अलैँचीको विरुवा उत्पादनबाट पाँचथर जिल्ला आत्मनिर्भर वन्दै -
March 1, 2016
अलैँचीको विरुवा उत्पादनमा पाँचथर जिल्ला आत्मनिर्भर वन्दै गएको छ । यसवर्ष अलैँचीको विरुवा बाहिरी जिल्ला बाट आयात नगरिने भएको छ । अलैँचीको विरुवा जिल्लामै पर्याप्त उत्पादन गरिएकाले अन्य जिल्लाबाट आयात नगरिने भएको हो ।
गत साल इलाम र धनकुटाबाट गोलसाई,रामसाई र जिर्मले जातको ३ लाख विरुवा आयात गरिएको थियो ।
जिल्ला कृषि विकास कार्यालय पाँचथरले जिल्लाको रवि,याङ्नाम,थर्पु र आङसराङमा उत्पादित् विरुवा रोपणका लागि किसानलाई दिने जनाएको छ । ती गा।वि।स।हरुमा दुई वर्ष पहिले नर्सरी स्थापना गरी विरुवा उत्पादन गरिएको प्राविधिक सहयाक बद्रीनारायण यादवले बताउनुभयो ।
उहाँका अनुसार ती नर्सरीहरुबाट ८ लाख विरुवा उत्पादन भएको र किसानहरुलाई सरकारी दर भाउमा वितरण गरिनेछ । गत मंसिर÷पुषमा पनि जिल्लाको याङनाम सहित रानिटार ,आङसराङ,च्याङ्थापु लगायत ५ गा।वि।स।मा पनि नर्सरी उत्पादन गर्न कृषि विकास कार्यालयले अलैँचीको वीउ वितरण गरेको छ ।


0 comments
Write Down Your Responses