भक्तपुरमा चिडियाखानाको शिलान्यास
काठमाडौं, असार ९
सरकारले भक्तपुरको सूर्यविनायकमा प्राणी उद्यान बनाउने भएको छ। ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना साँघुरो भएपछि सरकारले सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान बनाउने भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले विहिवार सूर्यविनायकमा पुगेर प्राणी उद्यानको शिलान्यास गरेका हुन्।
प्राणी उद्यान २ सय ४५ हेक्टर क्षेत्रफलमा फैलिने वन तथा भू संरक्षण मन्त्रालयले जनाएको छ। सरकारले उद्यान निर्माणका लागि चालु आर्थिक वर्षका लागि नै साँढे ५ करोड रुपैयाँ निकासा गरिसकेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यान निर्माणपछि कला र संस्कृतिको जीवित संग्रालयको रुपमा रहेको भक्तपुर जीवजन्तु तथा वनस्पतिको जीवित संग्रहलायको रुपमा परिचित हुने र त्यसले जिल्लाको विकासमा ठूलो मद्दत पुर्याउने बताए।
१ सय ४ प्रकारका जीवजन्तु रहेको सदर चिडियाखाना जम्मा ६ हेक्टरमा फैलिएकामा सूर्यविनायकमा २ सय ४५ हेक्टर क्षेत्रफलमा प्राणी उद्यानको निर्माणपछि जीवजन्तुका प्राकृतिक क्रियाकलाप अवलोकन गर्न पाइने वन मन्त्रालयले जनाएको छ ।

0 comments
Write Down Your Responses