विपन्नलाई ऋण नदिएको भन्दै हिमालयन बैंकलाई १ करोड जरिवाना

१२ असार, काठमाडौं ।

 नेपाल राष्ट्र बैंकले तोकेको अनुपातमा विपन्न वर्ग कर्जा प्रवाह नगरेको भन्दै हिमालयन बैंकलाई १ करोड १५ लाख ६६१ रूपैयाँ जरिवाना गरेको छ ।चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासिकमा तोकिएको अनुपातमा विपन्न वर्ग कर्जा सीमा अनुसार नभएको पाइएपछि राष्ट्र बैंकले हिमालयन बैंकलाई जरिवाना गरेको हो ।

 राष्ट्र बैंकले पहिलो त्रैमासिकमा ५६ लाख ८१ हजार ८३५ रुपैयाँ र दोस्रो त्रैमासिकमा ५८ लाख ४४ हजार ५२७ रुपैयाँ जरिवाना तिराएको छ । विपन्न वर्ग कर्जा नपुगेको भन्दै ठूलो रकम जरिवाना गरिएको यो पहिलो भएको आजको कारोबार दैनिकमा समाचार छ । 

 राष्ट्र बैंकको एकिकृत निर्देशन २०७२ अनुसार बैंकहरुले आफ्नो कुल कर्जा सापटको न्यूनतम ५ प्रतिशत विपन्न वर्गमा कर्जा लगानी गर्नुपर्छ । हिमालले यस अवधीमा ५६ अर्ब ८० करोड १२ लाख कुल कर्जा लगानी गरेको छ ।

 विपन्न वर्गको सूचीमा न्यून आय भएकार र माजिकरुपमा पिछडिएका महिला, जनजाति, दलित, दृष्टिबिहिन तथा सुस्त श्रवण भएका तथा शारीरिकरुपले अशक्त, सीमान्तकृत, साना किसान लगायतलाई समावेश गरिएको छ ।

 २०७३ असार १२ गते ६:१० मा प्रकाशित

0 comments

Write Down Your Responses