बिभागकाे पत्रले मेनपावरमा रूवावासी : र्पूवका अधिकांस -मेनपावरहरु बन्द : काठमाण्डौ केन्द्रित आन्दोलन गर्ने -

February 28, 2016

तेज बन /इटहरी 

, १६ फागुन – नेपाल सरकारको स्वामित्वमा रहेका बैदेशिक रोजगार बिभागले मुलुकभर रहेका बैदेशिक रोजगार कम्पनीमा आवद्ध एजेन्टहरु खारेज गर्ने प्रस्ताव अघी सारेपछि पुर्वका अधिकांस मेनपावर ब्यवसाय अनिश्चितकालका लागि ठप्प बनेका छन ।

 पछिल्लो समय आ आफ्नो मेनपावरहरु बन्द गरी काठमाण्डौ केन्द्रित आन्दोलन चर्काउने योजना बनाउदै अधिकांस मेनपावर ब्यवसायीहरु क्ेन्द्रीय बिभागमा जम्मा हुन थालेका छन । बैदेशिक रोजगार बिभागले गरेको एजेन्ट ब्यवस्था खारेजी बिरुद्ध पूर्वाञ्चल क्षेत्रमा रहेका मेनपावर ब्यवसायीहरु आ आफ्नो ब्यवसाय बन्द गराई काठमाण्डौ केन्द्रीत भई आन्दोलन र्चकाउने ब्यवसायीहरुलेनै बताउदै आएका छन ।

 केन्द्रीय र्कायालयको अनुमती बेगर कार्यालयहरु स्थापना गरी आर्थिक कारोबार गर्दै ठगिधन्दालाई प्रसय दिइरहेको भन्दै रोजगार बिभागले पूर्वाञ्चल लगायत मुलुकभर रहेकाशाखाहरु बन्द र्गन सम्बन्धित कार्यालयहरुलाई पत्रचार गरेको थियो । पूर्वाञ्चल क्षेत्रमा २ हजारको हाराहारीमा मेनपावर कम्पनीका शाखाहरु सञ्चालन हुदै आएका छन जस मध्ये १ सय २१ले मात्र बैधानिकता पाएका छन भने बाकीका सबै अबैध रहेका छन ।

 बिभागको केन्द्रीय कार्यालयले शाखाहरु खारेज गर्न सम्बन्धित कार्यालयहरुलाई पत्राचार गरेपछि हाल धरान , इटहरी , बेलबारी , र्उलावारी , दमक , झापा , इलाम लगायतका मेनपावर शाखाहरु ठप्प भएका छन भने त्यस्का सञ्चालकहरु काठमाण्डौ केन्द्रीत हुन थालेका छन । बिभागले शाखाहरुमा खरेजीको पत्र पठाइदिदा लाखौ लगानी डुब्ने संकेत देखेपछि मेनपावर ब्यवसायीहरुले बिभागको र्निणय खारेजीको माग गर्दै आन्दोलन चर्काउने योजना बनाएका हुन ।

 बैदेशिक रोजगार ऐन अनुसार कुनै पनि शाखाहरुले कार्यालय खोलेर आर्थिक कारोबार गर्न नपाउने ब्यवस्था उल्लेख छ तर पूर्वाञ्चल क्षेत्रमा रहेका मेनपावरका शाखाहरुले भब्य कार्यालय खोली आर्थिक कारोबारसंगै ठगि धन्दालाई प्रसय दिदै आएका छन ।यता बैदेशिक रोजगार ब्यवसायी संघ सुनसरीका अध्यक्ष भक्त लामासंग सम्पर्क र्गदा उनले बिभागले गरेको निर्णय तत्काल फिर्ता गर्नुपर्ने अन्यथा केन्द्रमै बसेर आन्दोलन चर्काउने बताए । 

आन्दोलनकै निमित्त सुनसरी , मोरङ्ग र झापाका ब्यवसायीहरु काठमाण्डौ केन्द्रीत हुन थालीसकेको र बिभागले आफनो निर्णय खारेज नगरे आन्दोलन र्चकाउने मेनपावर ब्यवसायी संघ सुनसरीका अध्यक्ष लामाले बताए । उनले ठगि गर्ने मेपावरहरुलाई कार्वाही गर्नै पर्ने तर काठमाण्डौमा रहेका प्रधान कार्यालयहरुने ठगि धन्दामा ब्यस्त रहेको बताए । उनले केन्द्रीय कार्यालयहरुमा भएको ठगी धन्दा रोक्नुपर्नै तर शाखा खारेजी र्गदा आफुहरुको लाखौ लगानी डुब्ने बताए ।

0 comments

Write Down Your Responses