हाकिमलाई खुसी पार्न आफ्नै पत्नीलाई शारीरिक सम्पर्क राख्न लगाउँदा…

एजेन्सी :

 बाराणसीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गर्ने प्रयास गरेकी छिन् । श्रीमानले मालिकलाई खुसी पार्न घरमै बोलाएर मालिकसँग शारीरिक सम्बन्ध राख्न बाध्य पारेपछि अन्तिममा मालिकसँगै मिलेर श्रीमानको हत्या गर्न खोजेकी हुन् । सुरुमा शारीरिक सम्पर्क राख्न नमानेकी महिलाले आफ्नो फाइदाका लिन श्रीमान मनीष सेठले दिनदिनै मालिकसँग सम्बन्ध राख्न लगाउँदा ती महिलाको मालिकसँगै प्रेम परेको थियो ।

 त्यो प्रेम उत्कर्षमा पुगेपछि महिलाका श्रीमान झण्डै मारिएका थिए । महिला र मालिक मिलेर मनीषको हत्या गराउन खोजेका थिए तर, आक्रमणमा परी उनी घाइते मात्रै भए । प्रहरीले मनीषकी श्रीमती र उनका मालिक जितेन्द्रलाई पक्राउ गरेको छ ।

 बाराणसी प्रहरी अपराध प्रमुख एसपी त्रिभुवन सिंहले हत्याको अभियोगमा मनीषकी श्रीमती र जितेन्द्रलाई पक्राउ गरिएको जानकारी दिए । महिलाको प्रेममा परेको जितेन्द्रले आफ्नी घरकी श्रीमती छाडेका थिए र मनीषको हत्या गर्न स्थानीय गुण्डालाई १ लाख ८० हजारको सुपारी पनि दिएका थिए ।

प्रहरी वयानमा जितेन्द्र मालिकबाट फाइदा लिन श्रीमतीलाई सम्बन्ध राख्न लगाएको तर श्रीमती नै प्रेममा पर्दा मालिकबाट कुनै फाइदा नहुँदा श्रीमतीलाई मालिकसँग भेट्न रोक लगाएको बताएका छन् । उनले भनेका छन्- ‘तैपनि उनी लुकेर मेरो मालिकलाई भेट्न थालिन र मलाई नै मार्न खोजी ।’

0 comments

Write Down Your Responses