बक्षस्थलकाे अाकार घटाएपनि छोपिनन् १८ बर्षिय एरियलले सर्जरीको मार्क -

२०७२ माघ १९ गते

मोर्डन फ्यामेली स्टार एरियल विन्टरले १७ बर्षकै उमेरमा बक्षस्थलको सर्जरी गराइन् । हालै मात्र आयोजना भएको एक अवार्ड समारोहमा पुगेकी यी सुन्दरीले बक्षस्थल सर्जरीको मार्क लुकाउन सकिनन् । 

उनले लगाएको पहिरन जती सुन्दर थियो, त्यसको भन्दा धेरै आलोचना उनले छोप्न नसकेको बक्षस्थल सर्जरीको मार्कको भयो । तर, उनले यो कुराले आफूलाई अचम्मित नबनाएको बताएकी छिन् । उनले सामाजिक संजालमा लेख्दै यसलाई आफ्नो शरीरको एउटा भाग भएको भन्दै पहिरनले नछोपेको उल्लेख गरेकी छिन् । 

बिहिबारबाट १८ बर्षमा प्रवेश गरेकी एरियलले आफूलाई शुभकामना दिने सबैलाई धन्यवाद पनि दिएकी छिन् । १८ बर्ष नपुग्दै बक्षस्थलको आकार बढेपछि उनले सर्जरी गरेर केही घटाएकी थिइन् । उनले भनिन्-‘५ फिटकी यूवतीका लागि ठूलो बक्षस्थल अस्वभाविक र पीडादायिक हुन्छ ।’

0 comments

Write Down Your Responses