काेरियाले यस्ता कामदार नलाने

काठमाडौं १६ फागुन 

 दक्षिण कोरियाले क्षयरोग(टीबी) रोग लागेका नेपाली कामदार नलैजाने भएको छ ।रोजगार अनुमति प्रणाली(ईपीएस) अन्तर्गत दक्षिण कोरियाले कामदार लिनुभन्दाअघि क्षयरोग लागे/नलागेको अनिवार्य परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ ।

 कोरियाको माजव संशाधन विकास(एचआरडी)ले ईपीएस प्रणालीको नियम केही संशोधन गर्दै नेपाली कामदार पठाउनुअघि टीबी रोगको परीक्षण गर्न ईपीएस कोरिया शाखालाई पत्राचार गरेको छ । मार्च २ देखि अनिवाई रुपमा टीबीको जाँच गरेर कामदार पठाउनुपर्ने भएको छ ।

 शाखाले टीबी जाँच गर्नको लागि ४ वटा अस्पताल तोकेको छ । सरकारले निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर,शुक्रराज ट्रपिकल अस्पताल टेकु, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान,र कोरिया नेपाल मैत्री अस्पताल ठिमीबाट टीबी परीक्षण गर्नुपर्ने भएको छ ।
आजको कारोबार दैनिकमा खबर छ ।

0 comments

Write Down Your Responses