यौनसम्बन्ध राख्दा सर्यो जिका भाइरस

२०७२ माघ २० बुधवार

एजेन्सी : अमेरिकाको टेक्सासमा यौनसम्बन्ध राख्दा जिका भाइरस सरेको छ । लामखुट्टेबाट मात्रै सर्ने जिका भाइरस यौनसम्बन्ध स्थापित गर्दा सरेका व्यक्तिको पनि सोही कारण गम्भीर विरामी परेका छन् । द सेन्टर फर डिजिज एन्ड प्रिभेन्सनले यो कुराको पुष्टि गरेको छ ।

 डल्लास काउन्टीमा एक व्यक्तिले यौनसम्पर्क राख्ने क्रममा उनमा जिका भाइरसको संक्रमण भएको हो डल्लास काउन्टीका एक अधिकारीले बताए अनुसार ती ब्यक्तिले विरामी भएका अर्का व्यक्तिसँग यौनसम्बन्ध राखेपछि जिका भाइरसको संक्रमणको शिकार भए । जुन अमेरिकामा पत्ता लागेको जिका भाइरसको पहिलो संक्रमण हो ।

 अमेरिकामा अहिलेसम्म लामखुट्टेबाट जिका भाइरस फैलिएको प्रमाण चिकित्सकहरुले फेला पार्न सकेका छैनन् । लामखुट्टेबाट संक्रमित विरामी नभेटिएपनि यौनसम्बन्धबाट जिका भाइरस संक्रमण भएका विरामी भेटिएपछि त्यहाँ त्रास बढेको छ। विश्व स्वास्थ्य संगठनले मंगलवार जिका भाइरसलाई अन्तर्राष्ट्रियस्तरमा स्वास्थ्यका लागि खतरा भएको घोषणा गरेको छ । 

 'अहिलेसम्म हामीले यौनसम्बन्ध राख्दा यो भाइरस एकबाट अर्कोमा जान्छ भन्ने पत्ता लगाएका छौं, डल्लास काउन्टी स्वास्थ्य र मानवसेवा विभागका निर्देशक जकारी थोम्सनले जिका भाइरस संक्रमणबारे भने, 'यसले जिका भाइरसबाट जोगिनेबारेमा मानिसलाई शिक्षित गर्न धेरै सहयोग मिल्नेछ ।'

0 comments

Write Down Your Responses