‘यता म दीर्घायुको दियो बाल्थें, उता बम हानिदिएछन्’
काठमाडौं, असार ८
बुधबार मध्याह्न साढे १२ बजे त्रिभुवन विमानस्थल परिसर हुँदै प्रहरीको एउटा भ्यान नेपाली सेनाको कालीप्रसाद गण नजिकै पुग्यो। गाडीभित्र आठ वर्षीय एक जना बालक, दुई सोह्र सत्र वर्षे युवती, अधवैंशे महिलालगायत थिए।
प्रहरीले भ्यानको ढोका खोलेपछि उनीहरू सबै उत्रिए।
ती सबैको घेरामा थिइन्, गंगाकुमारी रानामगर।
मुन्टो लर्किएको थियो। कपाल फुर्रर। आँखाका डिल रसाइरहेका थिए।
सिउँदो खाली गिथो। ओठ थर्थराइरहेको थियो। केही भन्न खोजेजस्तो गर्ने तर बोल्न नसक्ने यो दृश्यले कालीप्रसाद गण परिसरको वातावरणमा केहीबेर मौनता छायो।
गंगाकुमारीको यो बेहाल क्यामराबाट कैद हुँदैथिए।
कान्छी छोरी आस्माले गंगाकुमारीको देब्रे हात समातेकी थिइन्। दाहिनेतिर जेठी छोरी आस्थाले उनलाई उभिन सहयोग गरेकी थिइन्।
आठ वर्षीय छोरा अनुप दाजु अशोकसँग टुकुटुकु हिँडिरहेका थिए। विस्तारै विस्तारै उनीहरू कालीप्रसाद गण बाहिरको गौचर चमेना गृहभित्र छिरे।
गंगाकुमारीलाई प्लास्टिकको कुर्चीमा बसाइयो। वरिपरि आफन्तको घेरा थियो।
साढे १२ बजे नेपाल एयरलाइन्सको जहाज काबुलबाट उडिसकेको खबर सुनिसकेका थिए। गंगाकुमारी र उनका छोराछोरी काबुल बम विस्फोटामा मारिएका चन्द्रबहादुरको शव बुझ्न विमानस्थल पुगेका थिए।
बुधबार मध्याह्न साढे १२ बजे त्रिभुवन विमानस्थल परिसर हुँदै प्रहरीको एउटा भ्यान नेपाली सेनाको कालीप्रसाद गण नजिकै पुग्यो।
गाडीभित्र आठ वर्षीय एक जना बालक, दुई सोह्र सत्र वर्षे युवती, अधवैंशे महिलालगायत थिए।
प्रहरीले भ्यानको ढोका खोलेपछि उनीहरू सबै उत्रिए।
ती सबैको घेरामा थिइन्, गंगाकुमारी रानामगर।
मुन्टो लर्किएको थियो। कपाल फुर्रर। आँखाका डिल रसाइरहेका थिए।
सिउँदो खाली गिथो। ओठ थर्थराइरहेको थियो। केही भन्न खोजेजस्तो गर्ने तर बोल्न नसक्ने यो दृश्यले कालीप्रसाद गण परिसरको वातावरणमा केहीबेर मौनता छायो।
गंगाकुमारीको यो बेहाल क्यामराबाट कैद हुँदैथिए।
कान्छी छोरी आस्माले गंगाकुमारीको देब्रे हात समातेकी थिइन्। दाहिनेतिर जेठी छोरी आस्थाले उनलाई उभिन सहयोग गरेकी थिइन्।
आठ वर्षीय छोरा अनुप दाजु अशोकसँग टुकुटुकु हिँडिरहेका थिए। विस्तारै विस्तारै उनीहरू कालीप्रसाद गण बाहिरको गौचर चमेना गृहभित्र छिरे।
गंगाकुमारीलाई प्लास्टिकको कुर्चीमा बसाइयो। वरिपरि आफन्तको घेरा थियो।
साढे १२ बजे नेपाल एयरलाइन्सको जहाज काबुलबाट उडिसकेको खबर सुनिसकेका थिए। गंगाकुमारी र उनका छोराछोरी काबुल बम विस्फोटामा मारिएका चन्द्रबहादुरको शव बुझ्न विमानस्थल पुगेका थिए।
राम्रोसँग पढ्नू, आमाको रेखदेख गर्नू,’ टेलिफोनमा चन्द्रबहादुरले भनेका थिए, ‘म तिमीहरूकै लागि कमाउन आएको छु।’
बाबुसँग भएको अन्तिम संवाद सम्झँदै गर्दा आस्थाका आँखाबाट बर्रर आँशुका धारा झरे।
***
२०६० सालमा चन्द्रबहादुरले प्रहरी हवल्दारको जागिर छोडे। एघार वर्षे फौजी जीवन बिताएर उनी त्यतिकै थिए, दुई वर्षपहिले अफगानिस्तान गए। नेपालमा केही नदेखेपछि चन्द्रबहादुर पुलिस हुँदा सिकेको सिप अफगानिस्तानमा बेच्न पुगेका थिए।
महिनाको लाख रुपैयाँ कमाइ हुने आशमा अफगानिस्तान पुगेका चन्द्रबहादुरको सोमबार तालिवानी आतंकवादीले गरेको आत्मघाती बम विस्फोटमा ज्यान गयो।
काबुलस्थित क्यानेडियन दूतावासको सेक्युरिटी गर्न जाँदै गर्दा बाटोमा आतंकवादी विस्फोटमा पर्दा उनीसहित १२ नेपालीको मृत्यु भएको थियो। सात जना घाइते भएका थिए।
***
प्रहरीहरू ओहोरदोहोर गरिरहेका थिए। आफन्त भने विमानस्थलमा बसेका जहाज हेर्दै आँशु थाम्न खोजिरहेका थिए।
हल्का पानी पर्न सुरू भएको थियो। त्यहीबेला कालीप्रसाद गण परिसरमा एक महिला पुगिन्।
दाहिने हातले दुधे बालक च्यापेकी थिइन्। देब्रेतिर बहिनीजस्ती देखिने महिला पनि थिइन्। आँखाभरि गाजल र त्यसैको टिका लगाएका पाँच महिने ती बालकको नसिवमा आफ्ना बाबु कस्ता थिए देख्ने, चिन्ने रहेनछ।
श्रीमान्को बियोगले उनी शोकमा थिइन्, त्यहीबीचमा पनि उनले थोरै कुरा गरिन्।
‘सबैले सोध्छन्, गर्ने कसैले केही हैन होला, यति सानो बाबु हुँदै ...,’ सञ्चिता सकिनसकि बोल्न थालिन्, ‘यो बाबुलाई कसरी हुर्काउँ म?’
छोरा जेनिसलाई भने यो दृश्य अनौठो लागिरहेजस्तो देखिन्थ्यो। घरि मुन्टो यता घरि उता गर्थे, मान्छे नियाल्थे।
श्रीमान् जितेन्द्रसँग सञ्चिताको आइतबार राति ९ बजे अन्तिम कुरा भएको थियो। फोन गरिरहन्थे।
त्यही सिलसिलामा लोग्नीस्वास्नीको केहीबेर संवाद चल्यो।
उनीहरूबीच दिनमा तीन–चार पटक मोबाइलमा कुरा हुन्थ्यो। ‘बिहानको ड्युटी छ, एम्बेसी ड्युटीमा जानुपर्ने छ,’ जितेन्द्रले भनेका थिए।
जितेन्द्र विदामा आएर फागुन २०÷२२ (यकिन नगरिएको मिति)मा अफगानिस्तान गएका थिए।
जितेन्द्रले पन्ध्र वर्ष इन्डियन आर्मीमा जागिर खाए। त्यताबाट फर्केपछि तीन वर्ष इराक बसे।
इन्डियन आर्मीको पन्ध्र वर्षे अनुभव, उसमाथि धेरै पैसा कमाउने सपना बुनेर उनी अफगानिस्तान पुगेका थिए।
भोलिपल्ट विहान काबुलमा नेपाली चढेको बसमा विस्फोट भएको समाचार आयो।
साथीभाइले सञ्चितालाई सुनाए, ‘तिम्रा श्रीमान् पनि परे रे।’पानी दरर दन्कियो। रनवेमा जहाज आइपुगेको जानकारी पाएपछि नेपाली सेनाले गणको गेट खोल्यो। पानीमा भिज्दै मृतकका आफन्तको लाइनमा सञ्चिता डाको छोडेर रुँदै हिँडिरहेकी थिइन्।
छोरा जेनिसलाई आफन्तले च्यापेका थिए। निदाएका जेनिस नभिजुन् भनेर जोगाइयो। चिसोबाट जोगाउन पछ्यौराले छोपिएको थियो।
दुई मिनेटजतिको पैदल यात्रापछि रनवेको एकछेऊ खुला स्थान भेटियो। जहाँ सेनाले टेन्ट गाडेको थियो। उतापट्टिको शान्ति सेना ह्याङगर (भवन)मा सयपत्रीका माला ठिक्क पारिएको थियो। आफन्तहरू टेन्टभित्र जाँदै कुर्चीमा बसिरहेका थिए।
टेन्टभित्र श्रम मन्त्री दीपक बोहरा पुगिसकेका थिए। केहीबेरमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, गृहमन्त्री शक्तिबहादुर बस्नेत र स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाही पुगे।
केहीबेरमा प्रधानमन्त्री केपी शर्मा ओली पनि पुगे। उनी पनि अरूसँगै टेन्टमै ओत लागे।
नेपाली सेना र प्रहरीका तीन वटा ट्रकमा बाकसभित्र राखिएका शव ल्याउँदा सञ्चिताले मन थाम्न सकिनन्।
अरू आफन्त आँखा पनि ओभाना थिएनन्।
बाहिर झरी परिरहेको थियो, टेन्टभित्र आफन्तका आँखामा आँशुको भेल बगिरहेको थियो।
टेन्टभित्र सञ्चिता बर्बराइरहेकी थिइन्, ‘यहाँ म दीर्घायुका लागि दियो बालेर बस्ने, उता बम हानेर मार्ने!’
आफन्तले उनलाई सम्हाल्न खोजिरहेका थिए।
बर्बराउँदै गर्दा उनको होस गुम्यो। आफन्तले हम्किन थाले। पानी छ्यापे। केहीबेरमा उनले आँखा खोलिन्। त्यतिञ्जेलमा बाकस ट्रकबाट ह्याङगरसम्म पुर्याइसकिएको थियो।
प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री कमल थापा, श्रममन्त्री दीपक बोहरा, प्रहरी, सेनाका अधिकारीहरू ह्याङगरतर्फ लागे।
चिच्याहट सुरू भयो। आफन्तको रुवाईले वातावरण शोकमय बन्यो। पानी दरर दन्कियो। रनवेमा जहाज आइपुगेको जानकारी पाएपछि नेपाली सेनाले गणको गेट खोल्यो। पानीमा भिज्दै मृतकका आफन्तको लाइनमा सञ्चिता डाको छोडेर रुँदै हिँडिरहेकी थिइन्।
छोरा जेनिसलाई आफन्तले च्यापेका थिए। निदाएका जेनिस नभिजुन् भनेर जोगाइयो। चिसोबाट जोगाउन पछ्यौराले छोपिएको थियो।
दुई मिनेटजतिको पैदल यात्रापछि रनवेको एकछेऊ खुला स्थान भेटियो। जहाँ सेनाले टेन्ट गाडेको थियो। उतापट्टिको शान्ति सेना ह्याङगर (भवन)मा सयपत्रीका माला ठिक्क पारिएको थियो। आफन्तहरू टेन्टभित्र जाँदै कुर्चीमा बसिरहेका थिए।
टेन्टभित्र श्रम मन्त्री दीपक बोहरा पुगिसकेका थिए।
केहीबेरमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, गृहमन्त्री शक्तिबहादुर बस्नेत र स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाही पुगे।
केहीबेरमा प्रधानमन्त्री केपी शर्मा ओली पनि पुगे। उनी पनि अरूसँगै टेन्टमै ओत लागे।
नेपाली सेना र प्रहरीका तीन वटा ट्रकमा बाकसभित्र राखिएका शव ल्याउँदा सञ्चिताले मन थाम्न सकिनन्। अरू आफन्त आँखा पनि ओभाना थिएनन्।
बाहिर झरी परिरहेको थियो, टेन्टभित्र आफन्तका आँखामा आँशुको भेल बगिरहेको थियो।
टेन्टभित्र सञ्चिता बर्बराइरहेकी थिइन्, ‘यहाँ म दीर्घायुका लागि दियो बालेर बस्ने, उता बम हानेर मार्ने!’
आफन्तले उनलाई सम्हाल्न खोजिरहेका थिए।
बर्बराउँदै गर्दा उनको होस गुम्यो। आफन्तले हम्किन थाले। पानी छ्यापे। केहीबेरमा उनले आँखा खोलिन्। त्यतिञ्जेलमा बाकस ट्रकबाट ह्याङगरसम्म पुर्याइसकिएको थियो।
प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री कमल थापा, श्रममन्त्री दीपक बोहरा, प्रहरी, सेनाका अधिकारीहरू ह्याङगरतर्फ लागे।
चिच्याहट सुरू भयो। आफन्तको रुवाईले वातावरण शोकमय बन्यो।
प्रधानमन्त्री, मन्त्रीहरूले बाकसमा माल्यार्पण गरे। श्रीमानको शवको बाकसछेऊ पुगेकी सञ्चिता फेरि बेहोस् भइन्।
प्रहरी, आफन्त र सेनाले उनलाई समातेर टेन्टको कुर्सीमा ल्याइदिए। आफन्त हम्किरहेका थिए, पानी छ्यापिरहेका थिए।
आँखा भिजेका ती आफन्तसँग पनि सञ्चितालाई सान्त्वना दिने सायद शब्द थिएन।
त्यहीबेला प्रधानमन्त्री ओली सञ्चारमाध्यममार्फत समवेदनाको शब्द व्यक्त गर्दै भन्दै थिए, ‘अत्यन्तै निन्दनीय र निकृष्ट हमला हो।’
***
‘रुख त ढल्यो। अब बालबच्चा कसरी हुर्काउने, उनीहरूको भविष्य कसरी अगाडि बढ्छ?,’ काबुलमा मारिएका मधुसूदन कोइरालाका भाइ नरहरि कोइराला गुनासो पोख्दै थिए।
नुवाकोटका मधुसूदनले वैशाख १२ को भूकम्पमा एक छोरा र एक छोरी गुमाएका थिए। अब मधुसूदनका चार वटी छोरी छन्।
मधुसूदन चार वर्षअघि अफगानिस्तान गएका थिए। दुई हप्ते विदा आएर उनी वैशाख १७ गते अफगानिस्तान फर्किएका थिए।
नरहरिका अनुसार मधुसूदन बढी पैसा हुन्छ भनेर अफगानिस्तान पुगेका हुन्। नेपाली सेनाको हवल्दारबाट चार वर्षअघि अवकाश भएलगत्तै उनी अफगानिस्तानतिर लागेका थिए।
नरहरिको बुझाइमा यसरी नेपाली असुरक्षित देशमा काम खोज्दै पुग्नुमा सरकार पनि दोषी छ, किनभने सिप सिकेको नेपाली जनशक्तिलाई उसको हैसियतअनुसारको रोजगारी नेपालमा छैन।
‘बालबच्चाको बिजोग नहोस्, सरकारले हेरोस्, हाम्रो भन्नु यही छ,’ नरहरिले भने।
बुधबार काबुल विस्फोटमा मारिएका १२ नेपालीहरूको शवसँगै क्यानेडियन दूताबासमा ड्युटी गरिरहेका २४ नेपाली बन्दुक त्यहीँ बिसाएर नेपाल फर्केका छन्। उनीहरूका अनुसार क्यानेडियन दूताबासको ड्युटी अत्यन्तै असुरक्षित छ, काम लगाउने कम्पनीले पनि बाटोमा जाँदा सुरक्षाको खासै प्रबन्ध मिलाउँदैन।
काम छोडेर फर्किएका सुनसरी इटहरीका वीरबहादुर खत्रीलाई विस्फोट घटनापछि त्यहाँ बस्न मन लागेन। उनका अनुसार त्यो दूताबासमा १४७ जना नेपाली ड्युटी गर्छन्। तीमध्ये सरकारी टोलीको सम्पर्कमा पुगेका २४ जना कहिल्यै अफगानिस्तान नजाने बाचा गर्दै नेपाल बुधबार फर्केका हुन्।
‘एक महिनाको पारिश्रमिक नबुझी हामी नेपाल फर्कियौं,’ खत्रीले सेतोपाटीसँग भने, ‘अब सायद कुनै मुलुकमा पनि गइँदैन होला रोजगारीका निम्ति।’

0 comments
Write Down Your Responses