गरि खाँदैनन् भन्दै परशुरामले गरे बाबुरामको आलोचना

मिति: शुक्रबार, साउन ०७, २०७३

जनआह्वान---काठमाडौँ 

 नयाँ शक्ति नेपालको नाममा राजनीतिक पार्टीको तामझाम सुरु गरेको डा बाबुराम भट्टराईको कार्यशैलीका कारण सो पार्टीभित्र दिन प्रतिदिन आक्रोश र असन्तुस्टि चुलिदै गएको छ । पार्टीभित्र पूर्व माओवादी, पूर्व प्रशासक एवम् एनजिओकर्मीको बीचमा फरक फरक गुट खडा भएको समाचार त यसअघि नै सार्वजनिक भएको थियो ।

 तर पछिल्लो पटक साना पार्टीबाट आएकाहरुले समेत बाबुरामलाई टेर्न छाडेका छन् । राजनीतिको नाममा एनजिओले गर्ने जस्तो कार्यशैली अपनाएको, राजनीति भन्दा अरु अरु कुरामा नै बढ्ता ध्यान दिएको भन्दै पार्टीभित्र दैनिक जसो आलोचनाको स्वर बढ्दै गएपछि पछिल्ला केही दिनदेखि बाबुराम भूमिगत जस्तै भएका छन् । 

 केहीले एनजिओको कार्यक्रममा कार्यपत्र पेस गरेर कमाउ धन्दा चलाएका छन् । संयोजक आफै सामाजिक सञ्जालमा व्यस्त मात्रै हुने अरु केही पनि नगरेको भन्दै पूर्व सचिव एवम् प्रशासकले आपत्ति जनाइरहेको बेला जनजाती पार्टीबाट आएका परशुराम तामाङले समेत बाबुरामले समेत गरि खाँदैनन् भन्दै आपत्ति जनाउन थालेका छन् ।

बाबुरामको गतिविधि राजनीतिक नभएको भन्दै उनले यस्तै पारा हो भने उनले कुनै राजनीतिक उपलब्धी समेत हासिल गर्न नसक्ने र राजनीतिक रुपमा समेत स्थापित हुन नसक्ने बताउँदै आएका छन् । आजकाृ जनआह्वान साप्ताहकिमा खबर छ ।

0 comments

Write Down Your Responses