एजेन्सीको सहयोगमा
बेलायतको पोर्टस्माउथमा किंगस्टन नामक एक समाधीस्थल हालैका दिनहरुमा निकै चर्चामा रहेको छ । उक्त समाधीस्थलमा केही दिनअघि भूत देखापरेको थियो ।
केही मानिसहरुले समाधीस्थलमा भूत देखिएको बारे स्थानीय पुलिसलाई जानकारी दिए ।
त्यसपछि पुलिसले उक्त भूत पक्रिने योजना बनायो र एकरात भूत पक्रिछाड्यो । उक्त भूतलाई बेलायतको एक अदालतले अन्ततः १५ महिनाको जेल सजाय सुनायो र उक्त भूत अहिले जेल सजाय काटिरहेको छ ।
साँच्चीकै अपत्यारिलो छ यो समाचार झ्वाट्ट सुन्दा ।
वास्तवमा समाधीस्थलमा देखिने उक्त भूत निकै डरलाग्दो थियो र यसले डरलाग्दो आवाज निकाल्थ्यो । रातको समयमा हात माथि उठाएर नाच्दथ्यो पनि । भूतलाई देखेर मानिसहरु निकै डराउँथे । भूतकै डरले मानिसहरु उक्त समाधीस्थल नजिक हुँदै जाने बाटो हिँड्न पनि छाडेका थिए ।
इसरी मानिसहरुलाई आतंकति बनाउने भूतको बारेमा उजरी आएपछि पुलिसलाई शंका लाग्यो र उसले उक्त भूतलाई पक्रिने योजना बनायो ।
पुलिसले एकदिन ढुकेर रातमा उक्त भूतलाई पक्रिइछाड्यो ।
भुतलाई पक्रेर उसका बाहिरी मुखुण्डो खोलेर हेर्दा पो थाहा भयो त्यो भूत रहेनछ २४ वर्षको एक युवक पो रहेछ । भूत बनेर तर्साउने उक्त युवकको नाम एन्थोनी स्टेल्याण्ड हो ।
उक्त युवकले आफ्नो गल्ती पुलिससामु स्विकार्यो । तर उसले किन त्यसो गरेको हो भन्ने चाहीँ खुलेको छैन । उक्त युवकको विरुद्धमा प्रहरीले मानिसहरुलाई त्रसित पारेको र समाधिस्थलमा नोक्सान पूराएको आरोपमा अदालतमा मुद्धा हाल्यो र अदालतले भूत बन्ने त्यो युवकलाई १५ महिनाको जेल सजायँ सुनाएको छ ।
उत्तरी र मध्य चीनमा आएको बाढीमा कम्तिमा ८७ जनाको ज्यान गएको छ।
थुप्रै हराइरहेका छन् र हजारौं हजार घरबार विहीन भएको अधिकारीहरुले बताएका छ्न।
खुबेय र खनान प्रान्त अकस्मात आएको बाढी र पहिरोबाट नराम्ररी प्रभावित भएका छन्।
खुबेयमा ७२ जनाको ज्यान गएको र करिब ५० हजार घर ध्वस्त भएको बताइएको छ। खनानमा १८ हजार घरमा क्षति पुगेको छ।
विस्थापित
चिनिया अधिकारीहरुले बाढीग्रस्त क्षेत्रमा आर्थिक सहायता दिने बताएका छन्। त्यहाँ दशौं लाख मानिस प्रभावित भएका छ्न्।
खुबेयका अधिकारीहरुका अनुसार जिङटाई नगरमा मात्रै २५ जनाको ज्यान गएको छ।
यो क्षेत्रमा तीन लाख मानिस विस्थापित भएका छन्।
खनानमा १५ जनाको मृत्यु भएको र ७२ हजार विस्थापित भएको बताइएको छ।चिनिया सञ्चार माध्यम सिन्ह्वाका अनुसार विद्युत आपूर्ति बन्द छ र ठूलो क्षेत्रमा सञ्चार र यातायात सञ्जालमा समस्या आएको छ।
आरोप
क्रुद्ध स्थानीयबासीले स्थानीय अधिकारीहरुले खराब मौसमबारे अग्रिम जानकारी दिन नसकेको आरोप लगाएका छन्।
चीनमा यो साल ग्रीष्मकालीन वर्षा निकै धेरै भएको छ। र खराब मौसमका कारण २०० भन्दा बढिको ज्यान गइसकेको अधिकारीहरुले बताएका छन्।
त्यसैगरी एक करोड पचास लाख भन्दा बढि हेक्टरको कृषिमा क्षति पुगेको छ। त्यसको अनुमानित आर्थिक क्षति तीन अर्ब डलर भएको बताइएको छ।
23/07/2016
असार २०
काठमाडौं–युरो २०१६ को आयोजक फ्रान्सलाई सबैभन्दा बढी चिन्ता सुरक्षाको छ । युरो सुरु हुनुअघि आतंकवादी हमला हुने अनेकौं हल्लाका बाबजुद फ्रान्सले अहिलेसम्म खेलाडी तथा अफिसियललाई असुरक्षा महसुस हुन दिएको छैन् ।
तर, समर्थकले अझै पनि ढुक्कका साथ युरोकप हेर्न सकेका छैनन् । अमेरिका, बेलायतलगायतका देशले युरो २०१६ मा आतंकवादी हमला हुनसक्ने भन्दै फ्रान्सको भ्रमण नगर्न आफ्ना नागरिकलाई भ्रमण नगर्न चेतावनी दिएका थिए । त्यसैले पनि समर्थकमा हमलाको त्रास हट्न सकेको छैन ।
आतंकवादी हमला हुनसक्ने हल्लाले शनिबार पेरिसस्थित आइफेल टावरको फ्यान जोनमा ठूलै आतंक मच्चायो । इटाली र जर्मनबीचको खेल हेर्न आइफेल टावरमा रहेको फ्यान जोनमा जम्मा भएका समर्थकहरुबीच भागदौड मच्चिएको थियो ।
भागदौडमा केही समर्थक घाइते भएका छन् । फ्यान जोनमा अचानक इस्लामिक स्टेटले हमला गर्दै छ भनी हल्ला फैलिरहेको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
१९ असार, काठमाडौं ।
इराकको राजधानी बगदादमा यो बर्षकै सबैभन्दा भयानक विष्फोट गराइएको छ । विष्फोटमा परि ७९ जनाको मृत्यु भएको छ भने १३० भन्दा बढी घाइते भएका छन् । मारिनेका अधिकांश वालवालिका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
समाचार एजेन्सी एएफपीका अनुसार उक्त विष्फोटको जिम्मा आइएसआइएस लडाकू समूहले लिएको छ । एक अनलाइन बक्तव्य जार गिर्दै इस्लामिक स्टेटले व्यस्त बजारको बीचमा गराइएको बिष्फोटको जिम्मा लिएको हो । यद्यपी यसको स्वतन्त्र पुष्टि हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
बर्षको सबैभन्दा ठूलो आक्रमणको रुपमा आइतबार बिहान बग्दादको व्यस्त बजारमा गरिएको कारबम हमलामा ७९ जनाको मृत्यु भएको हो भने १३० भन्दा बढी घाइते भए । यो बर्ष राजधानी शहरमा भएको यो सबैभन्दा ठूलो आक्रमण हो ।
अधिकारीहरुका अनुसार कर्रदा इलाकामा भएको बिष्फोटमा परेका धेरै मानिसहरु रमदान चाडका लागि किनमेल गर्न जम्मा भएकाहरु थिए ।
यसैबीच शनिबार बंगलादेशको ढाकामा २० जनाको मृत्यु हुने गरी गराइएको आक्रमणको जिम्मा पनि आइएसआइएसले नै लिएको थियो । तर त्यो घटनाबारे फरक फरक तथ्यहरु आइरहेको छ ।
ढाका, असार १८
आइएसको ढाका आक्रमण:
आइएस समर्थक बन्दुकधारीले शुक्रबार बंगलादेशको राजधानी ढाकाको एक क्याफे कब्जा गरी हत्या गरेका २० जना नागरिक मध्ये अधिकांस विदेशी भएको खुलेको छ।
सञ्चार माध्यमहरुका अनुसार उनीहरुले विदेशी नागरिकलार्इ मार्नु अघि धारिलो हतियारले आक्रमण गरी यातना दिएका थिए।
उक्त घटनामा ज्यान गुमाउने अधिकांश इटाली र जापानका नागरिक छन्।
‘उनीहरुले पाशविक ढंगले धारिलो हतियारले पिडितलार्इ आक्रमण गरे,’ बिबिसीले बंगलादेशी सेनाका जर्नेल नइम अशरफ चौधरीलार्इ उदृत गर्दै भनेको छ।
बंगलादेशी पत्रिका डेली स्टारका अनुसार मुस्लिम धर्मग्रन्थ कुरान बढ्न सक्नेलार्इ उनीहरुले छाडे भने नसक्नेलार्इ शारीरिक याताना दिए।
‘उनीहरुले बंगलादेशीलार्इ नराम्रो व्यवहार गरेनन्,’ उक्त आक्रमणमा बाँचेका बंगलादेशी नागरिक रेजाउल करिमलार्इ डेली स्टारले उदृत गरेको छ, ‘बरु सबै बंगलादेशीलार्इ रात्रिको भोजन समेत उपलब्ध गराए।’
कब्जामा आएका सबैलार्इ बन्दुकधारीले एक-एक गर्दै कुरान वाचन गर्न लगाएका थिए। कुरानका एक-दुर्इ वाक्य पनि भन्न नसक्नेलार्इ उनीहरुले मार्नु अघि यातना दिए।
आइएस समर्थित ७-८ जना बन्दुकधारीले हिजो साँझ ढाकास्थित ‘होले आरटीसन बेकरी क्याफे’लार्इ आफ्नो कब्जामा लिएका थिए।
बंगलादेशी सुरक्षाकर्मीले १२ घण्टापछि उक्त क्याफेलार्इ बन्दुकधारीबाट मुक्त गरेको छ।६ जना बन्दुकधारी मारिएका छन् भने एक जना पक्राउ परेका छन्।
उक्त मुटभेटमा दुर्इजना प्रहरीको पनि ज्यान गएको छ।
एक जापानिज र दुर्इ श्रीलंकनसहित सुरक्षाकर्मीले १३ जनाको उद्दार गरेको बिबिसीले बताएको छ।
ढाकाको कूटनीतिक नियोगहरु नजिक रहेको उक्त क्याफे विदेशी र स्थानीय मध्यम बर्ग माझ लोकप्रिय रहेको छ।
सबैले बुझेको कुरा के हो भने प्राकृतिक रुपले महिला गर्भवती हुनका लागि उनको पुरुषसँग शारीरिक सम्बन्ध भएकै हुनुपर्छ ।
तर अमेरिकाको फ्लोरिडामा एउटा यस्तो घटना भएको छ, जसले उल्लेखित मान्यतालाई चुनौति दिएको छ । त्यहाँ एक पौडी पोखरीमा नुहाएसँगै १६ जना किशोरीहरु गर्भवती भएका छन् ।
यी किशोरीहरु १३ देखि १७ वर्षसम्मका थिए ।
उनीहरु कुनै पुरुषसँग शारीरिक सम्बन्ध राखेर गर्भवती भएका होइनन् र अहिलेसम्म उनीहरुले कुनैपनि पुरुषसँग यौन सम्पर्क गरेका पनि छैनन् । यस्ता १६ जना भर्जिन किशोरीहरु सहवास विनै एकसाथ गर्भवती बनेसँगै त्यहाँ हंगामा नै मच्चियो।
मिडिया रिपोर्ट अनुसार यी सबै किशोरीहरु आफ्नो साथीको पूल पार्टीमा सहभागि भएका थिए ।
जहाँ उनीहरु जमेर पार्टी गरे र नाचगान पश्चात स्विमिंग पूलमा नुहाउन गए । मज्जाले नुहाए पनि । तर त्यसको केही समयपछि उक्त पोखरीमा नुहाए सबै १६ जना किशोरीहरु गर्भवती भएको पत्ता लाग्यो ।
यसरी पौडी पोखरीमा एकैदिन नुहाउन गएका युवतीहरु एकसाथ गर्भवती बनेको घटनाको छानविन गर्ने क्रममा उक्त पोखरीको पानीमा सुक्ष्म जाँच गरियो ।
त्यस क्रममा किशोरीहरुले नुहाउने बेलामा पानीमा पुरुषका जिवित शुक्रकिटहरु रहेको तथ्य पत्ता लाग्यो । तिनै शुक्रकिटहरु युवतीको यौनांगबाट भित्र प्रवेश गरी उनीहरुलाई गर्भवती बनाएको निष्कर्ष निकालियो ।यसरी स्विमिंग पूलको पानीले महिला गर्भवती बनेको घटना यो पहिलो भने होइन । यसअघि सन् २००९ मा पोल्याण्डमा एक होटलको स्विमिंग पूलमा पौडी खेल्ने तथा नुहाउने गरेकी एक किशोरीको पनि गर्भ रहेको घटना सार्वजनिक भएको थियो ।
२०७३ असार ८ गते ८:४३ मा प्रकाशित
पत्नीसँग कुरा गरेको दुई घन्टापछि सुकबहादुर काबुलमा अस्ताए
भवानी अधिकारी
स्याङ्जाः ‘बृद्ध आमा, छोरा—छोरी र आफनो ख्याल गर्नु म डेढ बर्षपछि मात्र घर आउँछु,' मंगलबार बिहान सुकबहादुर गुरुङले श्रीमतीलाई यत्ति भनेको दुई घन्टापछि उनी आफैँ अस्ताए । सुकबहादुरले आतंकवादी हमलामा पर्नुभन्दा ठिक दुई घन्टाअघि मात्र पत्नीसँग भाइवरमा कुरा गरेका थिए ।
घटना घट्नु भन्दा २ घण्टाअघि आफनी पत्नीसंग भाईवरमा कुरा गरेका ४३ बर्षीय सुकबहादुर गुरुङ अब कहिल्यै नफर्कनेगरी गएका छन् ।
६/६ महिनामा घर आउने बिदा पाइने भए सिन ४३ वर्षीया गुरुङले डेढ वर्षमा एकैपटक घर आउने बताएको अन्तिम वार्तालापसँगै उनकी श्रीमती भक्कानिएकी छन् ।
श्रीमान् सुकबहादुर सँगको त्यो अन्तिम वार्तालाप सम्झदै ३८ बर्षीया पत्नी बेलकुमारी गुरुङका आँसु थामिएकै छैनन्।
बेलकुमारीसँगै सुकबहादुरकी ७५ वर्षीया वृद्ध आमा, अनि ६ वर्षे छोरा र १८ वर्षीया छोरी अर्धचेत छन् ।
काबुल घटनाको खवर यत्रतत्र सुनिन थालेपछि घरमा भेट्न आउने आफन्तको लर्को लाग्न थालेको छ । आतंकवादी संगठन तालिवानद्वारा अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम आक्रमणमा परी ज्यान गुमाएका १२ नेपाली मध्ये स्याङ्जाका सुकबहादुर गुरुङ पनि एक हुन् ।
काबुलस्थित क्यानेडिएन दूतावासमा सुरक्षा गार्डका रुपमा कार्यरत १२ जना नेपाली आतंकवादीको बम आक्रमणमा मारिएका थिए ।
तालिवानले सोमबार बिहान १२ नेपाली सहित १४ जनाको हत्या गरेको थियो भने ७ जना गम्भीर घाइते छन् ।
गुरुङले आइतबार साँझ गाउँले साथी दीलकुमार भुजेलसँगको अनलाइन वार्तामा आफनो इलाका खतरा रहेको जनाउ दिएका थिऐ ।
कुराकानीका क्रममा कोल्माका दुई साथी अफगानिस्तानबाट बिदामा घर आएको जनाऊ दिदा गुरुङ्ले आफनो ‘इलाका खतरा रहेको र कुन बेला के हुने हो भरै नहुने ' बताएको स्मरण गर्छन् भुजेल पनि ।
प्रायजसो: अनलाइनमा देखिने गुरुङ सोमबार साँझसम्म अनलाइनमा नदेखिएपछि र संचारमाध्यममा पनि उनको नाम प्रशारण हुन थालेपछि आफु झसंग भएको भुजेलको भनाइ छ । भुजेल भन्छन्, ‘अति मिलनसार र केही गर्नुपर्छ भन्ने भावना बोकेको व्यक्ति थियो ऊ, कत्ति पनि विश्वास लागेको छैन ।
ऊ अब संसारमा छैन भनेर ।
स्याङजाको कोल्मा गाविस ५ कल्स्याङ्दी घर भएका नेपाली सेनाका जागिरे गुरुङ माओवादी जनयुद्धका कारण जागिर छाड्नु परेपछि अफगानिस्तानतर्फ लागेका थिए । गुरुङ त्रिभुवन आर्मी क्लबको फुटबल खेलाडी समेत हुन् ।
हाल गुरुङका परिवार काठमाडौं स्थित लैनचौनमा बस्दै आएका छन् । करिब ५ महिनाअघि मात्र गुरुङ पुनः अफगानिस्तान गएका हुन ।
बाह्र बर्षदेखि अफगानिस्तानमा सुरक्षा गार्डको रुपमा कार्यरत रहेको गुरुङका साला दुर्गा खरेलले जानकारी दिए ।
मृतक सुकबहादुरका आफन्तलाई बुधबार (भोली) गुरुङको शव नेपाल आइपुग्ने खवर भैसकेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत यादवराज शर्माले जानकारी दिए ।
कुविक एनपी न्युजबाट
काठमाडौँ: मुलुकमा पर्याप्त विदेशी लगानी भित्रिन नसकेको भन्ने गुनासो आइरहेका बेला छिमेकी मुलुक चीनका मात्र ९३० उद्योगले २५ अर्ब ४८ करोड ८० लाख भन्दा बढी लगानी गर्न स्वीकृति प्राप्त गरेका छन् ।
विश्व बजारमा लगानीमार्फत प्रवेश गर्दै आएको चीनको उक्त लगानीबाट मुलुकमा करिब ४५ हजार ८६९ रोजगारी सिर्जना हुने उद्योग विभागले जनाएको छ ।नेपालमा विसं २०४६ देखि हालसम्म विश्वका कुल ८७ देशले जम्मा तीन हजार ५७८ उद्योग दर्ताका लागि स्वीकृति प्राप्त गरेका छन्, त्यसमध्ये सबैभन्दा बढी चीनका उद्योग छन् ।
विदेशी उद्योगको जम्मा लगानी एक खर्ब ९२ अर्ब ९४ करोड ९० लाख रहेको छ भने उक्त लगानीबाट दुई लाख १४ हजार १२१ रोजगारी सिर्जना भएको अनुमान छ ।
विदेशी उद्योगलाई प्रोत्साहन गर्न दर्ता प्रक्रियाबारे जानकारी दिने उद्देश्यले विभागले निकट भविष्यमै विज्ञमार्फत निःशुल्क परामर्श सेवा दिन डेस्क स्थापना गर्ने विभागका निर्देशक रुद्रबहादुर मल्लले जानकारी दिए ।
यस बाहेक उद्योग दर्ताका लागि विभागले एकद्वार नीति बनाएर काम अघि बढाएपनि अन्य सरकारी निकायसँगको समन्वयको अभावमा त्यसमा भने सफलता प्राप्त गर्न नसकेको उनले बताए ।
झन्डै एकवर्ष अघि उद्योग परिसरमा अध्यागमन र पर्यटन विभागलगायत आवश्यक सरकारी निकाय अन्तर्गतका एकाइ स्थापना गरिएपनि त्यसलाई निरन्तरता दिन नसकिएको विभागको भनाइ छ ।
चीनको मुख्य भूमिबाट उद्योग खोल्न स्वीकृत पाएका उपरोक्त ९३० उद्योगबाहेक चीन (हङकङ) बाट ३१ उद्योगले रु २५ अर्ब १८ करोड २० लाख भन्दा बढी लगानीका लागि स्वीकृत प्राप्त गरेका छन् ।
त्यस्तै चीन (ताइवान) बाट १५ उद्योगले करिब रु २७ करोड ४० लाख लगानी गर्न स्वीकृत प्राप्त गरेका छन् । हङकङ र ताइवानअन्तर्गतका समेत गरी जम्मा ४६ उद्योगले पाँच हजार २६१ रोजगारी सिर्जना गर्ने अनुमान गरिएको छ ।
विदेशी उद्योग दर्ता प्रक्रियाको सहजताका लागि विभागले हाल अनलाइन सेवा सुरु गर्ने तयारी गरेको र निकट भविष्यमै सेवा सञ्चालनमा ल्याउने विभागका विदेशी लगानी शाखाका निर्देशक विपीन राजभण्डारीले बताए ।यसका लागि विभागले गत वैशाख २२ गते परीक्षण सेवा समेत सुरु गरिसकेको छ ।
अनलाइन सेवा सुरु गर्न विश्व बैंकको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले प्राविधिक सहयोग गर्नुका साथै विभागका जनशक्तिलाई प्रशिक्षित गर्दै आएको छ ।
नेपालमा दर्ताका लागि स्वीकृति प्राप्त गरेका विदेशी उद्योगमध्ये सबैभन्दा बढी एक हजार १८३ उद्योग सेवा क्षेत्रका छन् भने सबैभन्दा कम ४५ निर्माण क्षेत्रका रहेका छन् ।स्तै, कृषि र वनमा आधारित २२२, ऊर्जा क्षेत्रका ७४, उत्पादनमूलक ९७२, प्रशोधन क्षेत्रका ६५ र पर्यटन क्षेत्रका एक हजार १५ उद्योग रहेको निर्देशक राजभण्डारीले जानकारी दिए ।दर्ता भएका विदेशी उद्योगमध्ये २६५ ठूला, ३७५ मझौला र दुई हजार ९३८ साना प्रकृतिका छन् ।
नेपालमा तीन करोडसम्म स्थिर पुँजी भएका साना उद्योग घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुन्छन् । तीन करोड देखि १० करोड सम्म स्थिर पुँजी भएका मझौला र १० करोड भन्दा बढी स्थिर पुँजी भएका उद्योग उद्योग विभागमा दर्ता हुने कानुनी व्यवस्था छ । रासस
२०७२ माघ १२ गते
वैशालु जोवन कसलाई पो मन पर्दैन र ?
आफु जिउ सधै तन्नेरी तथा जवान भैराखोस् भन्ने चाहना सबैको हुन्छ । हुनत, जवानी भन्ने कुरा सधै रहिरहने कुरा होइन र एकदिन मानिसको छाला चाउरी परेरै छाड्दछ । त्यसैले जे गर्नुछ उमेरमै गर्नुपर्छ भन्छन् बुढापाका । त्यसैले होला दुनियामा वैँशको उत्सव मनाउने विभिन्न निहुँ खोज्छन् मानिसहरु । खुसी मनाउने मामिलामा जापानीहरुलाई कसले जित्ने ? उनीहरु आफ्नो उमेर २० वर्ष पुगेको अवसरमा समेत ठूलै उत्सव मनाउँछन् ।
हो, जापनमा हरेक वर्ष एउटा यस्तो समारोह हुन्छ जहाँ २० वर्ष उमेर पुगेका युवतीले भाग लिन्छन् । कमिंग अफ एज डे नामक उक्त समारोहमा अब वयस्क उमेरमा प्रवेश गरियो भन्ने खुसीयालीमा युवायुवतीहरु झुम्दछन् । गत जनवरी ११ सोमबारका दिन पनि जापानमा यो समारोहको आयोजना भयो । यसलाई आउँदो पुस्ताको उत्सव पनि भन्ने गरिन्छ । हरेक वर्ष जनवरी महिनामा यस्तो कार्यक्रमको आयोजना गरिन्छ ।
विभिन्न पार्क, होटल तथा खुल्ला ठाउँहरुमा यस्ता कार्यक्रमको आयोजना गरिन्छ । समारोहमा युवतीहरु परम्परागत पोषाक किमिनोमा सजिएका हुन्छन् । यो वर्षको समारोहमा झण्डै २० लाख जापानी युवायुवतीहरु सामेल भएका छन् । यो वर्ष २० वर्ष उमेर पुगेकाहरुमा १२ लाख १० हजार पुरुष र ६ लाख २० हजार महिला छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा ५० हजारले कम हो ।
हेरौँ यो वर्ष २० वर्ष पुगेका जापानी युवतीहरुको उत्सव
एउटा नाथे माछाको भाउ कति पो पर्ला र । कसैले महंगो बिएमडब्लु लग्जरी कारभन्दा पनि माछा महंगो हुन्छ भन्यो भने त्यसलाई धेरैले पागल भन्लान् । तर आखिर भएको छ यस्तै ।
एउटा माछा मूल्यवान कार बिएमडब्लु को प्रिमियम लग्जरी एसयुबी कार एक्स फाइभ भन्दा पनि महंगोमा बिक्रि भएको छ ।
जापानमा २ सय किलो तौलको एउटा माछा १ लाख १७ हजार डलर अर्थात् झण्डै १ करोड २० लाख रुपैयाँमा बेचिएको छ ।
जबकी उल्लेखित जर्मन कारको अन्तराष्ट्रिय बजारमा आधारभुत मूल्य झण्डै ५४ हजार डलर छ मात्र छ । यस अनुसार छ यो माछा किन्न पुग्ने पैसाले दुइवटा यस्ता कार सजिलै आउने भए ।
ब्लुफिन टुना जातको उक्त माछा हालै जापानको सुकिजी माछा बजारमा बिक्रि भएकेा हो ।
नयाँ वर्षको पहिलो लिलामीका क्रममा सुशी जेनामाइ रेस्टुरेन्टका अध्यक्ष कियोशी किमुराले यो माछा किनेका हुन् ।
अघिल्लो वर्ष पनि यी होटेल साहुले ३७ लाख रुपैयाँ मूल्यको एउटा माछा किनेका थिए । पछिल्लो लिलामी सुकिजी माछा बजारको अन्तिम लिलामी थियो र अब उक्त माछा बजार टोयुसुमा सर्दैछ ।
जापानीहरु माछा खाने मामिलामा दुनियामै अग्रस्थानमा छन् र माछाका लागि मरिहत्ते गर्छन् । विश्वभरमा खपत हुने ब्लुफिन टुना माछामध्ये ८० प्रतिशत जापानीहरुले नै हजम गर्ने गरेका छन् ।
एजेन्सीको सहयोगमा
December 28, 2015
एजेन्सी ।
मृत्यु जीवनको सबैभन्दा भयानक परिघटना हो । तर सत्य के हो भने जन्मपछि मृत्यु अनिवार्य छ । आउनुस् आजहामी यही मृत्युका केही भयानक पाटोको बारेमा चर्चा गर्दैछौं ।
1. विश्वमा प्रतिवर्ष करिब ५५ मिलियन मानिसको मृत्यु हुन्छ । त्यसमध्ये ९.५ मिलियन चीनका नागरिक हुन्छन् ।
2. संसारमा सबैभन्दा बढी मानिस हर्ट अट्याकका कारण मर्छन् ।
3. सबैभन्दा धेरै युवाको मृत्यु कार दुर्घटनामा हुने गरेको छ ।
4. विकासशील देशहरुमा सबैभन्दा धेरै महिलाको मृत्यु सुत्केरी अवस्था (शिशुलाई जन्म दिँदै गर्दा) हुन्छ ।
5. तथ्याङ्क अनुसार हरेक वर्ष विश्वभुरका १ हजारमध्ये ८ जनाको मर्छन् ।
6. मानव शरीरमा दैनिक ५० बिलियन सेल मृत हुन्छन् ।
7. मृत्यूपछि अन्तिम संस्कार गर्ने परम्परा करिब १ लाख वर्ष पूरानो मानिन्छ ।
8. मृत शरीरले मृत्युको ४ घण्टापछिबाट बेलुनजस्तै दुर्गन्ध दिन थाल्छ । किनभने त्यसपछि शरीरबाट ग्याँस र तरल पदार्थ निस्किन थाल्छ ।
9. मृत्युपछि मस्तिष्कका सेलहरु तुरुन्तै मर्न थाल्छन् । तर छालाको सेल्सहरुभने २४ घण्टासम्म जीवित रहन्छन् ।
10. एक आंकडाअनुसार ५५.३३ मिलियन मानिस हरेक वर्ष मर्छन् ।
यानिकी १ लाख ५१ हजार ६०० जना प्रतिदिन, ६ हजार ३ सय १६ प्रतिघण्टा, 1 सय ५ जना प्रतिमिनेट र सेकेण्ड दुईजनाको मृत्यु हुने गरेको छ ।
२०७२ पौष ९ बिहीवार
एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशको राष्ट्रगानको अपमान गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । रुसको भ्रमणका क्रममा रहेका मोदीले मस्कोको विमानस्थलमा उत्रेपछि बजाइएको भारतीय राष्ट्रगानलाई बेवास्ता गर्दै हिँडेर अपमान गरेको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
राष्ट्रगान बजिरहँदा हिँडेर मोदीले आचारसहंहिताको उल्लंघन गरेका हुन् । मोदी मस्कोको विमानस्थलमा उत्रनेबित्तिकै शुरुमा रूसको राष्ट्रगान बजेको थियो ।
रुसको राष्ट्रगान बज्दा उनी केही सेकेन्ड उभिएका थिए । उनी जब हिँड्न थाले भारतक राष्ट्रगान बज्न थाल्यो । तर मोदी रोकिएनन्, हिँडिरहे । राष्ट्रगान बज्दा नरोकिएपछि उनलाई भारतकै एक अधिकारीले तानेर उभिने स्थानमा ल्याएका थिए ।
प्रधानमन्त्री मोदी बुधबार दुई दिवसीय भ्रमणका लागि रूसक राजधानी पुगेका हुन् । जहाँ १६ औं भारत-रूस वार्षिक सम्मेलनमा उनले सहभागिता जनाउनेछन् ।
भ्रमणका क्रममा मोदी रुसी अधिकारीसँगको शिखर सम्मेलनस्तरीय वार्तापछि विभिन्न सम्झौताग गर्ने भएका छन् ।
POSTED ON : DECEMBER 22, 2015,
फेसबुकका सिईओ मार्क जुकेरबर्गले आफ्नो छोरीको जन्मपश्चात फेसबुक प्रयोगकर्तालाई ‘फेसबुक’ विश्वकै शक्तिशाली सञ्चार माध्यम बनेको भन्दै प्रयोगकर्तालाई धन्यवाद दिएको आफ्नो पोष्ट शेयर गरेबापत भाग्यशाली हजार जनालाई लाखौँ डलर दिने विषय अहिले सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनेको छ ।
आफ्नो उक्त पोष्ट शेयर गरेबापत हजार जना भाग्यशाली प्रयोगकर्तालाई ४.५ मिलियन डलर दिइने जुकेरबर्गले आफ्नो पोष्टमा समेत जानकारी गराएको छ । फेसबुकमा मार्कजुकेरबर्गको नाममा गरिएको पोष्ट यस्तो छ
Can’t wait to see who the lucky recipients are…According to Good Morning America, Not a hoax! Mark Zuckerberg has announced that he is giving away $45 billon of Facebook stock. What you may not have heard is that he plans to give 10% of it away to people like YOU and ME!
All you have to do is copy and paste this message into a post IMMEDIATELY. At midnight PST,Facebook will search through the day’s post and award 1000 people with $4.5 million Each as a way of saying thank you for making Facebook such a powerful vehicle for connection. #Markzucukerberg–
December 16, 2015 मा प्रकाशित
|काठमाडौं ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकीहरुका कारण भारत समस्यामा परेको बताएका छन् । उनले भारत ‘अप्ठ्यारो’ र असहज छिमेकीहरुका बीचमा रहेकाले अति समस्या परेको बताएका छन् । भारतका जल, स्थल र वायु सेनाका प्रमुखहरुसमेतको उपस्थितिमा भएको एक कार्यक्रममा मोदीले छिमेकीहरूसँग सौहाद्रपूर्ण सम्बन्ध स्थापना गर्न कोसिस गरिरहेको तर, बिभिन्न कारणले समस्या बढ्दै गएको बताएका छन् ।
कार्यक्रम मंगलबार साँझ भाररतको कोची नजिकै भए जहाजमा भएको थियो । कार्यक्रममा निकै भाबुक भएर प्रस्तुत भएका मोदीले हाम्रो छिमेक, हाम्रो भविश्य भए पनि पछमेकीहरुको बांगो व्यावहारका कारण समस्या भएका छन्, त्यसको न्युनिकरणकालागि छलफल पनि जारी रहेको छ भनेका छन् ।
उनले छिमेकी फेर्न नमिल्ने भएकाले जस्ता व्यावहार पनि सहनै पर्ने भन्दै नेपालमा भारत विरोधी गतिविधि बढेको प्रति सांकेतीक विरोध जनाएका थिए । छिमेकी फेर्न मिल्छ कि मिल्दैन भन्दै प्रश्न गरेका मोदीले यो सम्भव नभएकाले सम्बन्ध नै सुधार गर्नुपर्छ भन्दै आफैंले जवाफ दिएका थिए ।
मोदीले नेपाल र भुटानजस्ता छिमेकीहरु हिमालसम्म फैलनु, श्रीलंका र माल्दीभ्स समुद्रको बीचमा रहनु र पाकिस्तानसँगको सम्बन्धमा उतार चढाव आइरहनु समस्या भएको बताए । पाकिस्तानसँग भैरहेको वार्ता पनि प्रगतिउन्मुख भएकाले सम्झौता हुने तर, भारतको हति विपरित अघि नबढ्ने बताए ।
नेपाल सन्देश बाट ।
POSTED ON : DECEMBER 15, 2015, IN : NEWS
काठमाण्डु : भारतको चर्चित मिडिया बीबीसिले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र नाकाबन्दीको बारेमा गतिलो खुलासा गरेको छ ।
बीबीसी लेख्छ, ‘ भूकम्पले नेपालको संविधान बनायो । संविधानमा मधेसीको विरोध आन्दोलनमा बदलियो र नाकाबन्दी सुरु भयो । अहिले नाकाबन्दीका कारण नेपाल आर्थिकरुपमा कमसेकम १० वर्ष पछि धकेलिएको छ । नेपालका प्रधानमन्त्री ओली भन्दैछन् कि उनका विकासका सपना चकनाचुर भए । खासमा नेपाल भूकम्प, संविधान र नाकाबन्दी त्रीकोणीय अडानमा फसिरहेको छ । यसबाट कहिले निस्किन्छ कसैले भन्न सक्दैन ।
बीबीसीमा अघि भनिएको छ हो, ‘यही शिलशिलामा राजनीतिको सिलाइ उध्रिएको छ, भ्रष्टाचार, भाइ भतिजावाद र नेताको अहमता बाहिर देखिएको छ ।’
राजधानी काठमाण्डुमा राजनीतिको लडाइका कारण भूकम्प गएको ७ महिना बितिसक्दा पनि पीडितसम्म राहत नपुगेको बीबीसीमा उल्लेख छ । साथै विश्वभरबाट आएको ४.१ अर्ब डलरको कोष सुख्न लागेको छ ।
पढौँँ बीबीसीमा लेखिउको समाचारको पूर्ण पाठः
अनिल यादव वरिष्ठ पत्रकार, काठमांडू से
भूकंप ने नेपाल का संविधान बनवाया. संविधान से मधेसी विरोध फूट पड़ा और नाकेबंदी हुई. अब नाकेबंदी ने नेपाल को आर्थिक रूप से कम से कम 10 साल पीछे ठेल दिया है.
नेपाली प्रधानमंत्री केपी ओली कह रहे हैं कि उनके विकास के सपने चकनाचूर हो चुके हैं.
दरअसल नेपाल भूकंप-संविधान-नाकेबंदी के त्रिकोण से बनी अड़ान (गतिरोध) में फंस चुका है. कब निकलेगा ये कोई नहीं जानता.
हां, यह ज़रूर हुआ है कि इस सिलसिले ने राजनीति की सिलाई उधेड़ दी है जिससे भ्रष्टाचार, भाई भतीजावाद और नेताओं के अहम की टकराहट सब दिखाई देने लगे हैं.
राजधानी काठमांडू में राजनीति के अखाड़चियों के दांव पेंचों के कारण भूकंप के सात महीने बाद भी भूकंप पीड़ितों तक राहत नहीं पहुंच पा रही है जबकि दुनिया भर से मिला 4.1 अरब डॉलर (यानी लगभग 275 अरब रुपए) का फ़ंड पड़ा सूख रहा है.
नाकेबंदी से पैदा हुई ईंधन की क़िल्लत के कारण भूकंप प्रभावित पहाड़ी इलाक़ों में टेंटों में रह रहे लोगों की हालत बदतर हुई है क्योंकि ठंड बढ़ रही है, बर्फ़ गिरने के बाद कई जगहों पर तो पहुंचना भी मुमकिन नहीं रह जाएगा.
याद रहे कि इस साल अप्रैल और मई में आए दो भूकंपों में क़रीब नौ हज़ार लोग मारे गए थे, पांच लाख घर ध्वस्त हुए थे. देश के आधे से अधिक ज़िले भूकंप से प्रभावित हुए थे
पीड़ित परिवारों को अब तक सिर्फ़ 15 हज़ार रुपए की मदद मिली है,
हर परिवार को दो लाख देने का वादा किया गया था, लेकिन वह तब मिलेगा जब संसद नेपाल पुनर्निर्माण प्राधिकरण के गठन को मंज़ूरी देगी जिसके पास इस फ़ंड को ख़र्च करने का अधिकार होगा.
इन दिनों संसद चल रही है जिसमें यह बिल पास नहीं हो पा रहा है. पेंच यहां फंसा है कि प्रमुख विपक्षी पार्टी नेपाली कांग्रेस पुनर्निर्माण प्राधिकरण और मधेसियों की मांग पर लाए गए संविधान संशोधन बिल को एक साथ पास कराना चाहती है.
मधेसी पार्टियों का मोर्चा प्राधिकरण बिल पर तो राज़ी है, लेकिन संविधान संशोधन बिल की अपने हितों के संदर्भ में चीरफाड़ करना चाहता है.
सरकार प्राधिकरण को तवज्जो दे रही है और मधेसियों को भी नज़रअंदाज़ नहीं करना चाहती, लेकिन हंगामे के आगे लाचार है. लेकिन असली पेंच कहीं और है जिसे सभी पार्टियों के नेता ‘ऑफ़ द रिकार्ड’ स्वीकार करते हैं.
रस्साकशी इस बात को लेकर चल रही है कि अरबों के फ़ंड को ख़र्च करने वाले पुनर्निर्माण प्राधिकरण का प्रमुख किस पार्टी का आदमी बनेगा. यही सबसे बड़ी अड़ान है जिसके कारण भूकंप पीड़ितों तक मदद नहीं पहुंच पा रही है.
इस बीच नेपाल से 35 साल से नीचे के 100 युवाओं का एक दल चीन के बुलावे पर सिचुआन प्रांत के भूकंप पीड़ित कुमिंग और चेंन्डुंग ज़िलों का हाल जानने गया है. इसमें से 83 नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माओवादी) के नेताओं के रिश्तेदार और 17 बड़े अफ़सरों के बच्चे हैं जिनमें से बहुतेरे नेपाल के भूकंप पीड़ित इलाक़ों के भी नहीं हैं.इनमें नेकपा (ए-माओवादी) के चेयरमैन पुष्प कमल दहल यानी प्रचंड के नातेदारों के चार बच्चे और इसी पार्टी के गृहमंत्री शक्ति बसनेत की दो बेटियां संगम और बबीता भी शामिल हैं.
नेपाली मीडिया द्वारा इसे फ़ैमिली पिकनिक बताकर खिंचाई करने के बाद प्रचंड ने गृहमंत्री को कहा है कि वे पार्टी की छवि ख़राब करने वाले काम न करें. गृहमंत्री बग़लें झांक रहे हैं.
भूकंप की आपदा के कारण ही नेपाल की राजनीतिक पार्टियों में सहमति बनी थी कि जल्दी से संविधान बनाकर राजनीतिक अस्थिरता ख़त्म की जाए ताकि पुनर्निर्माण का काम तेज़ी से व्यवस्थित ढंग से हो सके.
यही वजह थी कि चार साल के लिए बनी संविधान सभा ने दो साल में काम निपटाया लेकिन जो संविधान बना वह मधेसियों को मंज़ूर नहीं था. इसी कारण भारत-नेपाल सीमा की नाकेबंदी और संविधान में संशोधन की नौबत आई.
पूरे आसार हैं कि संविधान में संशोधन के बाद मधेसियों की कामयाबी से प्रेरित होकर नेपाल के आदिवासी और दूसरे वंचित तबक़े भी सत्ता में हिस्सेदारी और नौकरियों में आरक्षण की मांग करेंगे जिससे अस्थिरता का दौर लंबा चलेगा.
काठमाडौ २८ मंसिर
। दक्षिण कोरिया सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत आगामी वर्षका लागि ५८ हजार प्रवासी कामदार भित्राउने भएको छ ।कोरियाको ज्याला निर्धारण समितिले गत शुक्रबार सन् २०१६ का लागि बढीमा ५८ हजार अदक्ष कामदारको कोटा प्रस्ताव गरेको हो ।
समितिको प्रस्तावलाई प्रधानमन्त्रीको कार्यालयले मंगलबार स्वीकृत गरेपछि प्रस्ताव पारित हुनेछ । ५८ हजार कोटामध्ये २ हजार जगेडा राखिने र बाँकी ५६ हजार चौमासिक रुपमा वितरण गरिनेछ । कोरियाले साना तथा मझौला उद्योगहरुमा आवश्यक हुने अदक्ष कामदारको आपूर्ति हरेक वर्ष नेपालसहित १५ मुलुकबाट गर्दै आएको छ ।
प्रस्ताव गरिएका कोटामध्ये ४६ हजार पहिलोपटक इपिएस परीक्षा उत्तीर्ण गर्नेका लागि र १२ हजार पुनः प्रवेश गर्नेका लागि छुट्याइएको छ ।
आजको कान्तिपुरमा समाचार छ ।
POSTED ON : DECEMBER 10, 2015, IN : WORLD NEWS
कुविक एनपी न्युज
मंसिर : विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाले पाकिस्तानलाई सैन्य सहयोग गर्ने तयारी गरेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार अमेरिकाले पाकिस्तानलाई एफ-१६ लडाकू विमान बेच्ने तयारी गरेको हो ।
पाकिस्तानका पूर्व राजदूतले चेतावनी दिँदै भनेका छन्- यो लड़ाकू विमान पाकिस्तानले भारतविरुद्ध प्रयोग गर्नेछ, न कि आतंकवादविरुद्ध ।
हुसैन हक्कानी नामका पूर्व राजदूतले यस्ता सैन्य उपकरण बेच्दा पाकिस्तानसँग सम्झौता हुनुपर्ने बताए ।
अमेरिकामा पाकिस्तानको राजदूत बसेका हुसैनले अमेरिकी राष्ट्रपति बराक ओबामा प्रशासनको तर्फबाट पाकिस्तानसँग न्यूक्लियर डीलको सम्झौताले दक्षिण एशियामा विवाद बढ्ने दाबी गरेका छन् ।
उनले यो सम्झौताबाट दक्षिण एसियामा भारतको घमण्ड केही हदसम्म उत्रिने समेत बताए । यसअघि केही महिना पहिला पनि अमेरिकाले ६५ अरब रुपैयाँमा तैयार भएको लड़ाकू हेलिकप्टर, मिसाइल र अन्य उपकरण अमेरिकाले पाकिस्तानलाई बेचेको थियो ।
२०७२ मंसिर २० गते
पूर्वी ब्राजिलस्थित अमेजन नदी किनाराको घना जंगलको निकै भित्र दुनियाको सबैभन्दा संकटापन्न आदिवासी समुदाय बस्दछ । इतिहासमा युरोपेली उपनिवेशवादीहरु तथा तस्करहरुको चपेटामा परेको यो आवा आदिवासी समुदाय लोप हुने संघारमा पुगेको छ ।
पाँच सय वर्षअघिसम्म हजारौँको संख्यामा रहेको यो आदिवासीको जनसंख्या अहिले जम्मा तीन सय मात्र छ ।
अस्तित्व मेटिने चरणमा पुगिसकेको भएपनि अझैपनि यो आदिवासी समुदाय आफ्नो प्यारो जंगल घरसँग पूरै मिलापमा बाँचिरहेको छ ।
आवा आदिवासीहरु वन तथा वन्यजन्तुलाई निकै प्रेम गर्छन् । उनीहरुले घरमा धेरै किसिमका जंगली जनावरहरु पालेका हुन्छन् । अझ अनौठो त के भने जंगलबाट पाल्नका लागि ल्याएका त्यस्ता जंगली जनावरहरुलाई हुर्काउनका लागि महिलाहरुले आफ्नो दुध चुसाउँछन् ।
लोप हुने संघारमा पुगेको यो समुदायको संरक्षणका लागि ब्राजिलले ठूलो प्रयत्न गरेको छ ।
उनीहरुलाई सुरक्षित राखिएको छ र बाहिरी आधुनिक संसारबाट टाढै राखिएको छ । मानिसहरुलाई अवा आदिवासी बस्ने भित्री जंगलमा जान पनि कडाइ गरिएको छ । फोटोग्राफर डोमिनिको पग्लिसले भने उक्त आदिवासी समुदायसम्म पुगेर उनीहरुसँग पर्याप्त समय बिताउने मौका पाएका छन् । अनि उक्त आदिवासी समुदायका अनौठा जिवनशैलीलाई क्यामरामा कैद गरेका छन्
काठमाडौ, १२ मंसिर
चीनकालागि नेपाली राजदुत डा महेश मास्के र नेपालकालागि चिनियाँ राजदुत उ चुन्थाईले यतीबेला भन्ने गरेका छन् कि अब चीनबाट सहज रुपमा इन्धन आपुर्ति हुन्छ ।
तीन पटक नेपाल आउँदै जाँदै गरेका डा. मास्केले भनेजसरी अब नेपालले जती चाहो त्यती इन्धन आउने भाषणबाजी केवल हल्लामा सिमित मात्रै हुन लागेको छैन चुन्थाइले भनेजस्तै नेपाल सरकारको आग्रहलाई चीनले सहर्ष स्विकार गर्ने विषय पनि अन्यौलग्रस्त बन्दै जान थालेको छ ।
पछिल्लो समय भारतीय गृहमन्त्रीको चीन दौडधुप र भारतीय जनता पार्टीका नेता विजय जेलीको संकास्पद नेपाल भ्रमणले पनि यो विषयलाई गम्भिर बनाएको छ ।अझ चीनकै केन्द्र सरकार र तिब्बत प्रशासनबीच पनि विवाद देखिएको छ । खास गरि पेट्रोलियम पदार्थमा लाग्ने स्थानीय कर लगाउने कि नलगाउने विषयमा चर्को विवाद छ ।
यो विवादका बारण चिनियाँ सरकारले कुनै पनि निर्णय दिन सकेको छैन ।
पेट्रो चाइनाले इन्धनको व्यापारिक सम्झौताकालागि बोलाएको दुई साता वित्दा पनि सम्झौता हुन नसक्नुका पछाडि यीनै दृश्य र अदृश्य कारणहरु रहेका छन् । अझ क्वालालम्पुरमा चिनियाँ प्रधानमन्त्री र भारतीय प्रधानमन्त्रीका बीचमा भएको गोप्य भेटवार्तापछि त चीन झनै सुस्ताएको छ ।
खास गरि नेपाल मामलामा चीनले अग्रास्थानमा आएर काम थाले आफुसँगको व्यापारमा पुनविचार गर्न मोदीले दिएको चेतावनीले चीन एक कदम पछि हटेको विश्लेषण गरिएको छ ।
चीनको स्वशासीत तिब्बत प्रशासनले पनि केन्द्रको निर्णय नमान्ने चेतावनी दिइरहेको छ । उस्ले आफुले पाउने कर बराबरको अनुदान सरकारले उपलब्ध गराएमात्र विना कर इन्धन पास हुन दिने अडान राखेको बताइन्छ ।
त्यसो त नेपाल सरकारले जसरी चीनबाट इन्धन ल्याउने विषयलाई हल्ला चलाएको छ, सोहै बमोजिम कुटनीतिक पहल भने गर्न सकेको छैन । सरकारले पहल नगर्नु र भारतीय उच्च अधिकारी चीन भ्रमणमा गएर शीर्ष नेताहरुसँग नेपाल मामलामा गोप्य छलफल गर्दा समस्या देखिएको हो ।
चिनियाँ काम्युनिष्ट पार्टीका बरिष्ठ नेताहरु पनि नेपालको भावि भुमिका कस्तो रहने हो भन्ने विषय निक्र्योल नगरि व्यापारिक सम्झौता गर्न नहुने पक्षमा छन् ।चीनले प्रत्यक्ष रुपमा पहिलो पटक अर्को देशलाई इन्धन बेच्न लागेकाले उस्का कतिपय कानुन संशोधन गर्नुपर्ने हुन्छ । तर, नेपाल सरकारले दिर्घकालीन रुपमा इन्धन ल्याएन भने पछि आफुहरु नै हलुका हुने भन्दै चिनियाँ कम्युनिष्ट पार्टीका केही नेताले पर्ख र हेरको नीति लिन परराष्ट्र र आपुर्ति मन्त्रालयलाई आग्रह गरेको बताइन्छ ।
यसरी चिनियाँ संस्थापन नै दुई धारमा विभाजीत हुनु, नेपाल सरकारले उच्चस्तरीय पहल नगर्नु जस्ता कारणले चीनसँग किन्ने भनिएको इन्धन हल्ला मात्र नहोला भन्न सकिदैन । पछिल्ला घटनाक्रमले पनि यस्तै देखाइरहेको छ ।
नेपाल सन्देश बाट ।
POSTED ON : NOVEMBER 25, 2015, IN : WORLD NEWS
कुविक एनपी न्युज
काठमाडौं, ९ मंसिर-
पेरूमा मंगलबार शक्तिशाली भूकम्प गएको छ ।अमेरिकी भौगर्भिक संस्थाका अनुसार पेरुमा ७.५ रेक्टर स्केलको भूकम्प केन्द्र ७०२.३४ किलोमिटर गहिराइ मानिएको छ ।बेलुका ५ बजेर ४५ गएको यो भूकम्पमा कुनै पनि क्षतिको विवरण आएको छैन् ।
समाचार एजेन्सीका अनुसार ब्राजील, बोलीविया, चिली, कोलंबिया, इक्वाडोर एवं अर्जेन्टिनामा पनि भूकम्पको धक्का महसूस गरिएको छ ।
(एजेन्सीको सहयोगमा)






















