अन्नालाई धम्की
किभ (एएफपी), फाल्गुन २३ - हालै हत्या गरिएका रुसी विपक्षी नेता ५५ वर्षीय बोरिस नेम्त्सोभको केटीसाथीलाई पनि हत्याको धम्की आएको छ । उनी घटनाको बेला सँगै थिइन् ।
उनी युक्रेनी नागरिक हुन् । विपक्षी नेताको हत्यापछि उनी आफ्ना बाबुआमाको घर युक्रेनमा बस्दै आएकी छन् । उनले आफूलाई हत्या गर्ने धम्की आएको जानकारी शुक्रबार विज्ञप्तिमार्फत गराएकी हुन् ।
'उनलाई हत्या गर्ने धम्की बारम्बार फोनबाट आएको छ र उनले आफ्नो जीवनरक्षाका लागि प्रहरीसँग आग्रह पनि गरेकी छन्,' युक्रेनका अधिकारीले भनेका छन् । उनको जीवनरक्षाका लागि आवश्यक सुरक्षा मापदण्ड अपनाइएको छ । २३ वर्षीया अन्ना र नेम्त्सोभबीच तीन वर्षदेखि प्रेमसम्बन्ध थियो । उक्त हत्यालगत्तै प्रहरीले सोधपुछ गर्न केही दिन उनलाई हिरासतमा राखेको थियो ।
0 comments
Write Down Your Responses