राहतका नाममा पश्चिमा मुलुकले ‘फ्री तिब्बत आन्दोलन’ लाई सहयोग गरेको चीनको आरोप

२०७२ फागुन १७ गते

 फागुन, काठमाडौं - भूकम्पपछिको राहत र पुनर्निर्माणमा चासो र संलग्न रहेको अमेरिकालगायत कयौं पश्चिमी मुलुकहरु र आईएनजिओहरुले ‘फ्री तिब्बत आन्दोलन’ लाई सहयोग पुर्याएको आरोप लगाउँदै त्यसलाई कडाइका साथ नियन्त्रण गर्न उत्तरी छिमेकी चीनले नेपालसँग आग्रह गरेको छ ।

प्रधानमन्त्री केपी ओलीको प्रस्तावित चीन भ्रमणको तीन साताअघि नेपाल भ्रमणका आएका चिनियाँ विदेश मनत्रालयका बाहृय तथा सुरक्षा मामिला महानिर्देशक लिउ गुआङ्युआनले आइतबार गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसनधान विभागका अधिकारीहरुसँग सिंहदरबारमा भएको बैठकमा यसबारे चासो व्यक्त गरेका आजको अन्नपूर्णमा समाचार छ।

चिनियाँ अधिकारीले भूकम्पपछि तिब्बतसँग सीमा जाडिएका नेपालका उत्तरी जिल्लामा अमेरिकालगायत पश्चिम आईएनजिओहरुले पुनर्निर्माण सहयोगका नाममा ‘स्वतन्त्र तिब्बत’ आन्दोलन गरिरहेका पृथकतावादी दलाई लामाका समूहलाई सहयोग गरिरहेको भन्दै चिन्ता जनाएको बैठकमा सहभागि एक सुरक्षा अधिकारीले बताए । नेपाली पक्षले भने कुनै पनि बाहनामा चीन विरोधी गतिविधिहुन नदिने प्रतिवद्धता व्यक्त गरेको थियो ।

0 comments

Write Down Your Responses