काबुल आक्रमणमा १४ नेपालीको मृत्यु भएको पुष्टि, पाँच घाइते

६ असार, काठमाडौं । 

अफगानिस्तानको राजधानी काबुलमा सोमबार विहान भएको आत्मघाती आक्रमणमा १४ नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।

 काबुलमा सोमबार बिहान मिनीबसमाथि बम आक्रमण भएको थियो । आक्रमणमा १४ जनाको मृत्यु भएको छ । मृत्यु भएका सबै नेपाली नागरिक भएको अफगान गृहमन्त्रालयले पुष्टि गरेको छ । घटनामा ९ जना घाइते भएका छन् । उनीहरु मध्ये पाँच नेपाली र चार अफगान नागरिक छन् ।

 नेपाली सुरक्षागार्ड बोकेको मिनीबसमाथि बम हमला भएको त्यहाँको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता सेदिक सिद्दिकीले दिएको जानकारी अनुसार पैदल हिँड्दै आएका आत्मघाती हमलाकारीले बस रोकिएको अबस्थामा आफूलाई बिष्फोट गराएका थिए ।

 बसमा यात्रा गरिरहेका नेपाली सुरक्षा गार्डसँगै सडकमा यात्रा गरिरहेका पैदलयात्रु पनि घाइते भएको अफगान प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses