन । अनुसन्धानमा जुट्यो । त्यसपछि कास्की प्रहरीले सतीशसहित धेरैलाई अनुसन्धानको दायरामा ल्यायो । तर केही खुल्न सकेन । हत्याकै दिन प्रहरीले नियन्त्रणमा लिएर सतीशसँग बयान लियो ।
नेहालाई १८ गते राति इन्द्र चोकमा छाडेको बयान दिए ।
अन्य सुराकमा कास्की प्रहरी जुटिरह्यो । अनि कास्की प्रहरीले शंका सतीशमाथि गर्यो । अरु दिन घरमै छाड्ने सतीशले त्यस दिन किन इन्द्रचोकमा लगेर छाड्यो ? केटी मान्छेलाई त्यति राति एक्लै छाड्ने कुरै हुँदैन । त्यहींबाट प्रहरीले अनुसन्धान थाल्यो । सबै प्रमाण जुट्दै गर्दा सतीशले एक पछि अर्को गर्दै सबै कुरा प्रहरीसामु खुलासा गरेका थिए ।
0 comments
Write Down Your Responses