छोरो डाक्टर भएकोे देख्ने सपना अधुरै
फर्कँदा भेट्छु भन्थ्यो, नभेटी गयो
अर्चलबोट (लमजुङ): प्रहरी प्रधान कार्यालयमा एक सँगै खाना खाएर एकै ओछ्यानमा सुतेका पूर्व असई बीरसिङ्ग घलेले सोमबार काबुलमा ज्यान गुमाएका अर्चलबोट–९, साँखरका अमृतबहादुर थापालाई झलझली सम्झिरहेका छन् ।
काबुलमा अन्य ११ जनासँगै बीरसिङ्गको पनि ज्यान गएको खबर आएपछि उनी निकै अत्तालिए । प्राबिधिक सञ्चार तालिममा एक वर्षसँगै काम गरेपछि बढ्न थालेको उनीहरुको मित्रता पेशा निवृत्त नहुञ्जेलसम्म पनि कायमै थियो ।
‘काममा इमान्दार भएर लाग्थ्यो, उनले बिगत सम्झँदै भने, ‘भलिबल खेलमा निकै अब्बल थियो, मिलनसार उस्तै ।’
जागिर छाडेको धेरै वर्षसम्म पनि उनीहरुको भेट हुन सकेन । गाउँमा २२ दिन बिताएर जेठ १६ गते अफगानिस्तानका लागि काठमाडौ हान्निएका उनीसँग गाडीमा देखादेख भयो । ‘हतार छ, आउँदा भेट्छु है भनेर गएका थिए’, उनले सम्झिए, ‘अब सधैँका लागि नभेटी गयो ।’
उनको निधनबाट पूर्वप्रहरी साथीहरु निकै दुःखी भएका छन् ।
निकै मिलनसार र मेहनेती मान्छे गुमाउँदा साँखर गाउँबासी चिन्तित बनेको वडा नागरिक मञ्चका संयोजक केशब लामिछानेले बताए ।
गाउँमा केही पर्दा अगाडि सथ्र्यो उनले भने, ‘निकै सहयोगी भावनाको मान्छे गाउँले गुमाउन प¥यो ।’ अमृतको निधनले उनकी पत्नी दुर्गा थापा (सुयाँल) को शब्द रोकिएको छ ।
एक वर्ष अफगानिस्तानमा बिताएर फर्कने बाचा गरी गएका अमृत कहिल्यै नफर्कने गरी विदा भएपछि पत्नी दुर्गा मुर्छा परेकी छन् ।गाउँमा केही पर्दा अगाडि सथ्र्यो उनले भने, ‘निकै सहयोगी भावनाको मान्छे गाउँले गुमाउन प¥यो ।’ अमृतको निधनले उनकी पत्नी दुर्गा थापा (सुयाँल) को शब्द रोकिएको छ । एक वर्ष अफगानिस्तानमा बिताएर फर्कने बाचा गरी गएका अमृत कहिल्यै नफर्कने गरी विदा भएपछि पत्नी दुर्गा मुर्छा परेकी छन् ।
‘डाक्टर छोरो’ हेर्ने सपना अधुरै
प्रहरीका पूर्व सई उनको पेन्सन र घरायसी उब्जनीले परिवारको गर्जो टथ्र्यो । छोरा मिरोजलाई पढाएर डाक्टर बनाउने सपना पुरा गर्न उनी अफगानिस्तान हानिएका थिए ।
छोरा, मिरोज अहिले धरानमा एमबीबीएस पढीरहेका छन् । तर, बाबु भने छोरा डाक्टर भएको हेर्न नपाउँदै गए ।
प्रहरीबाट पेन्सनमा निस्केर मलेसिया पुगेका उनी छोरालाई डाक्टर पढाउन पैसा नपुग्ने भएपछि जोखिममै मोलेर अफगानिस्तान गएका थिए ।
सात वर्ष अफगानिस्तानमा बिताएर वैशाखको दोस्रो हप्ता नेपाल फर्केका थिए । गाउँमा एक महिना छुट्टीमा बसेर गएका उनी २२ दिनमै बिते । वर्ष दिनपछि घर फर्किएर परिवारसँगै बस्ने उनेका रहर तालिवानले बीचैमा सदाका लागि चुँडिदिए ।

0 comments
Write Down Your Responses